breaking news

१७ औं सडक महोत्सव शुरु, ‘१८ वर्षभन्दा मुनि उमेरकालाई रक्सी र चुरोट विक्री गर्दैनौं’

December 29th, 2015 | by adminabis
१७ औं सडक महोत्सव शुरु, ‘१८ वर्षभन्दा मुनि उमेरकालाई रक्सी र चुरोट विक्री गर्दैनौं’
पोखरा र सेरोफेरो
0

आविष्कार संवाददाता,पोखरा /
दिन केही घमाईलो छ । घमाईलोकै कारण आङमा बस्त्र छैन । तर नभएर होईन । ताल किनारै किनार टोली पन्चै बाजा र नेपाल प्रहरीको व्याण्ड अगाडि बढिरहदाँ पाल्पाबाट आएका बालन नाचका सहभागि भने केही अर्ध नग्न हुदैं पैदलयात्रामा थिए । १७ औं पोखरा सडक महोत्सवको अवसरमा साँस्कृतिक झाँकी स्वरुप पाल्पादेखि झिकाईएको थियो । पुर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै जातजातिको साँस्कृतिक झाँकीलाई रेष्टुरेण्ट एण्ड बार एशोसियन पोखरा(रेबान)ले एकैठाउँमा ल्याएको थियो । हिमालदेखि पहाड र तराईसम्मका साँस्कृतिक झाँकीले नेपालको मौलिकता झल्काएको थियो । चीन र भारतीय साँस्कृतिलाई पनि सडक महोत्सवको अवसरमा प्रदर्शन गर्ने अवसर जुराईएको थियो ।stick dance

अग्रेजी नयाँ वर्षको अवसर पारेर वर्षेनी रेबानले सडक महोत्सव गर्दै आएको छ । १७ औं सस्करणसम्म आईपुग्दा महोत्सवलाई परिमार्जन गर्दै लगेको छ । साँस्कृति कार्यक्रमलाई विशेष प्राथमिकता दिदैं आएको सडक महोत्सवका साँस्कृतिक संयोजक चौबहादुर गुरुङले बताए । ‘वर्षेनी फरक साँस्कृतिक झाँकीलाई विशेष प्रदर्शन गर्दै आएका छौं ।’ उनले भने । महोत्सवको उदघाटन समारोहमा संयोजक दोर्जे लामाले रक्सी र चुरोट १८ वर्ष मुनिकालाई विक्री वितरण नगरिने उदघोष गरे । ‘१८ वर्ष मुनिकालाई रक्सी र चुरोट विक्रीवितरण गर्दैनौ, हामी दिदैनौ ।’ उनले भने—‘सरकार पनि विशेष नीति ल्याएर कम उमेरकालाई मदिरा र मद्यपान विक्रीवितरणमा रोक लगाउनुपर्छ ।’ उनले सार्वजनिक स्थान र महोत्सवमा हुने भीडभाडमा स्वास्थ्यमा गम्भीर असर पर्ने रक्सी र चुरोट १८ वर्षमुनिकालाई विक्री नगर्ने शुरुवात गरिएको जनाए ।

विगतका वर्षहरुको भन्दा महोत्सव अहिले ग्यास तथा पेट्रोलियम पदार्थको अभावले कठिनाई हुने भएपनि कठिन अवस्थामा पनि महोत्सव सफल पार्न सबैको सहयोगको खाँचो समेत संयोजक लामाले औल्याए । नाकाबन्दीले खाद्यान्न र इन्धनको अभावकै कारण स्थानीयस्तरको उत्पादनलाई बढवा दिईने महोत्सव संयोजक दोर्जे लामाले बताए । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ सडक महोत्सवकै विशेषता हो ।

क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले महोत्सवमा विदेशी खानाको प्रवद्र्धन होईन नेपाली खानको प्रवद्र्धन गर्न व्यवसायी समक्ष आग्रह गरे । ‘नेपाली खानालाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउनुपर्छ ।’ उनले भने—‘भारतीय र चाईनीज खाना विक्री गर्ने होईन् । नेपाली खानालाई प्रवद्र्धन गर्ने तर्फ अग्रसर हुनुपर्छ ।’ पुष १३ गतेदेखि १७ गतेसम्म आयोजित महोत्सवमा बर्तमान संकटको अवस्थामा पनि होटल तथा रेष्टुरेण्टमा विशेष छुट दिईने उल्लेख गरिएको छ । ५० लाखको अम्दानी गर्ने अपेक्षा पनि गरिएको छ । ५ देखि १० लाख रुपियाँ बचत गरेर सामाजिक क्षेत्रमा खर्च गर्ने रेबानले जनाएको छ । फेवाताल संरक्षण, भूकम्पबाट क्षति पुगेको विद्यालयको विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, बाढी पीडितका लागि न्यानो कपडा खरीद तथा कर्मचारी अक्षयकोषमा खर्च गरिने रेबानले जनाएको छ । त्यसको लागि रेबानले ५ लाख रुपियाँ खर्चगर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *