पोखरा, वैशाख २२
गएको वैशाख १२ गते आएको भूकम्पले कास्कीमा ६२ सामुदायिक विद्यालयमा क्षति पु¥याएको छ ।
क्षति भएका ती विद्यालयमध्ये पाँचवटा पूर्ण क्षति भएकाले विद्यार्थीलाई अन्यत्रै राखेर पठनपाठन गराउनुपर्ने अवस्था आएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । अन्य विद्यालयमा केहीको भवन चर्केको, केहीको कक्षा कोठा भत्केको र केहीको पर्खाल भत्केको छ । महाभूकम्पबाट विद्यालयमा करिब रु एक करोडभन्दा बढी क्षति पु¥याएको सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले बताए ।
पाठक प्रतिकृयाहरू