Abiskar News Daily.... » ब्लग

व्यवसायिक एकता, आजको आवश्यकता—बराल
नेपाल निर्माण व्यवसायी संघ कास्कीको अधिवेशन आज हुदैं छ । अधिवेशनले नयाँ नेतृत्व गर्दै छ । नयाँ नेतृत्वको लागि विभिन्न व्यक्तित्वले आकांक्षा देखाएका छन् । यद्यपी मतदानले त्यसको निर्णय गर्ने छ ।

आर्थिक विकासको महत्वपूर्ण पाटाको रुपमा रहेको निर्माण व्यवसायीले आफनो हकहितको लागि एकजुट हुदैं आएका छन् । व्यवसायीक उत्थानको लागि सबैले आफनो क्षेत्रबाट हातेमालो गर्दै अगाडि बढ्नुपर्ने औंल्याउँदै आएका छन् । व्यवसायिक उत्थान र विकास आजको आवश्यक रहेको भन्दै व्यवसायीहरु नयाँ नेतृत्वको चयनको अभियानमा अग्रसर छन् । नयाँ नेतृत्वले नेपाल निर्माण व्यवसायी संघलाई नयाँ उचाईमा पु¥याउने आशा सबै व्यवसायीले लिएका छन् ।

दुई दशक अघि निर्माण व्यवसायमा हात हालेका ठाकुरप्रसाद बराल १३ औं अधिवेशनको संघारमा आईपुग्दा अध्यक्ष बन्ने अभियानमा सक्रिय बनेका छन् । श्री काली निर्माण सेवाका प्रोप्राईटर समेत रहेका बरालल २३ वर्षदेखि निरन्तर व्यवसायमा समर्पित हुदैं विभिन्न समयमा विभिन्न पदमा रहेर व्यवसायीको हकहितको लागि आवाज उठाउँदै संगठनलाई सुदृढा बनाउने तर्फ सक्रिय रहदै आएका छन् । सचिव, महासचिव र केन्द्रीय प्रतिनिधि हुदैं आफनो उपस्थितिलाई मजबुत बनाउँदै निर्माण व्यवसायी संघमा दरिलो उपस्थिति जनाईरहेका बराल १३ औं महाधिवेशनको संघारमा आइपुग्दा अध्यक्षको उमेदवारी दिएका छन् । अध्यक्षमा उमेदवारी दिएका बरालसितको संक्षिप्त कुराकारी……

-यो नेपाल निर्माण व्यवसायी संघ कास्कीको कतिऔं अधिवेशन हो ।

बराल— नेपाल निर्माण व्यवसायी संघको यो १३ औं अधिवेशन हो । १३ औं अधिवेशन

फागुनको २६ र २७ गते अधिवेशन गर्ने तयारी गरेका थियौं । नेपाली काँग्रेसका श्रदेय नेता पुर्व प्रधानमन्त्री शुशिल कोईरालाको निधनले राष्ट्र शोकमा परेको अवस्थामा संघको अधिवेशनलाई स्थगित गरेर एकमहिना पछि सारेका हौं । आज शनिबार उदघाटन समारोह हुने छ ।

- व्यवसायीक हकहितको लागि तपाईले कस्तो कार्यक्रम ल्याउनु भएको छ ?

बराल— निर्माण व्यवसायीहरुको राष्ट्रको भौतिक पुर्वाधारको क्षेत्रमा महत्वपुर्ण जिम्मेवारी बहन गर्ने सवल पक्ष हुन् ।विकासोन्मुख राष्ट्रका लागि निर्माणव्यवसायी अपरिहार्य अवाश्यक तत्व हो । यस व्यवसायको महत्वलाई ध्यान राख्दै राष्ट्रलाई सेवा र टेवा दिदै व्यवासयीको आर्थिक हैसियत बृद्धि र सामाजिक प्रतिष्ठामा पहुँच पु¥याउने उद्देश्यले संगठित भएका हौं । मैल यस व्यवसायमा दुई दशक पार गरिसकेको छु । म यस संस्थालाई कसरी विवादरहित तवरले नेतृत्वदायी भूमिका निर्वाह गर्न र क्षमताका आधारमा अध्यक्षको पद लागि उमेदवारी दिएको हँु ।

- व्यवसायीको उत्थानको लागि तपाईको भूमिका विगतमा कस्तो रहदैं आएको छ ?

बराल—नेपाल निर्माण व्यवसायी संघ पोखरालाई आज हामी महासंघको जननीको रुपमा मान्दै आएका छौं । तत्कालिन २०५२ सालमा नेपाल भरिका निर्माण व्यवसायी संघ निष्कृय अवस्थामा रहदाँ कास्की संघले पहिलो प्रयास ग¥यौं । त्यस अवस्थामा मैले निष्कृय संघलाई पुर्नजिवित गराएर धेरै मिहिनेत गरी संगठित गर्ने काम गरेको थियो । समय समयमा संस्थाको संस्थागत विकासलाई मैले योगदान दिदैं आएको विषय बस्तु धेरै छन् जुन निर्माण व्यवसायी समक्ष जगजाहेर नै छ ।

- निर्माण व्यवसायी बीच स्वच्छ प्रतिस्पर्धा देखिदैन्। अब त्यसलाई निराकरण गर्न तपाईको भूमिका कस्तो रहला ?

बराल—अस्वस्थ प्रतिस्पर्धा भन्दा तपाईले भन्न खोज्नु भएको कुन विषय हो । यथार्थमा जुनसुकै व्यवसायहरु प्रतिस्पर्धा प्रणालीबाट अगाडि बढेका हुन्छन । हाम्रो प्रतिस्पर्धा राज्यलाई आर्थिक भार घटाएर आफनो खर्चमा संरचना बनाएर दिने हो । यसरी आफु नै सकिएर राज्यलाई सहयोग गर्ने व्यवसायमा अस्वस्थता हुदै हुदैन् । भागवण्डा बारेमा भन्नुपर्दा नेपाल सरकारले लगत इष्टमेट तयार गरी निर्माण कार्य गर्न सार्वजनिक रुपमा सकार गरेको रकममा घटनु नघट्नु कुनै व्यवसायीले गर्नु नगर्नुलाई भाग बण्डा भन्नुको कुनै तुक छैन् । हाल नेपाल सरकारले बोलपत्र कार्यान्वयन समन्धमा ल्याएको ई—विडिङको व्यवस्थाले तपाईले भन्नु भएको जस्तो अस्वस्थ प्रतिस्पर्धा भने विस्थापित भईसकेको अवस्था छ ।

- तपाई अध्यक्षमा भोट दिने आधार के छन । निर्वाचन हुनु भए व्यवसायीको हकहितको लागि कस्ता कार्यक्रम ल्याउनुहुन्छ ?

बराल—सर्वप्रथम त व्यवसायीहरुको बीचमा देखिएको तिक्तताको समाप्ती गर्दै एक्यबद्धता स्थापित गरिने छ ।

१)विकास निर्माणको लागि राष्ट्रियस्तरमा विनियोजन गरिएका रकम फ्रिज भएर गएको विद्यमान अवस्थामा उक्त बजेटको अधिकाधिक उपयोग गर्ने साथै विकास निर्माणसँग समन्धीत कार्यालय र निर्माण व्यवसायी बीच समन्वयात्मक भूमिका खेल्ने

२)यस क्षेत्रभित्र निर्माण हुने ठूला ठूला परियोजनामा साना निर्माण व्यवसायीको पहुँच पु¥याउने साथै निजी क्षेत्रमा निर्माण हुने पुर्वाधारमा व्यवसायीलाई समावेश गराई कामको ग्यारेन्टी गराइने छ ।

३)निर्माण कार्यलाई सहज बातावरणमा सञ्चालन गर्न पाउनु व्यवसायीको आवश्यकता भएकोले यस तर्फ केन्द्रीय रहेर कार्यक्रम अगाडि ल्याईने छ ।

४) नेपाल निर्माण व्यवसायी महासंघद्वारा प्रस्तुत ४५ सुत्रिय माग कार्यान्वयन गर्न महासंघसँग समन्वयात्मक भूमिका खेल्दै माग पुरा गर्ने तर्फ संस्थागत रुपमा लागि पर्ने छौं ।

५) साना निर्माण व्यवसायीलाई दुईकरोडसम्मको योजनामा खुल्ला प्रतिस्पर्धाबाट सहभागि बनाउन पहल गरिने छ ।

६) मूल्य अभिबृद्धि तथा कर प्रणालीमा सरलीकरणको लागि संस्थागत पहल गरिने छ ।

७) विकृति र विसंगितको अन्त्य गर्दै सामाजिक क्षेत्रमा निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन गराई प्रतिष्ठित व्यवसायको रुपमा स्थापित गरिने छ ।

८) युवा तथा साना व्यवसायीको लागि बोलपत्र सम्बन्धमा तालिम सेमिनार गोष्ठी अवलोकन भ्रमण जस्ता कार्यक्रम सञ्चालन गरी दक्ष एवं सक्षम व्यवसायीको रुपमा रुपान्तरित गरिने छ ।

९) निर्माण व्यवसायलाई उद्योग सरहको मान्यता दिलाउन पहल गरिने छ ।

- र अन्त्यमा ?

संस्थागत सुशासन, पारदर्शिता साथै व्यवसायिक एकताको लागि मेरो नेतृत्वको समूहका सम्पूर्ण उमेदवारलाई अत्याधिक मतले विजयी गराईदिनु सम्पूर्ण निर्माण व्यवसायी मित्रहरुमा हार्दिक अनुरोध गर्दछु ।

‘रिटायर्डपछि शिक्षामा समर्पित’
धन बस्नेत

घर गाउँमा विद्यालय नै थिएनन् । त्यसैले उनले गाँउमा केवल प्राइमरी मात्रै अध्ययन गरे । लोएर सेकेण्डरी पढ्ने ईच्छा केवल मनमा मात्रै सीमित रह्यो । त्यो भन्दा माथि पढ्ने सम्भावना गाँउघरमा थिएन् । मनमा पढ्ने हुटहुटी थियो । त्यो हुटहुटीलाई मलाया(विदेश)ले साकार बनाईदियो । भर्खर जुगाँको रेखी बस्ने समय थियो । पर्वत भोक्सिङ देउरालीमा जन्मिएका मोतीराम गुरुङ १४ वर्षकै उमेरमा बेलायती सेनामा भर्ती भए । सेनामै रहेर आफनो पढ्ने ईच्छालाई विस्तारै पुरा गर्दै गए ।

सेनामै रहदाँ इन्जिनियर बन्ने सपनालाई मनभित्र पालेका थिए । सिभिल इन्जिनयिर बन्ने धोकोलाई भने पुरा गरेनन् । सेनाको जागिरले क्याम्प परिवर्तन गर्नुपर्ने बाध्यताले उनले आफनो अध्ययनको चाहनालाई थाँती राखे । १९५९ मा बेलायती सेनामा भर्ती हुदाँ केवल १४ वर्षको लक्का जवान थिए । २७ वर्ष सेनामा सेवारत रहेर फर्किए । गाँउघरमा स्कुल नभएको पीडाले मनलाई बाह्रैमास सताई रहन्थ्यो । सेनाको जागिरकै समयमा स्कुल खोल्नुपर्छ भन्ने ख्याल मनभित्र नआएको पनि होईन् । साथीभाइले पनि स्कुल स्थापनाको लागि कुराहरु गरिरहन्थे ।

समय परिवर्तनको थियो । पञ्चायती व्यवस्थाको अन्त्यको संघारमा थियो । त्यही परिवर्तित समयको संघारमा गुरुङले ‘मेरीगोल्ड’ स्कुलको शुरुवात गरे । २०४५ सालमा दुई कक्षासम्मको स्वीकृति लिएर सञ्चालित विद्यालय २२ वर्षको अवधिमा दशजोड दुईसम्म पठन पाठन हुन्छ ।

तत्कालिन जिल्ला सभापति अम्बरबहादुर कार्की थिए । उनकै सहयोगमा कक्षा थपको स्वीकृतिको लागि विशेष पहलकदमी भएको थियो । ३ र ४ को स्वीकृति सहज भयो । तर पाँच कक्षाको स्वीकृति लिन लामै संघर्ष गर्नुप¥यो ।

त्यतिबेला पोखरामा अहिलेजति बग्रेल्ती विद्यालय थिएनन् । आफनै सन्तानलाई पढाउन निकै कठिनाई भोग्नुप¥यो । ‘त्यतिबेलाको अन्नपुर्ण मावि(विकल शेरचनद्वारा स्थापित) मा सन्तानलाई मारेपाप पाले पुण्य भन्दै भर्ना गरिछाडें ।’ उनले यथार्थ सुनाउँदै भने—‘अहिलेजस्तो छनोट गरेर पढाउने ठाँउ पनि थिएन् ।’ .

गाँउकै स्कुलमा तीन कक्षामा पढ्दा उनी सबैका प्रिय थिए । कारण गाँउलेको चिठीपत्र पढिदिने, तमसुक, भरपाईको कागज हेरिदिने गर्थे । ‘त्यतिबेला गाँउमा पढेको एकमात्र थिएँ । सामान्य अग्रेजी पनि बोल्थें ।’ उनले आफनो विगत सुनाउँदै थपे–‘तीनबाट माथि पढन्े ठाँउ थिएन् । स्कुल पढ्ने रहर थियो । त्यही कक्षामा दोहो¥याई तेह¥याई पढन थाले ।’

जहाँ ईच्छा त्यहाँ उपाय भन्ने नेपाली उखान झैं उनलाई पढने चाहना मलायामा पुगेर पुरा भयो । गाँउमै गल्ला आएर भर्तीको लागि मलाया लैजान्थे । १४ वर्षकै उमेरमा म पनि गएँ । पैसा नि कमाईन्छ, पढन पनि पाईन्छ भन्ने सुनेपछि मलाया ताके । १२ वर्षको उमेर भएको थियो । चार कक्षा पढन् गाँउ ठाँउमा स्कुल थिएन् । दुई वर्ष स्कुलैमा हल्लिएपछि १४ वर्षकै उमेरमा लाहुरे बन्न गएँ । त्यतिबेला उमेरको हदबन्दी थिएन् ।

अहिले भर्ती हुन अनिवार्य दशजोड दुई पास गरेको हुनुपर्छ । शारीरिक फिटनेस अनिवार्य चाहिन्छ । तर त्यतिबेला अहिलेको जस्तो कठिनाई थिए । गल्लाले लिएर गएपछि भर्ती भइन्थ्यो ।

विदेशमा पढ्दै गर्दा पढाउने अवसर पनि उनले पाए । भन्छन्–‘पल्टनमै जुनियर र सिनियरलाई पढाउने मौका पाए ।’ अग्रेजीमा राम्रो दख्खल छ । त्यही भएर होला उनले व्यक्ति विशेष हेरेर ‘टङ’ अनुरुप बोल्छन् ।

सेनाको जागिरबाट निवृत्तिभरण भएपछि साथीभाइसँग सल्लाह अनुसार होस्टेलको थालनी गरियो । होस्टेल पनि दुई वर्ष पुगेपछि स्कुल खोल्ने तर्फ मनस्थिति बनाए । होस्टेल हेर्ने जिम्मेवारी साथीभाइलाई नै दिँए ।  त्यसपछि ‘मेरीगोल्ड प्रावि’को जग बसाले । तीन वर्षसम्म साथीभाइले सहयोग गरे । २७ वर्ष अघि शुरु गरेको विद्यालयमा अहिले १२ कक्षासम्म अध्ययन हुन्छ । ‘स्पेशलाईजेशन होटल म्यानेजमेन्ट हो ।’

पढाउने प्रसङ उनको अहिले मात्रै छुटेको छ । आफैंले स्कुल स्थापना गरेपछि लामै समय पढाउन थाले । सेनामा पनि पढाउने अवसर पाएका उनले आफनै स्कुलमा पढाउँदै ज्ञानको ज्योति बाड्न भ्याए । तर अहिले विस्तारै पढाउने कामबाट विश्राम लिएका छन् ।

गुरुङ समुदायमा जन्मिएर हुर्किएको ठिटोले पोखरामा स्कुल खोलेपछि चुनौतिहरु थपिए । थप कक्षाको स्वीकृतिदेखि समाजमा व्याप्त नकारात्मक सोचले जटिलता पक्कै थप्यो । तर पनि त्यस्ता चुनौतिलाई पन्छाउँदै निरन्तरताको संघर्षले कास्कीको उत्कृष्ठ विद्यालयको दौडमा उभ्याएर छोडेका छन् ।

स्कुले अहिले परिपक्क बन्दै गएको छ । पाँच सन्तानका पीता गुरुङलाई सन्ततिले बिडो थामिदियोस भन्ने अपेक्षामा छन् । सन २०११ मा एक छोरालाई गुमाएपछि विक्षिप्त छन् । मनको पीडालाई विर्सेर चार सन्तानालाई गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी राखेका छैनन् । दुई छोरा दुई छोरी छन् ।

पढाई हिजोको र अहिलेकोमा आकाश जमिन फरक छ । ‘अहिले नर्सरीमा पढ्ने विद्यार्थीमा सोच समेत फरक पाउँछु ।’ गुरुङ सम्झन्छन । बेलायती सेनाबाट रिटायर्ट भएपछि शिक्षाको ज्योति फैलाउन दुई दशक भन्दा बढी सयम विताईसकेका छन् ।

जहाँ ईच्छा त्यहाँ उपाय भन्ने नेपाली उखान झैं उनलाई पढने चाहना मलायामा पुगेर पुरा भयो । गाँउमै गल्ला आएर भर्तीको लागि मलाया लैजान्थे । १४ वर्षकै उमेरमा म पनि गएँ । पैसा नि कमाईन्छ, पढन पनि पाईन्छ भन्ने सुनेपछि मलाया ताके । १२ वर्षको उमेर भएको थियो । चार कक्षा पढन् गाँउ ठाँउमा स्कुल थिएन् । दुई वर्ष स्कुलैमा हल्लिएपछि १४ वर्षकै उमेरमा लाहुरे बन्न गएँ ।

सन्तान र सरकारबाट अपहेलित अभिभावक
रुपा नेपाल-नेपाली समाजमा आधुनिकीकरणको प्रभाव स्वरुप समाजका मुल्य मान्यताहरुमा दिनानुदिन परिवर्तन भइरहेका छन् । परिवारमा बिभिन्न सदस्यहरु विदेशीने क्रम पनि उत्तिकै छ भने परिवारका सदस्यबीचको बैचारिक भिन्नताले गर्दा परिवार टुक्रने क्रम पनि बढ्दो छ । हिजोआज नेपाली समाजमा न त संयुक्त परिवार नै धेरै पाउन सकिन्छ न भएका परिवारमा पनि मेल देख्न सकिन्छ ।

बास्तवमै भन्नु पर्दा दिनानुदिन ज्येस्ठ नागरिक  बोझको रुपमा परिणत हुदै छन । जसका कारण वृद्श्रम जान वाध्य छन बृद्धबृद्धाहरु । हिजो आज आफ्नो बावुआमा बृद्धबृद्धा हुँदै गएपछि घरबाट बाहिर निकाल्ने प्रचलन बढेको छ । पहिलाको समयमा बावुआमालाई भगवान सरह मानिन्थ्यो तर विडम्वना हिजो आज भने बुढा बावुआमालाई मन्दिरमा वा बृद्श्रममा छाडेर आउनेको लहर नै बढेको छ । यसले गर्दा उनीहरुले पाउनुपर्ने सेवा, सुविधा अवसर, सम्मान हेरचाह तथा सामाजिक सुरक्षा पाउन सकिरहेका छैनन् ।ज्येष्ठ नागरिक हाम्रो धरोहर हुन, भविश्यका एक पुस्तक हुन । जुन पुस्तकबाट भविष्य का सन्ततिले धेरै कुरा सिक्ने मौका पाउनेछन ।

बेलाबेलामा ज्येष्ठ नागरिकहरुका लागि अधिकार र सामाजिक सुरक्षाका लागि आवाज पनि नउठेका होइनन । तर सरकारले अहिलेसम्म त्यसप्रति कुनै सकारात्मक कदम चाल्न सकेको देखिदैन । आजको समाज धेरै व्यस्त रहेको छ । छोराछोरीहरु धेरै समय आआफ्नो काममा व्यस्त रहने हुँदा घरपरिबारको लागि समय दिन सक्दैनन । तर बुढा भएका बावुआमाले आफ्ना सन्तान आफैसित बसोस भन्ने ठान्दछन । हिजोआजका सन्तानहरुको मनमा के कुरा बसेको छ भने बुढाबुढीलाइ खान लाउन दियो बस पुगि हाल्छ । तर उनीहरुले यो कुरा पनि भुल्न हुन्न कि खान त एकछाक कुकुरले पनि खाएकै छ । बृद्धबृद्धाहरु दयाका पात्र होइनन उनीहरु पनि माया ममता र सद्भाव चाहन्छन भन्ने कुरा सन्ततिले ख्याल गर्न जरुरी भएको छ । बावुआमाको भावना छोराछोरीले बुझ्न नसक्दा उनी हरुको मन कुडिने हुन्छ र घर परिवारमा नराम्रो हुन जान्छ । धेरैजसो घरमा बुढाबुढीलाइ हेरचाह गर्ने मानिस हुदैनन र काम गर्नेको भरमा छाडेका हुन्छन ।

कति त दिनभरी नै एक्लै हुन्छन, एक्लै बस्दा मनमा कुरा खेल्न थाल्छ, फलस्वरुप बुढाबुढीहरु बिभिन्न मानसिक रोगका सिकार हुन पुग्दछन । अधिकांश वृद्मानिसहरु परिवारको हेलां, उपेक्षा, अपमान, बेवास्ता ,गरिवी, बेसहारा जस्ता कारणले परिवारबाट बाहिरिएर बृद्श्रम पुग्न बाध्य छन । बृद्वाश्रममा पनि रामै् हेरचाह हुन्छ भन्ने हुन्न । कतिपय बृद्धबृद्धा सडकमा माग्दै हिड्न पर्ने वाध्यता पनि रहेको छ । परिवारले बेवास्ता गरेपछि बृद्वाश्रममा पुगेका बृद्वाहरुले निकै कष्टकर जीवन बिताउनु परेको छ । पुरुष ज्येष्ठ नागरिक भन्दा पनि महिलाले बढि समस्या भोग्नुुपरिरहेको छ । नेपालको अन्तरिम संविधान २०६३ मा महिला ज्येष्ठ नागरिक लगायत असहाय व्यक्तिका लागि विशेष व्यवस्था गरिने उल्लेख भए पनि त्यसअनुसारको कार्य अहिले सम्म पनि हुन सकेको छैन ।

जन्म, मृत्यु, बुढ्यौली भनेको कसैले टारेर टार्न सकिने कुरो होइन । तसर्थ ज्येष्ठ नागरिकका समस्यामा चासो नदिनु भनेको भोलिका दिनमा आफैलाइ अप्ठेरोमा पार्नु हो । तसर्थ ज्येष्ठ नागरिकका यावत समस्या प्रति राज्य,सरकार र आम नागरिक समाज उदार हुन जरुरी छ । मुख्य कुरा ज्येष्ठ नागरिक दयाका पात्र मात्र होइनन आदर र सम्मानका पात्र हुन भन्ने कुरा मनन गर्नु नै आजको आवश्यकता हो ।

ज्येष्ठ नागरिकहरुको हक हित संरक्षण गरि उनीहरुलाई समाजमा उचित सम्मान दिनु आवश्यक छ । तर सरकारले यस सम्वन्धमा कुनै ठोस कदम उठाउन सकेको छैन जसले ज्येष्ठ नागरिकले सहज महशुस गर्न सकुन । ज्येष्ठ नागरिक हाम्रो धरोहर हुन भविश्यका एक पुस्तक हुन । जसले ति पुस्तकबाट भविश्यका सन्ततिले धेरै कुरा सिक्ने मौका पाउनेछन । उनीहरुलाई समाजमा न्यायोचित व्यवहार हुनुपर्दछ । आफुले जन्म दिएका सन्तानलाई त बोझ भएर वृद्श्रममा लगेर फ्याँकेपछि वृद्वाश्रममा राम्रो गर्छन भन्ने कुराको के ग्यारेन्टी रु हिजोआज त कयौ वृद्श्रम पनि व्यावसायिक तरिकाले चल्न थालिसकेका छन,  व्यापार गर्ने थलोका रुपमा समेत विकसीत हुँदै छन ।

विगत २५ महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकका माग अहिले सम्म सरकारले पुरा गर्न सकेको छैन । २५ महिना देखि धर्ना बस्दा बस्दै एघार ज्येष्ठ नागरिकले धर्तिबाट बिदा लिईसकेका छन । तर सरकार भने कानमा तेल हालेर बसेको छ । वृद्भत्ता वृद्धि गर्नुपर्ने लगायतका सेवा सुविधा सम्वन्धि बिभिन्न ८ सुत्रिय माग राखेर यो टन्टलापुर घाम र हिउदे चिसोमा उनीहरु धर्नामा बसेका छन ।

बृद्धबृद्धाहरुसँग धेरै ज्ञान, सिप र अनुभव हुन्छन । उनीहरुसग समाज र राष्ट्रले धेरै कुरा सिक्न सक्दछन । तर त्यसको लागि सरकारले व्यवस्थित कार्यक्रम ल्याउन सकेको छैन । बृद्वावस्थालाई समस्याको रुपमा नहेरी देशको महत्वपूर्ण धरोहरको तथा मानविय विकासलाई स्रोतको रुपमा लिनु आवश्यक छ । उननीहरुको ज्ञान, क्षमता , सिप र अनुभवको आधारमा पछिल्ला सन्ततिले धेरै सिक्न पाउदछन । त्यसैले उनीहरुको ज्ञान क्षमता सिपको बारेमा अनुभव बाँड्ने ठाउको व्यवस्था गरिनु आवश्यक छ । जसले गर्दा पछिका पुस्ताले राम्रो मार्गदर्शन गर्न सकुन ।

गोविन्द केसीको अनसनबारे किन बोल्दैन एमाओवादी ?
मेडिकल माफिया भर्सेस डा।गोविन्द के।सी

जागृत रायमाझी(सेतोपाटी)

अर्थात बाउ र आमावाहेक सबै बस्तुहरु बिक्रीयोग्य हुन्छ भन्छ पुँजीवादले । बजारलाई राजनीति, कानुन, सुरक्षा, उत्पादन, बिनिमय, शिक्षा, स्वास्थ्य, सेवा, मनोरञ्जन आदि सबै जिम्मा लगाउँदा विकृति र अस्तब्यस्तताले मानव सभ्यता नै समाप्त हुने खतराको घण्टी टिङटिङ् बज्यो विकसित पुँजीवादी मुलुकहरुमा ।

त्यसपछि उनीहरुले जनताको आधारभुत आवश्यकता राज्यले पूरा गर्ने समाजवादको न्युनतम अवधारणा कपिपेष्ट गरे । तर, पुँजिवादमा असाध्यै ढिलो प्रबेश गरेको हाम्रो देशमा गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, सार्बजनिक यातायात जस्ता जनताका आधारभुत र अति सरोकारका बिषय समेत निजी क्षेत्र र माफियाहरुको जिम्मा लगाएर पुँजिवादी सत्ताधारीहरुले नयाँ जोगीको धेरै खरानी घसाइ गरिरहेका छन् । त्यसैको एउटा उदाहरण हो नेपालको स्वास्थ्य र शिक्षाको चरम निजीकरण र डरलाग्दो माफियाकरण ।

के हो मेडिकल राजनीति ?

मेडिकल राजनीतिको सार भनेको  जनतालाई ‘आधारभुत स्वास्थ्य’ र जनताका छोराछोरीलाई ‘स्वास्थ्य शिक्षा’बाट बञ्चित गर्नु हो । अर्थात, अचाक्ली महँगो स्वास्थ्य सेवा हुने खानेको मात्र बशको बिषय बनाउनु हो । त्यसमा पनि ४० लाखभन्दा कममा डाक्टर बन्न नपाउने भएपछि गरिबका छोराछोरीका लागि ‘मेडिकल शिक्षा’ समेत आकाशको फल सरह भैगयो । सक्नेले पनि घरजग्गा ‘शकुनी दाउँमा’ राखेर मात्र पढ्न पाउने भए ।

दोस्रो कुरा, रातारात लखपतिबाट करोडपति र करोडपतिबाट अरबपति बन्ने सजिलो र छोटो बाटो हो, मेडिकल शिक्षामा लगानी । किनकी १५० जनासम्म एमबीबीएस बिद्यार्थी भर्ना गर्दा बार्षिक झन्डै ६० करोडको बैधानिक कारोबार गर्न पाउँछ मेडिकल कलेजले ।

अझ, कोठाभरि धन थुपारेका सम्भ्रान्त परिवारका छोराछोरीको नामको अगाडि डाक्टर झुन्ड्याउने सपना केही खोका बुझाएपछि पूरा हुने भैहाल्यो । अनि ५ बर्षको रकम एकैचोटि असुल्न पाउने भएपछि ब्याजको मात्रै हिसाब गर्दा पनि दोब्बर हुने भो । तेस्रो कुरा, कालो धनलाई सेतो बनाउँदै सम्मानित सामाजिक तक्मा लगाउन मेडिकल कलेजमा लगानी गर्नेहरुको तँछाड मछाड छ । नाम, इज्जत र धनको चिनी घोलेर चास्नी खान मेडिकलमा जस्तो अरु पेशामा कहाँ सम्भव छ र ?

के छ नेपालको मेडिकल चित्र ?

नेपालका शहर गाउँमा हामी तीनवटा व्यापारका अखडाहरु छ्याप्छ्याप्ती पाउँछौं । प्राइभेट मेडिकल या हस्पिटल, प्राइभेट रक्सी केन्द्र र प्राइभेट स्कुल कलेजहरु । यस्तो बनाइयो कि प्राइभेट रक्सी भट्टी, प्राइभेट स्कुल—कलेज र प्राइभेट मेडिकल या हस्पिटलले नै नेपाली सभ्यताको संरक्षण गरिरहेको छ । अथवा यी नै आधुनिक नेपालका सौन्दर्यका अवयवहरु हुन् । झण्डै वार्षिक २५ सय विध्यार्थी उत्पादन गर्न नेपालमा अहिले १८ वटा मेडिकल कलेजहरु, ३ वटा मेडिकल प्रतिष्ठानहरु छन् । ती मध्ये आधाभन्दा बढी काठमाडौंमा नै छन् ।  अहिले पाँचवटा मेडिकललाई सम्बन्धन दिने हो भने अझ बढ्नेवाला छ ।

असाध्यै बिरामीको घनत्व हुने सरकारी शिक्षण अस्पताल महाराजगञ्जमा ६० जनाको मात्रै एमबीबीएस कोटा छ । तर, पैसा असुल्न बनेका सबै प्राइभेट मेडिकलमा १५० भन्दा बढी कोटा दिइएको छ । जबकि कतिपय मेडिकल कलेजहरु नमस्ते गरी गरी बिरामी ल्याउनुपर्ने हालतमा छन् । सजिलोका कारण नयाँ खोल्न आँटेका सबै मेडिकल कलेजहरु काठमाडौं नै ताकिरहेका छन् । राज्यसँग नेपाललाई अहिले कति वटा, कहाँ र कस्तो मेडिकल कलेज चाहिने हो, केही थाहा छैन । र, आगामी १०, २० र ५० बर्षका लागि कति जनशक्ति र संस्था चाहिने हो, कुनै गुरुयोजना पनि छैन । अर्कोतर्फ नेपालको आफ्नै मौलिक उपचार विधि भएको आयुर्वेद, होमियोपेथिक मेडिकल बिज्ञान त राज्यको छिछि र दुरदुरको बिषय बनेको छ । बाढीले बगाएको बालक जस्तो भगवान भरोसामा छ नेपालको मेडिकल नीति ।

को हुन शैक्षिक माफिया ?

मुलतः आफ्नो अख्तियारको लुकिछिपी दुरुपयोग गर्ने र कालोधन्दाबाट सम्पत्ति आर्जन गर्नेहरु माफिया हुन । माफियाको निम्ति शक्ति र सम्पत्ति भन्दा तेस्रो सत्य केही छैन । शक्ति र सम्पत्तिका लागि मानवीयतामाथि कबड्डी खेल्न होस् या मान्छे हत्याको जुवा खेल्न होस्, माफियाहरु हाँसीहाँसी सक्छन । नैतिकता, सामाजिक उत्तरदायित्व र मूल्य मान्यताको माफियाहरुलाई बाल मतलब ।

नेपालमा मुलतः चार प्रकारका शैक्षिक माफियाहरु छन ।

राजनैतिक शैक्षिक माफिया

राजनीति गर्नेहरुको मुख्य दुई कर्म छ, एउटा जनताको हित र अर्को समाजको बिकास । यो भन्दा बाहेक अरु मुख्य पेशा बनाउनेका निम्ति राजनीतिमा ‘नो इन्ट्री’ हुनुपथ्र्यो । तर, बिडम्बना १ पार्टी र राजनीतिको आवरणमा दलाली, भ्रष्टाचार र कमिशनधारी माफियाहरुको आतंक ‘स्वाइन फ्लू’ भन्दा कम छैन ।

अझ निर्वाचनमा शिक्षा, स्वास्थ्य र सार्बजनिक यातायात जस्ता जनताको आधारभुत आवश्यकता पूरा गर्ने गायत्री मन्त्र जपेर आएका मुखौटे नेताहरु लुकिलुकी नाफाखोर ब्यापारी बनिरहेका छन् । त्यसमा पनि स्वास्थ्य र स्वास्थ्य शिक्षा जस्तो अति संवेदनशील क्षेत्रलाई व्यापार र माफियाकरणको ‘रग्बी खेल मैदान’ बनाउन ठूला साना पार्टीका ठूलासाना नेताहरु नै लागिपर्नु राजनैतिक शैक्षिक माफियाकरणको सबैभन्दा भद्दा अवतार हो ।

त्यसकारण, राजनीति मूल पेशा बनाउनेले जनतालाई निःशुल्क स्वास्थ्य शिक्षा र जनताका छोराछोरीलाई निःशुल्क मेडिकल शिक्षा दिलाउन मेहनत गर्नुपर्नेमा जनताबाट असुलेर आफ्नो ढुकुटी भरेर कुबेर बन्नतिर लाग्छन् भने ती कांग्रेस, एमाले या माओवादी जो कोही भए पनि शैक्षिक माफिया नै हुन् ।

पदधारी शैक्षिक माफिया

मन्त्री, सचिव, विश्वविद्यालयका पदाधिकारी, मेडिकल काउन्सिल जस्ता अख्तियार प्राप्त पदधारी भएर पनि मेडिकल माफियाको रंगमञ्चमा अभिनय गर्नेहरु ‘पदधारी माफिया’मा पर्छन् । आफ्नो ‘आइडेन्टिटी कार्ड’मा ठूलो अक्षरले राष्ट्रसेवक लेखेका यी पदधारीहरु दिनभरि मेडिकल शिक्षालाई ब्यापारीकरण र माफियाकरण गराउने बैधानिक नेपाली कागजको मुचुल्का उठाउने काम गर्छन् र रातिराति मेडिकल कलेजको मालिकको स्वरुपमा स्टार होटलमा प्रकट हुन्छन ।

कालाधने शैक्षिक माफिया

भन्सार छल्ने, कर छल्ने, राज्यले प्रतिबन्ध लगाएको काम गर्ने, हतियार, फिरौती, अपहरण, हत्या जस्ता जघन्य अपराधमा संलग्न भएर आर्जन गरेको कालोधनलाई सेतो बनाउन र पाप पखाल्न शिक्षामा लगानी गर्नेहरु कालाधने माफियाको बाकसभित्र पर्छन् । राजनीति र कर्मचारीतन्त्रसँगको मिलेमतोमा ‘काले काले मिलेर खाउँ भाले’ गरिरहेका छन् यी कालाधने माफियाहरुले ।

विदेशी शैक्षिक माफिया

नेपालको समग्र शिक्षा र मेडिकल शिक्षामा विदेशीहरुको गिद्धेनजर पनि कम्ति परेको छैन । उनीहरुको प्रत्यक्ष र परोक्ष लगानी छर्लङ्गै छ मेडिकल शिक्षामा । कैयौं मेडिकल कलेजका मालिक त विदेशी भाषा अझ त्यसमा पनि हिन्दी बोल्ने नेपाली होइन, हिन्दी बोल्ने हिन्दुस्तानी मात्रै छन् । त्यहाँ भित्र र्छियो भने नेपालको मेडिकल कलेज हो कि हिन्दूस्तानको, छुट्याउन ‘ओरिजिनल हाँस’ चाहिएला ।

को र के हुन डा. गोबिन्द केसी ?

बिषयको चर्चामा ब्यक्तिहरुको आन्द्राभुँडी केलाउनु उपयुक्त हुन्न । तर, केही ब्यक्तिहरु यस्ता पनि हुन्छन्, जो बिषयको विम्व बनेर आउँछन् । अहिले डा। गोविन्द केसी मेडिकल माफियाहरुको बिरुद्ध सतिसालको विम्व बनेर आएका छन् । डा। केसीलाई पागल भनेर आफ्नो माफिया आवरण ‘दुलही घुम्टो’ले छेक्न चारै प्रकारका माफियाहरु लागेका छन् ।

अलिअलि ‘एमाओवादी हिङ’ पनि गोविन्द केसीको निष्ठा भुत्ते पार्न लाग्या छ भन्ने बजार हल्ला छ । यत्रो जनसरोकारको बिषयमा एमाओवादी मौनताले बजार हल्लालाई पुष्टि नगरोस् । यो पंक्तिकार एमाओवादी भएकोले शुभेच्छा प्रकट गर्छ । तर, कांग्रेस अझ एमाले त संस्थागत हिसाबले नै लागेका छन् डा। केसीलाई या त आर्यघाट या त पाटन अस्पतालमा ‘पागल शैया’मा भर्ना गराउन ।

‘धादिङ्गे डन चरी’का गुरु राजेन्द्र पाण्डेले त हाकाहाकी भनिसके डा. केसी पागल हुन । अब, त्यत्रो चुनाव जितेका समाजवादी पार्टी एमालेका नेताको ‘गिदी टेष्ट’ गर्ने कसको आँट ? राजेन्द्र पाण्डे मात्रै यो कुबाटोमा छन् या सिङ्गो एमालेले आड भर दिएको छ त्यो एमालेको कुरा हो । तर, स्वास्थ्य जस्तो संवेदनशील बिषय बजारको बेलगाम घोडालाई जिम्मा दिएर समाजवादको सुगा रटान रट्नु चाहिँ एमालेको नवमण्डले प्रवृत्ति नै हो ।

जे होस, डा.केसी सरकारी अस्पतालमा मात्र सेवा गर्ने एक इमान्दार चिकित्सक हुन र मेडिकल माफियाका बिरुद्ध जेहाद छेड्ने अभियन्ता । उनको यति परिचय नै काफी छ ।

के हो उपाय ?

जनताको ‘स्वास्थ्य अधिकार’ र जनताका छोराछोरीको ‘स्वास्थ्य शिक्षाको अधिकार’ कुनै नेताको निगाह या माफिया महाजनको तथास्तुको बिषय होइन जनताको नैसर्गिक अधिकार हो । त्यसकारण स्वास्थ्य र स्वास्थ्य शिक्षाको ब्यवस्थापनको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ ।

दोश्रो कुरा, मापदण्ड र गुणस्तर उल्लंघन गर्ने संस्थाहरुलाई निर्मम दण्ड गर्नुपर्छ । किनकी एउटा मेडिकल कलेजको उपचार र शिक्षासँग लाखौं जनताको जीवन जोडिएको छ ।

तेस्रो कुरा, राजनैतिक नेता, सार्बजनिक पदधारीहरु, कालोधनेहरु रबिदेशीहरुको मेडिकल लगानीलाई पूर्ण निषेध गर्नुपर्छ । मेडिकल क्षेत्र माफियाहरुको निम्ति ‘रेस्ट्रीक्टेड एरिया’ बनाईनुपर्छ ।

चौथो कुरा, च्याउसरी खोलिएका मेडिकल कलेजहरुको बन्ध्याकरण गरिनुपर्छ । मापदण्ड र गुणस्तरबिहीनताको अन्त्य गरिनुपर्छ । विभिन्न जनघनत्व र प्राकृतिक अनुकुलताका क्षेत्रलाई ‘मेडिकल जोन’ बनाई मेडिकल कलेजहरु देशैभर बिस्तार गरिनुपर्छ ।

पाचौं कुरा, ज्वरो र सिटामोल खान र खानुपर्छ भनेर सिक्न काठमाडौं नै आउनुपर्छ भन्ने स्वास्थ्य र स्वास्थ्य शिक्षाको विकल्पहीन केन्द्रको केन्द्रीकृत मान्यता भत्काउनुपर्छ । आवश्यकता अनुसार देशैभर स्वास्थ्य संस्था र स्वास्थ्य शिक्षाको बिस्तार गर्नुपर्छ । छैठौं कुरा, मेडिकल शिक्षा पढ्न इच्छुक र प्रतिभावान बिध्यार्थीलाई राज्यले बिना धितो शैक्षिक कर्जाको ब्यवस्था गर्नुपर्छ ।

सातौं कुरा, तत्कालै एकमुष्ट विद्यार्थीबाट रकम असुल्ने ब्यवस्थालाई किस्ताबन्दीमा र मेरिट सिस्टमबाट मात्रै मेडिकल शिक्षामा प्रवेशको प्रावधान राखिनुपर्छ ।

बिट मार्दामार्दै

चिन्ताको कुरो, नेपालमा जनसरोकार र जनजिविकाका अहं मुद्दाहरु पार्टी, नागरिक समाज, पत्रकार, बुद्धिजिवी या सरोकारवाला कसैको पनि प्राथमिकताको बिषय पर्दैन । चर्खा चलाएर गान्धी गान्धी भए, रोटीको नाराले लेनिन—लेनिन भए । तर यहाँ गान्धी र लेनिनका अनुयायी घोषणा गर्नेहरुलाई जनताको चुल्हो, छानो र ज्यानको फिक्री नै छैन । डा. केसी र मेडिकल माफियाको संघर्ष भारत—पाकिस्तानको क्रिकेट जस्तो मनोरञ्जनको बिषय बनाइएको छ ।

डा. केसी एक्लै लडिरहेका छन्, इमान्दारको खडेरीमा बिज बनेर । निष्ठाको महामारीमा औषधि बनेर । काँतरहरुको बिगबिगीमा शाहस बनेर । हामी सबैले हातेमालो गर्ने कि ?

बलात्कार शब्दको बलात्कार
बिम्मी शर्मा

पालैपालो देशलाई बलात्कार गर्नेहरूले चलाएको देशमा युवती बलात्कार गर्नेका लागि . . .

यहाँ हाम्रा सपनाहरूको बलात्कार दिनदिनै खुलेआम भइरा’छ, तेसको जिम्मेवारी कसले लिन्छ . . .

कविता लेख्न कहिल्यै नआउनेले कविताको बलात्कार गरेको देख्दा . . .

ट्विटरमा बेलाबखतमा साथीभाइले लेख्ने वाक्यांशका नमूना हुन् यी। यस्ता वाक्य लेखेको पढेर मेरो मन जहिले पनि खिन्न हुने गर्छ। हुन त बलात्कार शब्दको जथाभावी प्रयोग ट्विटर र फेसबुकमा मात्र भएको छैन। धेरै विद्धान् लेखक र नेताहरूले जानी नजानी ‘बलात्कार’ शब्दको धेरैपटक दुरुपयोग गरिसकेका छन्। ती लेखक र नेताहरूलाई पनि बलात्कार शब्दको अर्थ र यसमा लुकेको गम्भीरता थाहा छैन।

बलात्कार एउटा युवक वा पुरुषले एउटी बच्ची, किशोरी वा महिलाको शरीर र मनमाथि उनीहरूको इच्छाविपरीत जबरजस्ती आफ्नो शारीरिक क्षुधापूर्ति गरिने त्यो घृणित र हिंस्रक कार्य हो, जसको जति निन्दा गरे पनि कम हुन्छ। यो सभ्य समाज र मानवतामाथिको सबैभन्दा ठूलो कलंक हो।

धेरै जसो नेता वा लेखकहरू आफ्नो भाषण वा लेखमा भन्ने वा लेख्ने गर्छन्- यो संविधानमाथिको बलात्कार हो। यो गणतन्त्र वा लोकतन्त्रमाथिको बलात्कार हो। हामी यसलाई कदापि सहन सक्दैनौं।

६ वर्षकी बालिकामाथिको बलात्कार र मृत्यु सहने समाज र राज्यका जिम्मेवार निकायले सजिलोसित बलात्कार शब्दको दुरुपयोग गरिरहेका छन्। के उनीहरूलाई हेक्का छ- यस्तो हिंस्रक शब्द जथाभावी बोलेर उनीहरू अर्को हिंसा गर्दैछन्?

कसैले कुनै नियमविपरीत काम गर्‍यो वा गलत आचरण गर्‍यो भने कति सजिलै ‘फलानोले फलानो ठाउँमा फलानो कानुनको बलात्कार गर्‍यो रे’ भनिन्छ। उसले त्यहाँ मनपरी गर्‍यो, कानुन मिच्यो वा बिगार्‍यो, भत्कायो पनि त भन्न वा लेख्न सकिन्छ। तर होइन, मान्छेलाई बलात्कार शब्दसँग यति प्रेम बसिसकेको छ कि ऊ ठाउँ कुठाउँ यो शब्दको प्रयोग लाज र डर नमानी गर्छ। सायद मौका पाए ऊ आफैं पनि यस्तो घृणित कार्य गर्न लाज र डर नमान्ला?

बलात्कारको पीडा ती महिलाहरूलाई मात्र थाहा छ, जो यस्तो घृणित कार्यको शिकार भइसकेका छन् वा तीनलाई यस्तो गर्ने कुचेष्टा गरिएको थियो। कुनै महिलाको इच्छाविपरीत एकान्तमा निसहाय पारेर उनलाई सर्वाङ्ग पारेको र पुरुषले आफ्नो मनपर्दो गरेको सोच्दा पनि जिउ सिरिङ्ग हुन्छ।

पीडितले बारम्बार आफूलाई बचाउन गुहार लगाउनु तर पीडकले जंगली नरभक्षीजस्तो उसको शरीरलाई लुछ्नुको पीडा र छटपटी पीडितले बाहेक अरु कसले बुझ्न सक्छ होला? नारी दिवसकै दिन साँझ १७ दिनअघि बलात्कृत बाराकी ७ वर्षीय बालिकाले ज्यान गुमाइन्। पूजा बोहोराले कानुनमन्त्रीलाई चिट्ठी नै लेखेर आफूमाथि भएको सामूहिक बलात्कारका दोषीहरूलाई सजाय दिन अनुरोध गरिसकिन्। संसारलाई लज्जित बनाएको ‘दिल्लीको निर्भया बलात्कार काण्ड’ र यसमा संलग्नहरूले पाएको फाँसीको सजायले पनि बलात्कार कति भयावह र घृणित अपराध हो भनेर सहजै बुझ्न सकिन्छ। अब त दैनिकजसो बलात्कारको घट्ना पढ्दा वा सुन्दा यस्तो लाग्छ- विकृत र हिंस्रक दिमाग भएका पुरुषहरूलाई बलात्कार गर्नमा पनि आरक्षण प्राप्त भएको छ।

तर पुरुषहरूलाई के थाहा नारी शरीर र उसको मनोविज्ञान। एउटी युवती जब आफ्नो कुनै दोष नभई बलात्कारबाट शरीर र मनमा लागेको घाउसहित बाँच्न बाध्य हुन्छे, उसले न्याय पाउँदिन तर बलात्कारी कुनै सजाय नपाएर निर्भिक भएर घुमिरहन्छ। त्योबेला उसलाई कति गाह्रो हुन्छ होला? त्यो स्थितिको कसैले कल्पना पनि गर्न सक्दैन। जबसम्म उसको आफ्नै परिवारमा त्यस्तो भयावह घटना हुँदैन, यस्तो घृणित र हिंस्रक अपराध कुनै महिलासँग कहिल्यै नहोस्।

तर हाम्रो देशका नेता र लेखकहरू ‘बलात्कार’ शब्दको अर्थ नबुझी यसको जथाभावी प्रयोग गरिरहेका छन्। ती नेता र लेखकले यो संविधान वा कानुनको ‘बलात्कार’ भन्नुको साटो ‘बल मिच्याइँ’ हो वा ‘जोरजबर्जस्ती’ हो, वा कानुनमाथिको ‘खेलवाड’ हो भनेर पनि बोल्न वा लेख्न सक्छन्। हाम्रो नेपाली भाषा पक्कै पनि गरिब छैन तर हामीमा शब्द खेलाउने सामर्थ्य नहुँदा मानसिक र वैचारिकरूपमा हामी सधैँ दरिद्र देखिन्छौँ।

ती ट्विटेले पनि ‘कविता लेख्न कहिल्यै नआउनेले कविताको बलात्कार गरेको देख्दा’ लेख्नुको साटो कवितामाथि अत्याचार गरेको पनि लेख्न सक्थे नि। किन उनको दिमागमा ‘बलात्कार’ भन्ने शब्द नै आयो? के हाम्रो समाजमा बलात्कारको घटना दिनहुँ बढिरहेकाले हो? त्यस्तो हो भने यो हाम्रो समाज र देशका लागि खतराको घण्टी हो। जसरी नदीको पानी तोकिएको संकेतभन्दा माथि आउनु बाढीको संकेत हो, त्यसैगरी बलात्कार शब्दको गम्भीरता नबुझेर जथाभावी प्रयोगले पनि समाजले बलात्कारलाई सहजै पचाएर बलात्कारीलाई क्षमा दिन खोजेको भान हुन्छ।

त्यसैले कसैले पनि यस्तो घृणित र हिंस्रक शब्दको प्रयोग बलात्कारकै घटनाको समाचार लेख्दा वा कुरा गर्दा अनि प्रहरी र अदालतले मात्र गरौं। यसरी जथाभावी यो शब्दको लेख्न वा बोल्नमा प्रयोग गर्दा पीडितलाई थप पीडा पुग्न सक्नेतर्फ सबैले हेक्का राखौं। धार्मिक श्रृंखला महाभारतमा द्रौपदीको ‘चीरहरण’को दृश्यले हामीलाई क्रुद्ध बनाउँछ र हामी आवेशमा आएर दुशासनलाई गाली गर्न थाल्छौं। हामीले बोल्ने र लेख्ने शब्दले पनि धेरै व्यक्तिको मानसिक चीरहरण भइराखेकोतर्फ पनि ध्यान दिने कि?

महिला अधिकारकर्मी र मानव अधिकारकर्मीहरूले सयौं वर्षदेखि बोलिरहेको र नेपाली जनमानसले पचाइसकेको ‘आइमाई’ शब्दले महिलाको अपमान गर्‍यो भन्दै अब बन्ने संविधानमा आइमाई शब्द बोल्न र लेख्न नपाइने व्यवस्था गर्न दबाब दिए। तर उनीहरूले तिनै संविधान बनाउने जिम्मा पाएका नेताहरूले ‘बलात्कार’जस्तो गम्भीर प्रकृतिको शब्दलाई जथाभावी आफ्नो भाषण र अन्तर्वार्तामा बोलिरहेकोप्रति किन मौन बसे? किन महिला अधिकारको क्षेत्रमा काम गरिरहेकाहरू यो शब्दको दुरुपयोगप्रति केही बोल्दैनन्? किन उनीहरू ‘आइमाई’ शब्द जस्तै ‘बलात्कार’ शब्दलाई बारम्बार र जथाभावी रूपमा लेख्दा र बोल्दा अहिलेसम्म चूप छन् ?

अमेरिकामा पनि नसुध्रिएका हामी नेपाली !
शिवप्रकाश

कतै पढेको थिएँ- यो संसार खराबहरूले बिगारेको होइन, खराबहरूको खराबीलाई टुलुटुलु हेर्नेहरूले बिगारेको हो।

म एउटा संस्थामा आबद्ध थिएँ, अहिले पनि आंशिकरूपमा छु। केही गरौं, गर्नुको अर्थ र आवश्यकता दुवै होस् भन्ने थियो। गठन भएको दुई वर्षभित्र अर्थात् चार वर्षअघि मातृभूमि नेपालमा एउटा पुस्तकालय बनाइयो। शिलालेखमा संस्थाको नाम लेखियो।

पाँच हजार डलर संस्थाले हालेको थियो, बाँकी पैसा कहाँबाट आयो? आजसम्म कसैले साधेको छैन! अहिलेको महँगी अनुसार पाँच हजारमा पाँचवटा पिलर पनि बन्दैन, पुरै विल्डिङ कसरी बन्यो होला? तर मलाई स|स्थाभित्रैबाट आरोप लाग्यो- आफ्नो गाउँमा पैसा लगेर राजनीति गर्ने बाटो खोल्यो।

मेरो गाउँ कुन हो? थाहा भएन तर मातृभूमि नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै वस्ती मेरा गाउँ हुन्। मुसहरियादेखि सगरमाथसम्मको माटो मेरो देशको माटो हो। सोच्नेले जसरी सोचुन्, त्यो आफ्नो स्तरको कुरा हो।

साथीहरू अमेरिका आए। राम्रा लुगा लगाए। ठाँटिएर हिँडे। ठुल्ठूला कुरा गरे।  ‘गेटअप’ अमेरिकन बनाए तर विचार र चेतनामा भएको संकीर्णता जहीँको तहीँ राखे भन्ठानेँ र चित्त बुझाएँ।

साथीहरूले बुझेको राजनीति के हो थाह छैन तर मैले बुझेको राजनीति भनेको, राज्यका लागि नीति बनाउनु र त्यसको पालन-प्रतिपालन गर्नु/गराउनु नै राजनीति हो। अमेरिका बसेर नेपालको राजनीति गर्छु भन्नु ‘श्वेतपाखण्ड’भन्दा अरु केही होइन। म त्यो गर्दिनँ।

अमेरिका बसेर राजनीति गर्ने हो भने यहीँको गर्नु पर्छ। तर नेपालको राजनीति गर्ने, भ्रातृसंगठन खोल्ने र पार्टीका प्रतिनिधि भएर जाने कानुनी र नैतिक अधिकार कसैलाई छैन भनेर मैले यसअघि नै लेखिसकेको छु।

जसले नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिकता ग्रहण गरेको छ, त्यसले नेपालको राजनीतिक प्रक्रियामा आफूलाई कसरी सामेल गराउन सक्छ? जुन देशको राजनीति गर्ने हो, त्यो देशको नागरिक हुनु जरुरी छ कि छैन? कानुनतः एउटा देशमा समाजसेवी संस्थाका रूपमा गठित भई अर्को कुनै देशको कुनै राजनीतिक पार्टीको क्रियाकलाप गर्नु कानुनीरूपमा आपराधिक कार्य ठहर्छ कि ठहर्दैन? प्रश्न उठाउने पनि मै हुँ। नबुझेर जे गरेँ, तर बुझेपछि फेरि त्यो गर्दिनँ भनेर त्यसबाट पूर्णरूपेण अलग हुने पनि मै हुँ।

अहिले यो आवजमा आवाज थपिँदैछ। नेपालका पार्टीदेखि लिएर यहाँका सगंठनहरूमा नैतिक दबाब पनि सुरु भएको छ। गल्ती औंल्याइदिनु भनेको विरोधको बाटो समाउनु होइन, सुधारको सुमार्गमा हिँडाउन खोज्नु हो। तर बुझ्नेले उल्टो बुझ्छ भने झन् ठूलो गल्ती हुन सक्छ।

केही दिनअघि नेपालका एक व्यावसायिक पत्रकारसँग कुरा भएको थियो। एकताकाका जल्दाबल्दा ती मित्रले यस्तै कुराको सिलसिलामा भने- ‘नेपालीका धेरै कार्यक्रममा गइसक्नु छैन। ….लाई भन्दा देख्नेलाई लाज! राजनीति, भाषण, खादा, माला, माइक, प्रशंसापत्र, फोटो, फेसबुक …..!’ उहाँको छोटा उत्तर थियो- क्वालिटी छैन, जान्न।

बोस्टन बस्नु हुने गोविन्द सिंहलाई एकदिन सोधेको थिएँ- नेपालीहरूका यति धेरै कार्यक्रम हुन्छन् किन कतै जान्नु हुन्न? उहाँको उत्तर पनि ती पत्रकार मित्रको जस्तै थियो। त्यसमाथिको तीतो उहाँले यसरी पोख्नु भो- के के न होलान् भनेका त जहाँ गयो त्यही १५–२० जना! जुन संस्थामा गयो तिनै अनुहार। जे गर्दा रहेछन् देखाउन मात्र रहेछ।

बोस्टनमै लामो समयदेखि बस्नु भएका पुराना पत्रकार तथा लेखकको अनुभव पनि उस्तै थियो- एक दुईपटक गएँ तर आफैंलाई अप्ठ्यारो लाग्यो, जानै छाडेँ। उहाँको भनाइको सारांश पनि नेपालीका कार्यक्रममा प्रायशः ‘क्वालिटी’ हुँदैन भन्ने हुन सक्छ।

कुनै पनि संस्था स्वयंमा खराब हुँदैनन्। हामीले तिनलाई कति खराब र निष्प्रभावी बनाएका छौं? सामाजिक संस्था भनेका छौँ तर संस्थाका पछाडि समाजै छैन। सोच्ने कि नसोच्ने?

बोस्टनकै एक संस्थाका सदस्यको अनुभव झन् चर्को छ- जो छन्, सबैतिर तिनै छन्। तिनले नपाए, त्यो संस्था सबैभन्दा गए गुज्रेको हुन्छ। पाए, त्यो जति अब्बल कुनै हुँदैनन्। जो छन् ती बाहेक कोही आउनै चाहदैनन्। आए पनि अँटाउँदैन्। टिक्नै दिदैनन्। तिनैले सबैतिर भ्याउनु छ। बायोडटा बनाएर फेसबुकमा राख्नु छ- फलानो संस्थाको संरक्षक, फलानोको सल्लाहकार, फलानोको अध्यक्ष, फलानोको उपाध्यक्ष, फलानाको महासचिव, फलानोको केन्द्रीय सदस्य, फलाना संस्थाको मानर्थ सदस्य।’

‘गल्ती औँल्यायो कि आँखाको कसिंगार बनाइहल्छन्, बरु हँमा हँ मिलाइदियो, ठूलो बनाइदियो, सकियो। जब एनआरएन जस्ता संस्थाको चुनाव आयो, भित्तामा नेपाली झण्डा टांग्यो, टोपी लगायो, सेल्फी हान्यो फेसबुकमा राख्यो, महान् मातृभूमिप्रेमी भयो। वाह्… वाह्… कति धेरै लाइक! कमेन्ट…! छिन् छिन्‌मा हेर्‍यो, दंग पर्‍यो।’

उनले यी शब्द लेखिरहँदा म क्लिन्ट इस्टउडको भनाइ सम्झिरहको छु- Respect your efforts, respect yourself.  Self-respect leads to self-discipline. When you have both firmly under your belt, that’s real power.

हाँस्यास्पद तर टिठलाग्दो उनको अनुभवले हाम्रो बेहोरालाई उदांगो पारेको छ। हामी के गर्दैछौँ? मातृभूमिलाई माया गर्न सधैं पाइन्छ, गर्नु पनि पर्छ तर गरेजस्तो ढोंग गर्दा मूल्यांकन कसरी गरिँदो रहेछ? सोच्ने कि नसोच्ने? सुध्रिने कि नसुध्रिने?

हुन त अहिले यो व्यक्तिविशेषको दोष र कमजोरी होइन, प्रवृत्ति नै भइसकेको छ। यही प्रवृतिको लंगोडो घोडा चढेर बाजी जित्ने ‘रेस’मा छन् धेरै। त्यो पनि जति छ, फेसबुकमा छ। फेसबुकभन्दा बाहिर के छ? जसले भोगे-देखेको छ, त्यसलाई मात्र थाह छ।

संस्था छ, संस्थाभित्र सहअस्तित्व छैन। संस्थाका नाउँमा नेपाली-नेपालीबीच फाटो छ। संस्था-संस्था लडेका छन्। व्यक्ति–व्यक्ति लडेका छन्। मुद्दा हालेका छन्। भित्रभित्र सबैसँग सबैको लडाइँ छ। लडाइँ फोटोका लागि छ, मेरो फोटो किन आएन ? लडाइँ नाउँका लागि छ, म पनि उपस्थित थिएँ, मेरा नाउँ किन आएन? लडाइँ माइकका लागि छ, मैले बोल्न किन पाइनँ? लडाइँ मञ्चका लागि छ, मञ्चमा मलाई किन राखिएन? लडाइँ खादाका लागि छ, लडाइँ मालाका लागि छ। लडाइँ सम्मानपत्रका लागि छ। मैले भोगेको तीतासत्य पनि यिनै हुन्।

अरुका अनुभव लेख्दा मेरा पनि लेख्नैपर्ने हुन्छ। सभा, सम्मेलन हुन्छन् तर सभा हुन् कि बिहे छुट्याउन गाह्रो हुन्छ। १० वटा संस्थाका अध्यक्षको आसन ग्रहण हुन्छ, टाउको गन्यो मान्छे जम्मा २० जना हुन्छन्। फलानाले घाँटी तन्कायो, फलानाले माला लागाइदियो, फलानाले ताली बजायो भन्ने जस्ता स्तरका समाचार प्रकाशित हुन्छन्। ‘कपिपेस्ट’ पत्रकारितामा निर्भर वेबसाइटका तिनै समाचार सेयर गरेर दंग पर्छन्। कार्यक्रममा जानु कि नजानु हुन्छ। अप्ठ्यारोमा पार्छन्, नगयो ठूलो र घमण्डी भन्छन्। यस्तो बेलामा मित्रहरूले जोन हेर्सचेलको यो भनाइ बुझिदिए हुन्थ्यो जस्तो लाग्छ- Self-respect is the cornerstone of all virtue.

तीन वर्षअघि सहयात्रीले सुनाएको किस्सा कहिल्यै बिर्सन्नँ- नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिक भएको दिन रातभरी बसेर जाँड धोके। खुसी मनाए। नेपाललाई सत्तोसराप गरे। बिहान उठेर फेसबुकमा मेरो मातृभूमि भनेर दुईलाइन लेखे, ढोंगीहरू!

हामी यहाँ अमेरिका बसेर नेपालका नेता र पार्टीलाई गाली गर्छौँ तर हामी स्वयंले कति सही गरेका छौं? अमेरिका बसेर हामी नेपालका नेता चुन्छौं। भ्रष्टाचारले डामिएको नेता आए पनि फूलमाला चढाउन एयरपोर्ट पुग्छौं। नेताको झोला बोक्न तँछाडमछाड गर्छौँ। कुनै गाउँको स्कुलको चुहिने छानो फेर्नुको साटो तिनै भ्रष्ट नेतालाई लाखौंलाख उठाएर दिन्छौँ। त्यस्ता भ्रष्टहरूलाई बहिस्कार गरेर नेपाली समाजलाई एउटा सकारात्मक र साहसी सन्देश दिन किन सक्दैनौँ? केले रोक्छ हामीलाई?

अमेरिकी नेपाली समुदायमाझ नेपाली संघसंस्था कति भन्ने यकिन छैन, तर, हरेक सहरमा दुईचार संघसंस्था छन्। केही संस्था र संस्थाभित्रका व्यक्तिले प्रशंसनीय र अनुकरणीय काम गरेको पनि सुनिन्छ। इमान्दारिता पनि देखाएका छन्। वाचा, मनसा, कर्मणा लाग्नेहरू पनि छन्। लज्जाहिनता बोध गर्ने पनि छन्। तिनका बारेमा कुनैदिन गर्वका साथ लेखौंला। तर केही व्यक्ति जो नाम, पद, पैसा, खादा, माला, विल्ला र फोटाका लागि सधैं आफूलाई अगाडि देखाउन चाहन्छन्, आफ्नो विकल्प नभएको ठान्छन्, तिनका कारण राम्रा काम पनि ओझेलमा परेका छन्। संस्थाप्रति झन् वितृष्णा पैदा गरेका छन्।

समाज चाहिन्छ। सामाजिक संस्था पनि चाहिन्छ तर सँस्थाभित्र पनि सामाजिक व्यवहार हुनुपर्छ। अमेरिकामा सामाजिक संस्था गठन गरेपछि समाज र मातृभूमिका लागि केही गर्न सकिन्छ भन्ने विश्वास अझै नेपाली समुदायमा छ। यो विश्वासलाई जगमा अझै इँटा थप्न सकिन्छ तर त्यसका लागि हामी सुध्रिनु पर्छ।

तपाईं खराब हुनुहुन्न तर खराबलाई खराब भन्न नसक्ने तपाईंको खराबीले खराबहरूलाई कति सहयोग गरेको छ,  सोच्नु भएको छ ?