breaking news

१४ वर्षिया अन्तिमाको सहयोगी मन

December 26th, 2015 | by adminabis
१४ वर्षिया अन्तिमाको सहयोगी मन
पोखरा र सेरोफेरो
0

पोखरा,
१४ वर्षिया अन्तिमा केसीले ‘क्रिशमस डे’को अवसर पारेर पोखराका २५ जना सडक बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकी छन् । परिवारसहित अमेरिकामा बस्दै आएकी केसीले उनीहरुसँगै खानपिन समेत गरिन् ।antima

जाडोको बेलामा सडक बालबालिकालाई निकै सास्ती हुने देखेपछि उनले उनीहरुलाई न्यानो कपडा बाँडेकी हुन् । ‘हामी न्यानो कपडा लाएर घरमा बस्दा त जाडोले सताउँछ भने सडक बालकालिकाको हालत त झन् कस्तो होला ?’ अन्तिमाले भनिन्–‘त्यसैले मैले उनीहरुप्रति सहयोगी हात बढाएकी हुँ ।’ कपडा वितरणको क्रममा उनलाई उनको आमा सुनीता केसीले विशेष सहयोग गरिन् ।

२ वर्षको सानो उमेरमा परिवारसहित अमेरिका पुगेकी अन्तिमा हाल ९ कक्षामा पढ्छिन् । अमेरिका गएपछि उनी नेपाल आएको यो दोस्रोपटक हो । उनले यस अगाडि पनि धेरैपटक सहयोगी हात बढाईसकेकी छन् । पछिल्लो पटक मात्रै उनले आफ्नो बुवाको जन्मस्थान प्यूठानको विद्यालयलाई सहयोग गरेकी थिईन् । अमेरिकामा पनि उनले नेपालमा सहयोग पठाउनका लागि विभिन्न च्यारिटिहरु गरिरहन्छिन् ।

‘बुवा आमाले पनि मलाई सहयोग गर्नका लागि सँधै उत्प्ररित गरिरहनुहुन्छ ।’ उनले भनिन्–‘त्यसैले म झन् उत्साहित छु । भविष्यमा म समाजसेवी बन्ने लक्ष्य लिएकी छु ।’ उनका बुवा तिलक केसी पनि समाजसेवी हुन् । पछिल्लो पटक अमेरिकामा उनको बुवाले संचालन गरिरहेको संस्थाले भूकम्प पीडितहरुका लागि ठुलै रकम नेपाल सरकारलाई उपलब्ध गराएको थियो । उनले आफु पनि बुवाको कामबाट प्रभावित भएकोले संकटमा परेकाहरुलाई सहयोग गर्ने गरेको बताईन् ।

अमेरिकामा उनी नेपाली स्कुलमै पढ्छिन् । उनका बुवाले अमेरिकामा रहेका नेपालीहरुको बालबालिकालाई नेपाली भाषा र सँस्कार सिकाउनका लागि अमेरिकाको ‘विस्कोन्सिन’मा ‘नेपाल स्कुल’ संचालनमा ल्याएका छन् ।

नयाँ मापदण्डले भवन निर्माणमा कठिनाई
पोखरा, १० पुस। निर्माण व्यवसायी समिति पोखराले पोखरामा शुक्रबार निर्माण, नयाँ मापदण्ड र नयाँ नक्सा सम्वन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ।
नेपाल सरकार मन्त्री परिषद्ले असोज १३ मा पारित गरेको बस्ती विकास, सहकारी योजना तथा भवन निर्माण सम्वन्धि आधारभुत निर्माण मापदण्ड – २०७२ कार्यन्वयनमा जटिलता भएकोभन्दै छलफल गर्न कार्यक्रम आयोजना गरिएको समितिका बरिष्ठ उपाध्यक्ष नारायण गुरुङले बताए।
कार्यक्रममा बोल्दै पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले मापदण्ड कार्यन्वयनमा केहि जटिलता देखिएपनि मापदण्ड कार्यन्वयन गर्नुको विकल्प नभएको बताए।
कार्यक्रममा सेकोन कास्कीका अध्यक्ष देउकाजी गुरुङ, इन्जिनियर किसानसिंह गुरुङ, पोखरा उपत्यका नगर विकास समितिका प्रमुख सुरेन्द्र सिग्देल, इन्जिनियर एशोसियशन कास्कीका सचिव ओमप्रसाद गिरी, पोखरा उपमहानगरपालिका कार्यालयका बरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, पोखरा इन्जिनियरिङ कलेजका प्रमुख लेखबहादुर गुरुङ, संस्थाका सल्लाहाकार फुर्व छिरिङ गुरुङ र सचिव बेलबहादुर बस्नेत लगायतले बोलेका थिए।
कार्यक्रम निर्माण व्यवसायी समिति पोखराका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *