Abiskar News Daily.... » adminabis

पोखरामा पनि अब ‘हर्न निषेधित ’
धन बस्नेत ,पोखरा – बढ्दो सवारी चापसँगै ध्वनि प्रदुषण नियन्त्रण गर्न पोखरा लेखनाथ महानगरपालिकाले ‘नो हर्न’ को तयारी गरेको छ । अबको १५ दिनपछि पोखरालाई हर्न निषेधित बनाउने अभियानमा महानगरपालिका जुटेको छ । साउन देखि कार्यान्वयनमा ल्याउने उद्देश्यसहित हर्न निषेधितको लागि विभिन्न सरोकार निकायसँग छलफल समेत भई निर्णय गरिएको छ । सर्बपक्षीय बैंठकले साउन १ गतेदेखि महानगरक्षेत्र भित्र हर्न बजाउन नपाउने नीति लागू गर्ने निर्णय गरेको हो ।

‘साउन १ गतेदेखि पोखरा हर्न निषेधित क्षेत्र घोषणा हुने छ ।’ महानगरपालिकाका मेयर मानबहादुर जिसीले शुक्रबार महानगरपालिकाकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमा भने भने—‘त्यसको लागि १५ दिन अगावै आन्तरिक तयारी गरिरहेका छौं ।’ बजार क्षेत्रमा विशेष गरी अनावश्यक रुपमा चर्को हर्न बजाउने प्रवृत्तिले सर्वसाधारण त्रसित हुने गरेका छन् । बजार क्षेत्रमा ट्राफिकले निर्देशित गरेका ठाँउहरुमा निषेधित गरिने उनको भनाई थियो ।

आकस्मिक बाहेक अन्य अबस्थामा हर्न बजाउन पाईने छ । त्यसका लागि असार महिनाभर प्रचार प्रसार गरिनेछ । महानगरको विभिन्न क्षेत्र तथा विभिन्न सञ्चार माध्यम मार्फत हर्न बजाउन नपाइने बारे जनचेतनामुलक सुचना प्रबाह गर्ने र साउन १ गतेदेखि नियम लागु हुनेछ । यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू नहुने मेयर जिसीले बताए । उनका अनुसार गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि प्रेसर हर्न बजाउन पाइने छैन ।

अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरी र यातायात ब्यवस्था विभागले ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने छ । दोस्रोपटक पनि हर्न बजाएको कारवाहीमा परे १ हजार रुपैयाँ र तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकृत एबं प्रहरी नायब निरिक्षक शिब थापाले नो हर्नको नियम लागु भएपछि हर्न बजाएको भेटिएमा कारवाही गरिने बताए ।

जथाभावी माइकिङ निषेध

पोखराको बजारमा आफनो अनुकुलमा माईकिङ हुदैं आएको छ । सार्वजनिक सूचना भन्दा पनि व्यवासयिक प्रर्वद्धनका त्यस्ता माईकिङले सर्वसाधारणलाई समेत असर पु¥याउँदै आएको छ । तर अब त्यस्ता माईकिङलाई महानगरपालिकाले निषेध गर्ने निर्णय गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाले आगामी साउन १ गतेदेखि महानगरलाई माइकिङ निषेधित क्षेत्र बनाउने निर्णय गरेको छ । माइकिङको कारण महानगरमा ध्वनी प्रदुषण बढेपछि नो हर्न जोन सँगै माइकिङ निषेधित क्षेत्र बनाउने निर्णय गरिएको मेयर मान बहादुर जिसीले पिसपोखरालाई बताए ।‘ सुरक्षा स्वास्थ्य र विपत जस्ता सार्वजनिक महत्वका विषय वाहेक अन्य माइकिङलाई निषेध गरेर जाने निर्णय भएको छ । ’ मेयर जिसीले भने । साथै निषेधित कार्य गरेको पाइएमा कानुन अनुसार कारवाही समेत गरिने महानगरपालिका कार्यालयले जनाएको छ ।

अब रात्रीबस सञ्चालन

साँझ नपर्दै पोखरामा सार्वजनिक सवारी पाईदैनन् । अबेर गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । तर अब पर्यटकीय क्षेत्र लेकसाईड क्षेत्र २४ घण्टा खुल्ने सम्भावना देखिएपछि सार्वजनिक यातायातलाई पनि रातीसम्म सञ्चालन गर्न सम्बन्धीत निकायलाई महानगरपालिकाले आग्रह गरेको छ । साझ ७ बजेसम्म सञ्चालन हुने नगरवसको समय बढाएर ९ बजेसम्म पु¥याउन लागिएको हो ।

गत जेठ ३० गते बसेको यातायात ब्यवस्था समितिको बैंठकले गठन गरेको कार्यदलले दिएको सुझावका आधारमा तत्कालको लागि दुई वटा रुट पहिचान गरी राती ९ बजेसम्म नगरवस सञ्चालनको लागि सिफारिस गरिएको छ । कार्यदलका संयोजक एबं जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनिल शाहीको अध्यक्षमा बसेको बैंठकले तत्काल सवारी सञ्चालन गर्ने रुट पहिचान गरेको हो ।

पहिलो चरणमा हल्लनचोकदेखि काँहुखोला सम्म र फेवातालदेखि विरौटा हुदै केआईसिंह पुल सम्मको रुटमा राती ९ बजेसम्म नगर वस सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यसका लागि पोखरा बस व्यवसायी समिति अन्तर्गतको ८ वटा बस दुई वटा रुटमा चार चार वटाको दरले गुड्नेछन् । प्रत्येक आधा घण्टाको फरकमा बस छुट्ने गरी क्यू ब्यवस्थापनको जिम्मा सम्बन्धित यातायात व्यवसायी समितिलाई दिइएको कार्यदलका संयोजक शाहीले बताए ।

निजी क्षेत्रको अपेक्षा ‘मैत्री प्रशासन’
धन बस्नेत , पोखरा –  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले निजी क्षेत्र मैत्री प्रशासन संचालन संघको अपेक्षा भएको स्पष्ट पारेका छन् । पोखरा उद्योग वाणिज्य संघ सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार जननिर्वाचित निकायहरुसँग हातेमालो गर्न तयार रहेको उल्लेख गर्दै उनले भने, ‘कृषिको व्यवसायिकरण, निजी क्षेत्र मैत्री स्थानीय निकायसहितको स्मार्ट सिटीको लागि सघाउन निजी क्षेत्र तयार छ ।’

पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट निर्वाचित जनप्रतिनिधीहरुको स्वागतसहित सम्मान गरेको छ । संघले सोमबार एक भव्य कार्यक्रमबीच पोखरा उपमहानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित सम्पूर्ण वडाध्यक्ष तथा कास्कीका ४ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई सम्मान गर्ने क्रममा उक्त अभिव्यक्ति दिएका हुन् ।

अध्यक्ष विश्वशंकर पालिखेले जनप्रतिनिधीहरुको सफल कार्यकालको कामना गर्दै पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकासँग विभिन्न परियोजनामा सहकार्य गरेको स्मरण गर्दै एकिकृत सम्पत्ति करको विषयमा भने सुरुको सहमति अनुसार काम हुन नसकेको जिकिर गरे । ‘हामी निजी क्षेत्र कर तिर्न तयार छौँ तर एकिकृत सम्पत्ति करमा हलो अड्काएर गोरु चुट्ने काम भएको छ’, उनले भने—,‘ सुरुका दिनमा भएको सम्झौता कार्यान्वयन गरौँ ।’ फुटपाथमा हुने अनधिकृत व्यापार र पोके व्यापारी नियन्त्रणमा महानगरको ध्यान पुग्नु पर्नेमा उनको जोड थियो ।

संघको स्वागतप्रति कृतज्ञता ज्ञापन गर्दै पोखरा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले पारदर्शी भएर नै करको दायरा निर्धारण गर्ने वचनवद्धता व्यक्त गरे । ‘हामीलाई दृष्य वा अदृष्य रुपले कर असुलेर महानगर बनाउनु छैन’, उनले भने—,‘अहिले तत्काल कर नीतिमा दायाँबार्याँ हुँदैन,तपाईँहरुसँग केही छ दिनुहोस्, खुलासा गर्नुहोस् ।’ स्थानीय निकाय परिचालनको लागि चाहिने नीति नियम निर्माण नभइसकेकाले अहिलेकै साधन र स्रोत परिचालन गरी सम्वृद्ध महानगरपालिका बनाउनु पर्ने उनको भनाई थियो । पोखरालाई उद्यमी÷व्यवसायीको सहर बनाउने धोको रहेको बताउँदै उनले सुरक्षाको ग्यारेण्टी, पूर्वाधारसम्मको पहुँच निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताए । पोखरामा रहेका ४ लाख १४ हजार जनतालाई चाहिने अत्यावश्यक सामाग्री यहीँ उत्पादनको वातावरण निर्माण गर्ने उद्घोष गर्दै सके निर्यातको लागि पनि आफूले काम गर्ने उनको उद्घोष रहेको थियो । आफू चुनाव अगाडिसम्म एमालेको नेता भए पनि अब महानगरको साझा अभिभावकको रुपमा बुझिदिन उहाँले आग्रह पनि गरे ।

कार्यक्रममा बोल्दै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले छाडा चौपाया नियन्त्रण, औद्योगिक क्षेत्रको व्यवस्थापन, पोखरा बसपार्क निर्माण लगायतका भौतिक पूर्वाधार निर्माणमा महानगरको ध्यान पुग्नुपर्नेमा जोड दिए ।

संघका महासचिव दामु अधिकारीले पोखरा उद्योग वाणिज्य संघ जिल्लास्तरीय उद्योग वाणिज्य संघ भएकाले जिल्लाका सबैजसो क्षेत्रका विकास निर्माणका काममा हातेमालो गर्न तयार रहेको बताए । पोखराको विकासको लागि आसपासका गाउँपालिकाहरु पनि सम्वृद्ध बन्नुपर्छ भन्ने संघको पुरानो मान्यता रहेको उनले स्मरण समेत गरे । सो कार्यक्रममा उपस्थित निजी क्षेत्रका प्रतिनिधीहरुले संस्थागत तथा व्यक्तिगत रुपमा नवनिर्वाचित जनप्रतिनिधीहरुको स्वागत र सम्मान व्यक्त गरेका थिए ।

निर्वाचनपछि संक्रमणकालिन अवस्थाको अन्त्य—प्रधानसेनापति
धन बस्नेत, पोखरा-  नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले संक्रमणकालिन अवस्थामा विखण्डकारी सलबलाईरहेको बताएका छन् । ‘विखण्डनकारी आफनो स्वार्थको लागि संक्रमणकालको फाईदा उठाउन लागि परेका छन् ।’ उनले पोखरामा शुक्रबार आयोजित भुतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै भने—‘यो द्रुत परिवर्तनले पारेको गम्भीर असर हो ।’

सकारात्मक युगान्तकारी परिवर्तनसँगै संक्रमणकालिन अवस्था स्थानीय तहको निर्वाचनपछि अन्त्य हुने विश्वास व्यक्त गरे । उनले सेनामाथि थप जिम्मेवारी थपिएको बताए । उनले नेपाली सेना एकताको प्रतीक भएको उल्लेख गर्दै पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनमा पनि सरकारले दिएको जिम्मेवारी पुरा गर्ने स्पष्ट पारे ।

जिम्मेवारी पुरा गर्ने क्रममा नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकमा निभाएको भूमिका प्रशंनीय रहेको उल्लेख गरे । विश्व समुदायमा नेपाली सेना ‘विश्वासिलो र भरपर्दो शान्ति सेना’को रुपमा परिचालित भएको उनको भनाई थियो । ‘नेपाली सेना राष्ट्रिय सेना हो ।’ उनले भने—‘त्यसैले राष्ट्रिय गौरवका आयोजना काम गर्न कटिबद्ध छ ।’ सडक सन्जालदेखि अन्य भौतिक पुर्वाधार निर्माणलाई सरकारले दिएको जिम्मेवारी सेनाले पुरा गर्ने बताए ।

शिक्षा, स्वास्थ्य र स्वरोजागार नेपाल सेनाको मुख्य तीन लक्ष्य रहेको उल्लेख गर्दै प्रधानसेनापति क्षत्रीले छात्राबास निर्माण, स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत मेडिकल कलेज, फिल्ड अस्पताल(नेपालगन्ज) अगाडि बढाईएको सुनाए । ‘स्वास्थ्य विमा सबैको पहुँचमा पु¥याउने लक्ष्यमा छौं ।’ उनले भने—‘मोवाईल अस्पताल समेत सञ्चालन गरेर विरामीको उपचारमा नेपाली सेना सदैवमा जुटिरहने छ ।’ उनका अनुसार निवृत्तिभरण भएका सेनाका एकल व्यक्तित्वको लागि आवास कुटी समेत निर्माण गरिएको छ ।

भूतपुर्व सैनिक सम्मेलनमा प्रधानसेनापति क्षत्रीले ८० वर्ष नाघेका र कार्यरत रहँदा दिवगंत भएका सेनाका श्रीमतिलाई दिईने भत्तामा एकहजार रुपैयाँ बृद्धि गरिएको सुनाए । एक करोड २४ हजार बाट स्थापना भएको सैनिक कल्याणकारी कोषमा अहिले ३५ अर्ब ४७ करोड रहेको उल्लेख गरे । सैनिक कल्याणकारी बोर्डका अध्यक्ष एवं अवकाशप्राप्त रथी चित्रबहादुर गुरुङले स्वरोजगार अन्तर्गत लघुवित्त कार्यक्रमको लागि दुई अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको जानकारी दिए ।

‘नेपाल इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा स्वरोजगार कार्यक्रमको लागि झण्डै तीन अर्ब लगानी गरिसकेका छौं’ उनले भने—‘त्यसबाट १७ हजार ८ सय ९० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।’ समय सापेक्ष कल्याणकारी नीतिलाई परिवर्तन गर्र्दै लैजाने उल्लेख गर्दै आय आर्जनको लागि कोषबाट लगानी बढाउदै लैजाने बताए । सम्मेलनमा कास्की, स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाबाट भुपुसैनिकहरुको उपस्थिति थियो । सम्मेलनलाई सहायक रथी दिगम्बर शमसेर जबरा तथा रथी पूर्णचन्द्र थापा लगायतले सम्बोधन गरेका थिए ।

बढाईएको बृद्धा भत्ता कार्यान्वयन गर्छौः मेयर जिसी
धन बस्नेत

पोखरा

सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने स्थानीय तहका निर्वाचित पदाधिकारीले गरेको निर्णयलाई खारेज गरिदिएको छ । तर पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले जनप्रतिनिधिलाई सरकारले अंकुश लगाउने गरी आदेश जारी गरेपनि पोखराका मेयरले सो आदेशले आफ्नो निर्णय खारेज नहुने जिकिर गरेका छन् ।

सरकारले बुधवार मन्त्रीपरिषद्बाट पारित गरेको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश २०७४ ले सामाजिक सुरक्षा भत्तालगायत राष्ट्रिय कार्यक्रमद्वारा निर्धारित रकममा वृद्धि हुने गरी कुनै निर्णय गर्न नपाउने भनेपनि आफ्नो निर्णय जसरी पनि कार्यवयन गर्ने मेयर जिसीले बताए ।

जिसीले सरकारको आदेशले भर्खरै निर्वाचित जनप्रतिनिधिलाई अंकुश लगाउन खोजेको बताए । यद्यपी यो आदेशले संबिधानसँग नबाझिने गरेर आफ्ना ऐन कानुन छिट्टै तयार गर्न सचेत गराएको भने उनले स्विकारे । ‘संबिधानसँग बाझिने गरेर ऐन र अध्यादेश ल्याइएको छ तर संबिधानसँग नबाझिने गरेर आफ्ना ऐन कानुन छिट्टै तयार गर भन्ने बारे सचेत गराएकाले छिट्टै त्यसतर्फ लाग्छौ,’ शुक्रवार आयोजित एक कार्यक्रममा उनले भने ‘खारेज भन्नेकुरा नसोचे हुन्छ तर हामीले गरेका निर्णय ऐन कानुन बनाएर ब्यवस्थापन गर्न भने जरुरी छ । ’

सरकारले तत्लो तहमा अधिकार जान नदिन षड्न्त्र गरेको समेत उनले आरोप लगाए । ‘काम चलाउ सरकारले तल अधिकार जान नदिनका लागि विभिन्न षड्यन्त्र गरिरहेको छ,’ उनले भने ‘ तल अधिकार प्राप्त गर्न अझै लडाई जरुरी छ भन्ने प्रष्ट पारेको छ । ऐन र अध्यादेशले संविधानमा लेखेका कुराहरु काटिदैन, खारेज हुदैन ।’ तर उनले भनेजस्तो स्थानीय तहको कानुन बनिसकेको छैन । नगर परिषद्, नगर कार्यपालिका गठन गरी स्थानीय तहको कानुन बनाएरपछि मात्रै निर्णय कार्यन्वयनमा आउनसक्ने भएकाले जिसीले निर्णय गरेजस्तो आगामी आर्थिक बर्षको सुरुवातमै १० प्रतिशत भत्ता बृद्धि गरी वितरण गर्न भने समस्या छ । महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले सरकारको आदेशमै वृद्धभत्ता नबढाउने आशय बुझिएको बताए । उनले आवश्यक छलफलपछि मात्रै टुंगोमा पुग्ने प्रतिक्रिया दिएका छन् ।

‘सरसर्ती हेर्दा भत्ता बढाउन पाउने देखिएन । सञ्चालन आदेशको प्रतिकूल भए कार्यान्वयन गर्न पाइँदैन’—उनले भने ‘आइतबार मन्त्रालयकै सचिवज्यू आउँदै हुनुहुन्छ, समन्वय गरेर अगाडि बढ्नेछौं ।’ पहिलो चरणको स्थानीय चुनावमा विजयी भएपछि अधिकांश जनप्रतिनिधिले पहिलो निर्णयकै रुपमा सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गरे । ‘अरु नगरपालिका र गाउँपालिकामा पनि यस्तै निर्णय भएको छ। उनीहरूले के गर्छन् त्यसलाई पनि हेर्छौं, पौडेल भन्छन्, ‘कार्यान्वयन गर्ने समय बाँकी नै छ । हतार गर्नु पर्दैन । ’ पोखरा लेखनाथ महानगरपालिकामा ७० वर्ष पूरा भएका वृद्धवृद्धा हाल १३ हजार एक सय सात जना छन्। १० प्रतिशतका दरले भत्ता वृद्धि हुँदा प्रतिब्यक्ति दुई सय रुपैयाँ बढ्छ। निर्णय कार्यान्वयन भए प्रतिमहिना २६ लाख २१ हजार चार सय र प्रतिवर्ष तीन करोड १४ लाख ५६ हजार आठ सय रुपैयाँ आर्थिक भार महानगरपालिकाले ब्यहोर्नुपर्नेछ ।

पराजय स्वीकार्दै महानगर सभापतिद्वारा राजीनामा
धन बस्नेत

पोखरा जेठ ५

आफनो बलियो क्षेत्र मानिएको वडामा अपेक्षाकृत नतिजा आउने सम्भावना नदेखिएपछि नेपाली काँग्रेस पोखरा लेखनाथ महागनरपालिकाका सभापति बजीरमान श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसमा लामो समयदेखि क्रियाशिल श्रेष्ठ पोखरा लेखनाथ महागरपालिका वडा नं १३ बाट नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

पुरानै वडामा नेपाली काँग्रेसको प्रभुत्व रहेपनि पछि थपिएको आर्वालाई जोडिदिएपछि नतिजा अपेक्षाकृत हुन नसकेको ठम्याई काँग्रेसीजनको छ । उनले पराजित हुने अबस्था आएपछि मतपरिणाम सार्वजनिक हुनु अघिनै राजिनामा दिएका छन् । साथै पोखराका अन्य वडाबाट पनि काँग्रेसलाई महानगरको प्रमुख र उप प्रमुख पद तथा अन्य पदमा अपेक्षाकृत मत प्राप्त नभएपछि उनले नैतिकताको आधारमा राजिनामा दिएका हुन् ।

स्थानीय तहको निर्वाचनमा निराशाजनक मत आएको भन्दै पोखरा लेखनाथ महानगर समितिको सभापति पदबाट राजिनामा दिएको उनले बताएका छन् । निराशाजनक मत आउनुमा आफू पनि जिम्मेवार रहेको उनको ठहर छ । कांग्रेसको निराशानजक मत परिणामका लागि अधिकांश केन्द्रीय सदस्य, सांसद, जिल्ला कार्य समिति तथा क्षेत्रीय समितिका सभापतिलगायत जिम्मेवारीमा संवेदनशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सांगठनिक र सामाजिक नैतिकताको आधारमा पार्टीविरुद्धको अन्तर्घात, गैरजिम्मेवारीपन र उदासिनताको जिम्मेवारी लिदै कांग्रेसलाई पुननिर्माण, पुर्नसंरचना, पुनर्गठनका लागि मार्ग प्रशस्त गरिदिनका लागि उनले आग्रह समेत गरेका छन् । चुनावमा कम मत आएको भन्दै बिहीबार कास्की क्षेत्रनम्बर १ का राप्रपा उपाध्यक्ष विश्वराज पौडेलले पनि राजीनामा दिएका थिए ।

नेपाली काँग्रेसले पोखराको वडा नं १० मा वडाध्यक्षसहित प्यानल जितेपनि मेयरका उम्मेदवार रामजी कुँवरलाई भने मत आएको छैन् । दुवै वडा नेपाली काँग्रेसको पकड क्षेत्र मानिएपनि कुवँर भने एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीको भन्दा कम मत आएको छ । तर काँग्रेसकै उपमेयरको पोल्टामा भने बढी मत परेको छ । वडाध्यक्ष राजकुमार गुरुङले १ एकहजार ४ सय ४६ मत ल्याउँदै विजयी हुदाँ चारसय २६ मत बढी छ । तर मेयरमा भने रामजी कुँवर २१ मतले मानबहादुर जिसी भन्दा पछि परे । उपमेयरमा काँग्रेस उम्मेदवार सरस्वती गुरुङ अगाडी छिन् । उनले १ हजार ३ सय ६८ मत पाउँदा एमाले उम्मेदवार मञ्जु गुरुङको १ हजार १ सय ५५ मत छ । वडा नं ११ मा पनि उस्तै अवस्था दोहोरिएको छ । वडाध्यक्षमा जित्दा मेयर भने काँग्रेसलाई नौ मत कम परेको छ ।

एउटाको पडक अर्कोले तोड्दै
धन बस्नेत

पोखरा

आफनो पकड बलियो मानिएको वडाहरुमा नेकपा एमाले र नेपाली काँग्रेस पराजित भएका छन् । नेकपा एमालेको बलियो पकड रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ बैदाममा काँग्रेसको उदय भएको छ । वडा नं ८ मा भने नेकपा एमालेले रातो झण्डा गाडेको छ ।

दुवै वडामा नेकपा एमाले र नेपाली काँग्रेसले मिश्रित परिणाम ल्याएको छ । वडा नं ६ मा नेपाली काँग्रेसका जगतबहादुर पहारी वडाध्यक्षमा चुनिए । उनीसँगै काँग्रेसका दुई र एमालेका दुई वडा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी वडा नं ८ मा पनि नेकपा एमालेले वडाध्यक्षमा आफनो अस्थित्व देखाउँदा काँग्रेसले भने दुई वटा सदस्यलाई निर्वाचित गराउन सफल भएको छ ।

अहिलेको मत परिणाम अनुमान र आकलन गरेको भन्दा केही फरक आएको छ । केही पकड वडा बाहेक अन्यमा छ्यासमिस नतिजा आएका छन् । तर १ र ५ मा भने नेकपा एमालेले पुरानै लय समात्दै पकड लाई अझ दरिलो बनाई राखेको छ । २, ३ र ४ मा भने नेपाली काँग्रेसले इतिहासदेखि नै आफनो प्रभुत्व कायम गर्दै आएको छ ।

जितेका वडाहरुमा दुवै राजनीतिक दलले खुशीयाली मनाईरहेका छन् । ८ वडाको मतगणना परिणाम अनुसार एमाले र काँग्रेस दुवैले ४÷४ वडामा वडाध्यक्षको नाम लेखाईसकेका छन् । अझै महानगरका २४ वटा वडाको मत गणना हुन बाँकी छ । ३३ वडाका एकलाख ६८ हजार ६७ मतदातामा एकलाख २५ हजार ६ सय ८० मत खसेको छ । आठ वटा वडाको सदर मत १६ हजार चारसय गनिसकिएको छ ।

तीन गाउँपालिकामा एमाले, एउटामा काँग्रेसको जित
धन बस्नेत

पोखरा

कास्कीका चार गाउँपालिकामा तीन वटा गाउँपालिकामा नेकपा एमालेले जितेको छ । एउटा गाउँपालिका भने नेपाली काँग्रेसको पोल्टामा परेको छ । एमालेले कास्कीको मादी, रुपा र माछापुच्छ«े गाविसको अध्यक्षमा निर्वाचित हुदाँ नेपाली काँग्रेसले भने अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष निर्वाचित हुन पुग्यो ।

मादी गाउँपालिका एमालेका बेदबहादुर गुरुङ, रुपा गाउँपालिकामा नवराज ओझा र माछापुच्छ«े गाउँपालिकामा कर्णबहादुर गुरुङले जितेका छन् । अन्नपूर्ण गाँउपालिकामा भने नेपाली काँग्रेसका युवराज कुँवरले जितेका हुन् ।

यसैगरी पोखरा लेखनाथ महागरपालिकाको मत गणनाको तेस्रो दिन बुधबार एमालेले १ र ५ नम्बर वडा जितेको छ । नेपाली काँग्रेसले भने २, ३ र ४ नम्बर वडामा आफनो पडक कायम गरेको छ । १ वडामा एमालेकी शारदा पराजुली विजयी भएकी छन् । २ नम्बर वडामा नेपाली काँग्रेसका रामेश्वर मल्ल, ३ मा रबिन्द्रबहादुर प्रजु र ४ नम्बरमा शंकर बास्तोलाले जितेका छन् । ५ नम्बरमा एमालेका धनबहादुर नेपालीले जितेका छन् ।

मतदान शान्तिपूर्ण, कास्कीमा ७५ प्रतिशत मत खस्यो प्रदेश नं ४ मा समग्रमा ७२ प्रतिशत मत खस्यो
धन बस्नेत

पोखरा, ३१ बैशाख

आईतबार पहिलो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कास्कीको पाँचवटा स्थानीय तहमा आईतबार भएको निर्वाचनमा ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । पोखरा लेखनाथ महागरपालिकाको ३३ वडा वडा र कास्कीका अन्य चार गाउँ पालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । मतपेटिकालाई मुचुल्का उठाई मत गणनास्थल पोखराको नदीपुरस्थित नगरविकास प्रशिक्षण केन्द्रमा ल्याइएको छ । महानगरपालिकामा १ लाख ६८ हजार ६७ मतदाता छन् । ९८ स्थलमा मतदान गरिएको थियो ।

केही मतदान स्थलमा भने सर्वसाधारण आफनो मत पत्र समेत लिन गएनन् । कास्कीमा १ सय ५० मतदान स्थलमा १३८ मतदान केन्द्र तोकिएको थियो । कास्कीका एक महानगर र चार गाउँपालिकामा गरी दुई लाख २४ हजार मतदाता रहेका थिए । महानगरपालिकामा ३३ वटा वडामा ९८ स्थलमा मतदान गरिएको थियो । यसैगरी अन्नपूर्ण गाउँपालिकामा ११ वटा वडा समेटिएको छ । १५ स्थल, २१ केन्द्र, १५५६७ मतदाता रहेको निर्वाचन कार्यालय कास्कीले जनाएको छ । यसैगरी रुपा गाउँपालिका७ वडमा, ८ स्थलको १५ केन्द्रमा मतदान गरिएको थियो । ११३१५ मतदाता रहेका थिए । माछापुच्छ«े गाउँपालिका—९ वडा, १२ स्थल, २१ केन्द्र निर्धारण गरिएको थियो । जहाँ १६३०१ मतदाता रहेको तथ्यांक छ । मादी गाउँपालिकालाई १२वडामा , २२ केन्द्र तोकिएको थियो । १७ स्थल र १३५५९ मतदाता रहेको जनाइएको छ ।

मतगणना सोमबार विहान मात्रै गरिने निर्वाचन कार्यालय कास्कीले जनाएको छ । कास्कीमा दुईलाख २४ हजार मतदाता मध्ये १ लाख ६७ हजार ८ सय २३ मत खसेको छ ।

यसैगरी तनहुँमा ६९ प्रतिशत मत खसेको तथ्यांक छ । कुल १ लाख ९४ हजार ४ सय ७१ मतदातामा १ लाख ३३ हजार ६ सय १३ मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । स्याङजामा ७० प्रतिशत मत खसेको छ । एकसय ९९ मतदानस्थलबाट एकलाख ९१ हजार २ सय ५३ मतदातामध्ये १ लाख ३३ हजार ३ सय ७८ मत(७०प्रतिशत) खसेको छ ।

त्यस्तै गोरखामा १ लाख ६९ हजार ४५ मतदाता मध्ये एकलाख १९ हजार ९ सय ६७ मत(७१ प्रतिशत), लमजुङमा एकलाख ५ हजार नौसय ९२ मतदातामा ७७ हजार ४ सय ६९ (७३ प्रतिशत), मनाङमा ५ हजार ९५ मतमा केवल २ हजार ७ सय २२ मत(५३ प्रतिशत), बाग्लुङमा १ लाख ५६ हजार ८ सय २ मतदातामा एकलाख ८ हजार ५ सय ९५ मत(६९ प्रतिशत), पर्वतमा ९९ हजार दुईसय ४३ मतमा ६९ हजार ५ सय ६२ मत(७०प्रतिशत), म्याग्दीमा ७१ हजार ४ सय ६३ मतदातामा ४८ हजार ३ सय ९ मत(६८प्रतिशत) मत खसेको छ । त्यस्तै मुस्ताङमा ८ हजार २ सय ६३ मतमा ६ हजार ४ सय ७३ मत(७८प्रतिशत) र नवलपरासीमा एकलाख ८६ हजार ८८१ मत संख्यामा एकलाख ४३ हजा २ सय ९३ मत(७७ प्रतिशत) मत खसेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । समग्र प्रदेश नं ४ मा १४ लाख १३ हजार ३ सय १९ मतदातामा १० लाख ११ हजार २ सय ८ मत(७२ प्रतिशत) मत खसेको छ ।

तस्वीर—सन्जय शाक्य

पर्यटकको बसाई लम्ब्याउन नयाँ गन्तव्यको विकास —कुँवर
पोखरा -नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिकाका मेयर तथा उपमेयरद्वय रामजी कुँवर र सरस्वती गुरुङले समग्र पोखरा लेखनाथ महागरपालिकाको पर्यटन विकासको लागि पर्यटन व्यवसायीहरु छलफल गरेका छन् । छलफलमा पर्यटनको दिगो विकासको लागि दीर्घकालिन योजना बनाउनुपर्ने खाँचो औल्याए । पर्यटकको औषत बसाई लम्ब्याउन गतिविधि एवं पर्यटन प्रवद्र्धन हुने भौतिक पुर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए ।

पर्यटन विकास विना आर्थिक विकास सम्भव छैन् । नयाँ पर्यटकीय गन्तव्यहरुको विकास गर्दै पर्यटन प्रवद्र्धनमा जुट्नुपर्ने अहिलेको आवश्यकता हो । पोखरा—‘सबै सिजनको लागि’ भन्ने नारा उदघोष पर्यटन व्यवसायीले गरेका छन् । तर केवल केही महिनामात्रै पर्यटकीय सिजनको रुपमा देखिन्छ । सिजन भन्दा बेगर औषत पर्यटकको आगमन भने न्यून हुने गरेको यथार्थ छ । पर्यटन प्रवद्र्धन गर्न नयाँ पुर्वाधारको विकास अनिवार्य शर्त बन्दै गएको नेपाली काँग्रेस पोखरा लेखनाथ महागरपालिकाका मेयर उम्मेदवार रामजी कुँवरले बताए ।

तथ्यांक अनुसार पोखरामा मासिक बाह्य पर्यटक आगमनको औषत दर पाँचहजारको हाराहारीमा छ । आन्तरिक पर्यटकको औषत पोखरा आगमन भने मासिक १५ हजारको अनुपातमा देखिन्छ । तर अझै पनि पर्यटन प्रवद्र्धन हुन नसकेको तितो यथार्थलाई आत्मसात गर्दै नेपाली काँग्रेसले समग्र महानगरपालिकालाई पर्यटकीय हब बनाउने नीति तथा कार्यक्रम नै बनाएको उनले सुनाए । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ । तर व्यवस्थापन गर्न सकिएको अवस्था छैन् । पोखरा आफैं प्राकृति आधार पर्यटन नगरी पनि हो । त्यसको मर्म अनुसार नेपाली काँग्रेस कास्की अगाडि बढ्ने प्रण गरेको छ । ‘प्राकृतिक स्रोत र साधनलाई संरक्षण गर्दै भौतिक पुर्वाधारको क्षेत्रमा लगानी गर्न सकिए पर्यटक आगमनमा ३० ले बृद्धि हुने आशा र विश्वास हामीले लिएका छौं ।’ उनले भने ।

विश्व प्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्ग प्रवेशको लागि पोखरा आउनुपर्छ । राउण्ड अन्नपूर्णदेखि धौलागिरी आईसफल पदयात्रा पोखराबाटै शुरु गरिन्छ । छोटो दुरीको पदयात्रा पनि छन् । सराङकोट—कास्कीकोट—नागडाडँ हुदैं पोखरा फर्कने एकदिने हाइकिङ छ । त्यस्तै छोरेपाटन—विश्वशान्ति स्तुपसम्मको हाइकिङ पनि गर्न सकिन्छ । त्यसो त बेगनास हुदैं गरिने रोयल ट्रेकको प्रवद्र्धन गर्न सकिए बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने अभिव्यक्ति उपमेयर उम्मेदवार सरस्वती गुरुङले बताईन् ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन अन्नपूर्णका तल्लो फेदलाई पनि विकास गर्ने तर्फ हामीले ध्यान दिएका छौं । काँडे, अष्टे«लियन क्याम्प, सिक्लेस, धम्पुस, पन्चासे, तातोपानी कुण्ड लगायतका क्षेत्रलाई विकास गर्नुपर्ने खाँचो छ । पुर्वाधार विना पर्यटन प्रवद्र्धन हुदैंन् । पर्यटन प्रवद्र्धन गर्न नसकिए पर्यटन आर्थिक विकासको मेरुदण्ड बन्नै नसक्ने दावी पर्यटन व्यवसायी सुन्दरकुमार श्रेष्ठले छलफलमा बताए ।

महानगरपालिकाभित्र नौ वटा ताल छन् । तर ती ताल संरक्षणको पखाईमा छन् । मानवीय तथा प्राकृतिक रुपमा अतिक्रमित बन्दै गएका छन् । ढल र सेती नहर सोझै तालमा मिसिएको छ । त्यतिमात्रै नभई हर्पन खोलाले वर्षेनी बगाएर ल्याउने माटोसहितको गेग्रानले पुरिदैं गएको अवस्था छ । जसले फेवातालको आकर्षण र आकार घट्दै गएको छ । अब संरक्षण तर्फ पहलकदमी गर्न सकिए भने ताल लोपको अवस्थामा पुग्न सक्छ । त्यसैले अब संरक्षण गर्न ढिलो गर्नुहुदैन् । फेवा, बेगनास र रुपातालसँगै अन्य ताल संरक्षण गर्दै प्रवद्र्धन गर्ने अभियानमा जुटनुपर्छ ।

फेवाताल किनारमा फुट ट्रयाक निर्माण गरिएको छ । तर अपुरो छ । त्यसलाई पुरा गर्ने दायित्व अब नेपाली काँग्रेसको काँधमा आएको छ । महानगरपालिकालाई समृद्ध नगर बनाउँदै फेवाताल किनार वरिपरी पैदल यात्राको लागि ट्रयाक निर्माण गर्नुपर्छ । साईकल तथा पदयात्रा गर्न सहज ट्रयाक निर्माण गरी पर्यटकको मन बहलाउने तर्फ सोच्नुपर्छ । पर्यटकलाई बहलाउन सकिए र समय विताउने नयाँ गन्तव्य विकास गर्न सकिए पर्यटकको औषत बसाई सात दिनसम्म लम्बिने विश्वास छ ।

मोनाको पराजित, युभेन्ट्स फाईनल नजिक
पोखरा -   इटालियन हस्ती युभेन्ट्सले फ्रान्सको मोनाकोलाई घरमै २—० गोलले पराजित गर्दै च्याम्पियन्स लिगको फाईनलको ढोका लगभग खोलेको छ । अब दोस्रो लेगमा युभेन्ट्सले आफनै मैदानमा मोनाकोलाई आतिथ्यताको लागि बोलाउने छ । पहिलो लेगमा पराजित मोनाकोले उसैको मैदानमा पराजित गरेर मात्रै पुग्दैन गोल अन्तर समेत निस्कनुपर्छ ।

नेपाली समयअनुसार विहिबार बिहान फ्रान्सको मोनाकोस्थित लुइस द्धितिय मैदानमा सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा अर्जे्न्टिनी स्ट्राइकर गोञ्जालो हिग्विनको २ निर्णायक गोलको सहयोगले युभेन्ट्स विजयी भयो। गोलकिपर जियानलुइगी बुफोनको च्याम्पियन्स लिगको एक सय ४ औं खेलमा युभेन्ट्सले रवाफिलो खेल प्रदर्शन ग¥यो ।

बुफोनले यसपालिको च्याम्पियन्स लिगमा नकआउट चरणको कुनै खेलमा गोल खाएका छैनन्। उनको नेतृत्वमा रहेको युभेन्ट्सको बलियो डिफेन्स लाइन तोड्न नसक्दा मोनाको गालरहित बन्न पुग्यो । युभेन्ट्सका लागि पहिलो हाफको २९ मिनेटमै हिग्विनले उत्कृष्ट गोल गरे। उनले डानी आल्भेसको पासमा डिबक्स भित्रबाट गोल गर्दै मोनाकाको घरेलु मैदानमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

अर्को गोल उनले आल्भेसकै क्रस पासमा ५९ मिनेटमा गरे। यो गोल मोनाकोका डिफेन्डर बाकायोकाको गल्तीका कारण भएको थियो। डिबक्स भित्र हिग्विनलाई पुरै नियन्त्रणमा राख्न नसक्दा मोनाकोले अर्को गोल खानु पर्यो । मोनाकोलाई उसैको घरमा पहिलो लेगमा हराएपछि युभेन्ट्सको फाइनल पुग्ने सम्भावना बढेर गएको छ। बुधबार बिहान मात्र रोनाल्डोको ह्याट्रिक गोलमा रियल म्याड्रिडले पहिलो सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा एट्लेटिको म्याड्रिडलाई ३–० ले पराजित गरेको थियो।