breaking news

हत्यारालाई कडा कारवाही गर्ने छु–देउवा

August 16th, 2015 | by adminabis
हत्यारालाई कडा कारवाही गर्ने छु–देउवा
पोखरा र सेरोफेरो
0

पोखरा

नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले लेखनाथका आफ्ना कार्यकर्ता हत्यामा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । बिहीबार राति आफ्नै पार्टीका कार्यकर्ताद्धारा हत्या गरिएका लेखनाथ १ का रामजी पौडेल ‘बादल’ को श्रद्धान्जली कार्यक्रममा शनिवार बोल्दै उनले हत्यारा जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन आफुले कुनै कसर नछोड्ने प्रतिबद्धता जनाए । पौडेलको हत्यापछि आफ्नो दाहिने हात गुमेको भन्दै नेता देउवाले हत्यारा र त्यसका योजनाकारलाई कुनैपनि हालतमा नछोड्ने चेतावनी दिए । पौडेल नेपाली कांग्रेसमा देउवा पक्षका कार्यकर्ता थिए । पौडेलको तरुणदलका कार्यकर्deuwa photoता राजु रानभाटले हत्या गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य तीन जना संलग्न फरार रहेको समेत प्रहरीले बताएको छ ।

जिल्ला पार्टी कार्यालयमा आयोजित अन्तिम श्रद्धान्जली कार्यक्रममा कांग्रेस महामन्त्री एबं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पौडेलको हत्याले पार्टी स्तब्ध भएको बताए । लोकतान्त्रीक आन्दोलनमा अनवरत रुपमा संघर्ष गर्ने युवा नेताको दुखद अन्त्य भएको मन्त्री सिंहले उल्लेख गरे । प्रधानमन्त्री एबं पार्टी सभापतिको तर्फबाट पनि समवेदना सुनाउदै उनले घटना घटाउनेहरुलाई कारबाहीको दायरामा ल्याई सत्यतथ्य पत्ता लगाउने काममा सरकार दृढ रहेको जानकारी दिए । नेता देउवा, मन्त्री सिंह, सिंचाई मन्त्री एनपी साउद लगायतले पौडेलको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली ब्यक्त गरेका थिए ।

पौडेलको शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमपछि अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिएको थियो । श्रद्धान्जलीमा पार्टीका बिभिन्न तहका नेता एबं कार्यकर्ताहरुको सहभागिता थियो । पौडेलको शनिवारनै लेखनाथमा शबयात्रा सहित अन्त्यष्ठी गरिएको छ ।

लेखनाथ १ बरालथरका पौडेलको शुक्रवार विहान घर नजिकै मृत अबस्थामा शब भेटिएको थियो । उहाको हत्यामा संलग्न स्थानिय तरुण दलका कार्यकर्ता राजु रानाभाट पक्राउ परेका छन् । फरार तरुण दलकै अन्य तीन जना कार्यकर्ताको भने खोजी भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रविन केसी, प्रकाश गुरुङ र विश्वास गौतम फरार छन् ।

दाजु रामचन्द्र पौडेलका अनुसार देउवा पक्षका कार्यकर्ता उनी, आसन्न नगर समितिको अधिवेशन बारेको विवाद मिलाउने काममा सक्रिय थिए । लेखनाथ नगर समिति सभापतिको दावेदार दुई पक्षलाई मिलाउने वारे तीन दिनदेखि जारी विवाद समाधानको लागि छलफल चलिरहेको थियो । स्थानिय कांग्रेस नेता बुद्धीमान गुरुङको घरमा विवाद समाधानको लागि छलफल भएको र साझ फर्कने क्रममा आक्रमण भएको बताईएको छ ।

हत्यामा संलग्न भई फरार गौतमले दुई दिन अघि अर्का नेता नारायण तिवारीलाई लेखनाथको तालचोकमा आक्रमण गरेको विषय मिलाउन विहिवार साझ गुरुङको घरमा छलफल हुदा विवाद भएको थियो । गौतमले साझनै पौडेललाई ज्यान मार्ने धम्की दिदै त्यहाबाट बाहिरिएका थिए । पौडेल तिवारी र आफु फर्कदै गर्दा आक्रमण भएको घटनामा घाईते मनोज गुरुङले बताए । तिनै जना एउटा मोटरसाईकलमा फर्कदै थिए । आक्रमणकारीले तिनैजनामाथि आक्रमण गरेपनि तिवारी भाग्न सफल भए । गुरुङलाई स्थानियले रातिनै अस्पताल पु¥याएका थिए । घटनापछि लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणी लामिछाने सहित केही नेता समेत सम्पर्क बाहिर छन् ।
लेखनाथ नगरसमितिका सभापतिमा संस्थापन पक्षबाट लामिछानेले कार्यकाल दोहो¥याउने र देउवा पक्षबाट तिवारी दावेदार थिए । लामिछाने समुहले तिवारी समुहमाथि आक्रमण गर्दा पौडेलको ज्यान गएको स्थानिय नेता कार्यकर्ताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *