Abiskar News Daily.... » स्वास्थ्य

नेपालमा पहिलो पटक फरक ब्लड ग्रुपमा सफल मिर्गौला प्रत्यारोपण
डिबी खड्का

काठमाडौँ– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ मिर्गाैला प्रत्यारोपण भएको छ। मिर्गाैला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा किड्नी ट्रान्सप्लान्ट विभागका चिकित्सकको संलग्नतामा सफल प्रत्यारोपण भएको हो।

काठमाडौँ सीतापाइलाकी शुलोचना श्रेष्ठमा १२ दिनअघि गरिएको प्रत्यारोपण सफल भएको हो। अहिले उनको डिस्चार्ज भइसकेको छ। डा. शाहका अनुसार ‘ओ’ ब्लड ग्रुप भएकी शुलोचनालाई ‘ए’ ब्लड ग्रुप भएका बुबा श्यामकृष्ण श्रेष्ठले मिर्गौला दान गरेका हुन्। फरक ब्लड ग्रुपको मिर्गौला प्रत्यारोपण पहिलो प्रयासमै सफल भएको उनले बताइन्।

के हो एबिओ इन्कम्प्याटिबल ट्रान्सप्लान्ट?

नेपालमा मिर्गाैला प्रत्यारोपण सेवा सन् २००८ देखि नियमित रहे पनि फरक ब्लड ग्रुपमा प्रत्यारोपण गरिएको भने पहिलो पटक हो। प्रत्यारोपण समूहका सदस्य सर्जन डा. पवनराज चालिसेले भने, ‘एबिओ इन्कम्प्याटिबल ट्रान्सप्लान्ट अर्थात् फरक ब्लड ग्रुपमा गरिएको सफल प्रत्यारोपण यो पहिलो हो।’ मिर्गाैला प्रत्यारोपण गर्दा सामान्यतया दिने र लिनेको एउटै ब्लड ग्रुप हुनुपर्छ। फरक ब्लड ग्रुपको मिर्गाैलालाई शरीरको ‘एन्टी बडी’ले रिजेक्ट गर्छ। त्यसकारण नेपाली चिकित्सकहरुले अहिलेसम्म एउटै ब्लड ग्रुप भएकाहरुको मिर्गाैला मात्र प्रत्यारोपण गर्दै आइरहेका थिए।

विश्वमै नयाँ खोजका रुपमा परिभाषित यो विधिलाई निकै कम प्रत्यारोपण केन्द्रले मात्र अपनाउन सकेका छन्। फरक रक्त समूहका मिर्गाैलालाई ग्रहण गर्न नदिने शरीरको एन्टी बडीलाई निस्क्रिय पारेर मात्रै यो प्रत्यारोपण गरिन्छ। ब्लड ग्रुप नमिल्ने भएकाले प्रत्यारोपण गर्नेहरुमा उच्च दक्षताको जरुरी हुन्छ। लामो समयको तयारीपछि शिक्षण अस्पतालका प्रत्यारोपण विज्ञहरुको समूह सफल भएको हो।

यसबाट हुने लाभ

नेपालको कानुनले मिर्गाैला दिन र लिन मिल्ने नातेदारहरुको सीमा निर्धारण गरेको छ। तर, त्यो सीमाभित्रका नातेदारले मिर्गाैला दान गर्न चाहे पनि ब्लड ग्रुप नमिलेकाले प्रत्यारोपणको अवसर बिरामीले पाइरहेका थिएनन्। यस्तो अवस्थामा साट्न मिल्ने व्यवस्था रहे पनि त्यो त्यति व्यावहारिक थिएन।

डा. चालिसेका अनुसार नातेदारभित्र दाता भेटिए पनि ब्लड ग्रुप नमिलेका कारण प्रत्यारोपण गराउन नपाएकाहरुलाई यो प्रविधि बरदान सावित हुनेछ। उनले भने, ‘यो साधारण प्रत्यारोपणभन्दा केही झन्झटिलो छ। किनभने प्रत्यारोपणअघि पनि यसका केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।’

त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि बलियो टिम छ। नेफ्रोलोजी टिमको नेतृत्व डा. दिव्यासिंह शाहले गरिरहेकी छिन्। नेफ्रोको टिममा डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले र डा. मिदान श्रेष्ठ छन्।

डा. प्रेमराज ज्ञवाली (विभागीय प्रमुख), डा. उत्तमकुमार शर्मा, डा. पवनराज चालिसे र डा. भोजराज लुइँटेल मिर्गौला प्रत्यारोपण टिमका सर्जनहरु हुन्।—स्वास्थ्यखबर

पानी पिउन अल्छी, मिर्गौलालाई सास्ती
कल्पना पौडेल-

‘बाहिर त कहाँ पानी पिउनु पटकपटक शौचालय जानुपर्छ, म त घरमा मात्र पानी पिउँछु,’ यदि हामीमध्ये कसैले यस्तो बानी छ भने ख्याल राखौँ आफूले आफ्नै मिर्गौला बिगार्दै छौँ । पछिल्लो समय आम्दानीका लागि विदेशिएका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्ष दिन नबित्दै स्वदेश फर्किनु परेका घटना सार्वजनिक हुन थालेका छन्। जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आए पनि खाडी मुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या आउने गरेको विभिन्न अनुसन्धानले देखाएको छ।

खाडी मुलुकमा गएका युवाले लामो समयसम्म काम गर्ने, आवश्यक मात्रामा पानी नपिउने, शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर (नदुख्ने औषधि) खाने र अत्याधिक मासु खाने गरेकाले धेरैको मिर्गौलामा समस्या देखिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिराम काफ्ले बताउँछन् ।

शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो । यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्छ। रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ। शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो। हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मिर्गौलाको हो । तर, पर्याप्त पानी नपिउँदा मिर्गौलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको छ । पानी मात्र होइन खानामा आएको परिवर्तनका कारण हुने मोटोपनले पनि मिर्गौला खराबीको जोखिम बढाएको छ।

अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै गएको हो। मोटोपनलाई मिर्गौलामा समस्या आउने सङ्केतका रुपमा लिनुपर्ने हुन्छ । त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह मधुमेह र उच्च रक्तचापका बिरामीमा पनि मिर्गौलामा समस्या बढी देखिने बताउँछिन् । यस्ता कारणले मात्र मिर्गौलामा खराबी नदेखिने भएकाले बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौैलाको अवस्थाबारे थाहा पाइराख्नुपर्नेमा उनी जोड दिन्छिन् ।

हामीले एक दिनमा कम्तीमा दुई लिटर पिसाब फेर्नु आवश्यक हुन्छ। तर मिर्गौलामा कुनै समस्या भए पिसाब कम हँदै जान्छ र यसको रङ पनि फरक हुन्छ। पिसाबमा फिँज देखिन्छ, जिउ सुनिन्छ, सास फेर्न गार्हो हुन्छ, रक्तचाप बढ्छ, खानामा रुची घट्दै जान्छ र खानै मन नलाग्ने पनि हुन्छ। यीमध्ये कुनै पनि समस्या छन् भने तुरुन्त जाँच गराउनुपर्छ ।

नेपालमा १२ प्रतिशत मानिसलाई मधुमेह भएको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ। रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मिर्गौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् । डा. शाहका अनुसार नेपालमा प्रत्येक वर्ष अन्तिम अवस्थाका मिर्गौलाका नयाँ रोगी करिब तीन हजार थपिने गरेका छन् । उनीहरु डायलाइसिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाका हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० मध्ये एक जनालाई कुनै न कुनै प्रकारको मिर्गौला सम्बन्धी समस्या हुन्छ।

त्यसैले मिर्गौला स्वस्थ राख्न सन्तुलित खानपान र पर्याप्त पानी पिउनुका साथै व्यायाम गरेर शरीरलाई सक्रिय राख्नु पर्ने उनको सुझाव छ। समयमै ध्यान र्पुयाउन सके सबै मिर्गौला रोग निको हुन्छ । रासस

कुपोषण न्युनीकरण गर्न प्रतिबद्धता
पोखरा – स्वास्थ्यमन्त्री गगन थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरोकार सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् । बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको समापन समारोहमा थापाले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

निर्वाचन क्षेत्रमा स्वास्थ्यचौकी निर्माण, खानेपानी, सडकलगायत भौतिक निर्माण जस्तै खोपसँगै पोषण कार्यक्रमलाई पनि तल्लो तहसम्म पु¥याउनका लागि जनप्रतिनिधिसँग सहकार्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने मन्त्री थापाले बताए । पोखरामा भएको दुई दिने राष्ट्रिय पोषण गोष्ठिले १० बुँदे प्रतिबद्धता जारी गरेको छ । मातृ, शिशु तथा बाल्यकालिन पोषण अवस्थामा सुधार ल्याउन र दिगो विकास लक्ष्य पुरा गर्न १० बुँदे पोषण सम्बन्धि प्रतिबद्धता जारी गरेको हो।

बिहिबार र शुक्रबार दुई दिनसम्म चलेको उक्त गोष्ठीमा ७५ वटै जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य कार्यालयबाट प्रतिनिधिहरु सहभागि भएका थिए । गोष्ठीमा ४ सय भन्दा बढीको सहभागिता रहेको थियो । गोष्ठीको समापन गर्दै स्वास्थ्य मन्त्री गगन थापाले पोषणका क्षेत्रमा हालसम्म भएका कार्यक्रम सन्तोषजनक नभएको बताए । उनले आगामी दिनमा पोषण कार्यक्रमको ढाँचा परिवर्तन गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्री थापाले विकासलाई स्वास्थ्यसँग जोड्न नसक्दा संसदमा हुने छलफलम ापनि स्वास्थ्यले प्राथमिकता पाउन नसकेको जानकारी दिए । ‘हरेक विकासका लागि स्वस्थ जनशक्तिको आवश्यकता पर्दछ,’ उनले भने, ‘त्यसकारण अबदेखि विकासका कार्यक्रमको कुरा गर्दा स्वास्थ्यलाई पनि जोड्नु आवश्यक छ ।’

स्वास्थ्यका भवन मन्त्रालयले बनाउने

स्वास्थ्य मन्त्री गगन थापाले अबदेखि स्वास्थ्यका भवन निर्माणको काम स्वास्थ्य मन्त्रालय आफैंले गर्ने बताएका छन् । भवन विभागले स्वास्थ्यका भवन बनाउन वर्षौ लगाएको र भवन निर्माणको काम अलपत्र परेको भन्दै स्वास्थ्य आफैंले बनाउने बताएका हुन्। पोखरामा क्षेत्रिय निर्देशक तथा जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयका प्रमुखहरुसँगको छलफलमा मन्त्री थापाले स्वास्थ्यको आवश्यकता अनुसार भवन निर्माणको काम मन्त्रालय माताहत नै गर्ने बताएका हुन् । उनले यसका लागि मन्त्रालय अन्तर्गत छुट्टै इन्जिनियरिङ महाशाखा बनाउने तयारी भएको जानकारी दिए ।

‘अस्पताल तथा स्वास्थ्य संस्था बिरामीको भरोसाका केन्द्र हुन्छ ’ उनले छलफलका क्रममा भने, ‘तर त्यही भरोसाका केन्द्रहरु बन्न ५० वर्ष भन्दा बढी लागेको देखियो । अब स्वास्थ्य आफैँले ५ वर्ष्भित्र भवन बनाउँछ ।’ मन्त्री थापाले बिरामीको भरोसाका केन्द्रका निर्माणको कामलाई अलपत्र छाड्ने अवस्थाको अन्त्य हुने बताए ।

स्वास्थ्यका भवनहरु हाल भवन विभाग अन्तर्गतका डिभिजन कार्यालय मार्फत हुँदै आइरहेका छन् । तर, भवन निर्माणको काम भने निकै सुस्त गतिमा भएका छन् । जसका कारण बिरामीहरुले चौरमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत निर्माण भइरहेका देशभरका दुई सय ३७ वटा भवन निर्माण अलपत्र अवस्थामा छन् । ठेकेदारको लापरवाहीका कारण अलपत्र अवस्थामा पुगेका यी भवनलाई विभागले ‘क्रोनिक संरचनाहरू’ भनेर सूचीमा राखेको छ । यो सूचीमा अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, प्रसूति भवन, आयूर्वेद लगायतका स्वास्थ्य संस्था छन् ।

वर्षौ बितिसक्दा पनि निर्माणाधिन संरचना अलपत्र रहँदा केही संरचना बिग्रिएका, केही भत्किने अवस्थामा पुगेका कारण विभागले क्रोनिक अवस्थाका संरचनाको सूचीमा राखेको हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरूले ठेकेदार कम्पनीको चरम लापरवाही र विभाग अन्तर्गतका डिभिजन कार्यालयका कर्मचारीहरूको मिलेमतोका कारण दश वर्षभन्दा बढी समयसम्म भवन निर्माणको काम अलपत्र पर्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

विभागले स्वास्थ्यका भवन निर्माण दुईटा कार्यक्रमअन्तर्गत अगाडि बढाइरहेको छ । विभाग अन्तर्गतका डिभिजन कार्यालयहरूले एकीकृत जिल्ला स्वास्थ्य कार्यक्रम र आयूर्वेद सेवा कार्यक्रमअन्तर्गत स्वास्थ्य भवन निर्माणको काम गर्छ । हालसम्म विभागले स्वास्थ्यका कुल १६ सय ७४ स्वास्थ्य संस्था निर्माणको जिम्मा लिइसकेको छ । जसमध्ये २ सयभन्दा बढी भवन निर्माणको काम अलपत्र छ । ठेकेदारले ०६१ सालमा जिम्मा लिएको भवनसमेत अझै पूरा भएका छैनन् ।

पोखरामा क्षयरोगको ‘स्पटम कल्चर’ कार्यक्रमको शुरुवात
धन बस्नेत,पोखरा-लामो समयको प्रतिक्षापछि क्षेत्रीय क्षयरोग केन्द्र पोखरामा ‘खकार(स्पटम) कल्चर’ कार्यक्रम शुरु भएको छ । कार्यक्रमले क्षयरोगी विरामीको उपचारमा सहज हुने विश्वास चिकित्सकहरुले गरेका छन् ।

‘स्पटम कल्चर’ कार्यक्रम पोखरामा थिएन् । पोखरामा सेवा नहुदाँ क्षयरोगको अवस्था बुझ्न खकारको कल्चर

(अनुसन्धान) गर्न काठमाडां पठाउनुपर्ने बाध्यता थियो । तर अब त्यो बाध्यता हटेको छ । ‘खकारको ‘कल्चर’ गरेर क्षयरोगीको अवस्था जान्न सकिन्छ ।’ क्षेत्रीय क्षयरोग केन्द्र पोखराका निर्देशक डा. नारायण ओझाले बताए । अस्पतालमा साढे दुईदशकपछि कल्चर कार्यक्रमको शुभारम्भ गरिएको जनाएको छ । नेपाल राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. विकास लामिछानेले औपचारिक रुपमा कार्यक्रमको शुरुवात गरेका हुन् । आवश्यक उपकरण सबै क्षयरोग केन्द्रले उपलब्ध गराएको हो । कल्चर कार्यक्रम नहुदाँ पोखराबाट मासिक ३० भन्दा बढी विरामीलाई काठमाडौं पठाउने गरिन्थ्यो ।

उपलब्ध उपकरणबाट क्षयरोगी हो या होईन साथै कस्तो अवस्थामा छ भन्ने निक्र्यौल गर्न सहज हुने छ । खकारमा क्षयरोगको व्याक्टेरियाको स्थिति कुन अवस्थामा छ भन्ने जान्न समेत कल्चर गर्नुपर्छ । ‘क्षयरोगको किटाणुले कहिले देखि सताईरहेको छ भन्ने यकिन गर्न पनि कल्चर गर्नुपर्छ ।’ उनले भने—‘कल्चर गरेपछि क्षयरोगीलाई कुन औषधी दिएर निको हुन्छ, हेरेर निचोडमा पुग्न सकिन्छ ।’

‘मेशिनमा खकारलाई ३७ डिग्री तापक्रममा राखिन्छ । प्रत्येक हप्ता हेरिन्छ । व्याक्टेरिया बढ्दै गएको अवस्था बारे जानकारी लिन्छौं ।’ क्षेत्रीय क्षयरोग केन्द्रका मेडिकल टेक्नोलोजिष्ट अरुणकुमार झाले बताए । खकारमा रहेको व्याक्टेरियालाई मेशिन मार्फत पोषण दिई बढाएर अनुसन्धान गरिन्छ । जसबाट उपचारको लागि सहज हुन्छ । ‘क्षयरोगको डायग्नोष्टिक नै खकारको ‘कल्चर’ गर्ने हो ।’ उनको भनाई थियो ।

क्षयरोगको अनुसन्धान राम्रो नभए उपचार सेवा प्रभावकारी नहुने नेपाल क्षयरोग केन्द्रका निर्देशक डा. विकास लामिछानेले बताए । उनका अनुसार कल्चर गरेपछि मात्रै क्षयरोगको बास्तविक अध्ययन गर्न चिकित्सकलाई सहज हुन्छ । विरामीले निरन्तर औषधी सेवन नगर्दा क्षयरोग बल्झिएर जीर्ण क्षयरोगी बन्न सक्ने भन्दै उनले औषधी सेवन नगर्न सोर्स लगाउन नहुने स्पष्ट पारे । ‘कतिपय विरामी औषधी खान चाहदैनन् । नियमित औषधी खान नपरोस भन्दै नेतादेखि मन्त्रीसम्मको सोर्स लगाउँछन् ।’ उनले भने—‘यसले विरामी निको होईन जीर्ण क्षयरोगी बन्छन् । दोष जति चिकित्सकलाई नै आउँछ । त्यसैले नियमित औषधी सेवनले मात्रै क्षयरोग निवारण हुन्छ ।’ उनका अनुसार बीएसएल थ्री ल्याब उपकरण समेत पोखरा ल्याउने भईरहेको जानकारी दिए ।

पोखरामा शुरुवात भएको कल्चर कार्यक्रमलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने क्षयरोग केन्द्रका लेखा प्रमुख नारायणप्रसाद दाहालले उल्लेख गरे । ‘कल्चर कार्यक्रमलाई प्रभावकारी बनाउनुस । आवश्यक थप उपकरण सहयोग गर्न प्रतिबद्ध छौं ।’ उनले भने । उनका अनुसार पोखरा भित्रिएको उपकरण दुईकरोड भन्दा बढी लागतका हुन् ।

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पौडेलले मातृ र शिशु मृत्यु दर घटाएपनि क्षयरोगी घटाउन नसकिएको बताए । ‘क्षयरोग नम्बर वान किलर हो ।’ उनले भने—‘अरु नियन्त्रणमा आएपनि क्षयरोग नियन्त्रणमा आउन सकेको छैन् ।’

शहरीकरण, धुलो र धुवाँले क्षयरोगीको संख्या बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा भन्दा पनि बजार क्षेत्रमा त्यसको संक्रमणको दर उच्च हुने क्षयरोग उपचारमा संलग्न चिकित्सकहरुले बताउँदै आएका छन् । चिकित्सकहरुको तथ्यांक अनुसार वार्षिक ५ हजार विरामी क्षयरोगबाट मृत्यु हुने गरेको छ । क्षयरोगीको संख्या बढ्दै गएपछि सरकारले सन २०३५ सम्म क्षयरोग निर्मूल पार्ने लक्ष्यले मूर्त रुप पाउन कठिनाई हुने देखिएको छ ।

खकार परीक्षणसँगै फोक्सोमा देखिने क्षयरोगले पनि सर्वसाधारणलाई ग्रसित हुदैं गएका छन् । पोखरामा ४१ जना जीर्ण क्षयरोगी छन् । क्षयरोगको औषधी सेवन गरेपनि प्रतिरोधी क्षयरोगीको संख्या बढ्ने सम्भावना पनि उत्तिकै देखिएको छ । कास्कीमा ६१ वटा उपचार केन्द्र रहेका छन् । पश्चिमाञ्चल क्षेत्रमा ९९१ उपचार केन्द्र छन् । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठ, मनिपाल शिक्षण अस्पतालका प्रमुख डा. ए एन शर्मा तथा नेपाल क्षयरोग निवारण संस्था कास्कीका अध्यक्ष केशव भण्डारी लगायतले कल्चर कार्यक्रमलाई ‘डिफल्ट’ हुन नदिन आग्रह गरेका थिए ।

पथ्थरीबारे जान्नै पर्ने कुरा
डा. भुपाल बानियाँ

मानिसको शरीरमा हुने पथ्थरीबारे त हामी धेरैले सुनेका छौ । तर यस्ता पथ्थरी के कारणले हुन्छ, पथ्थरी हुदाँ के खाने, के नखाने भन्नेबारे चाँहि थोरैलाई मात्र थाहा छ ।विशेष गरी मानिसको शरीरमा अचानक देखापर्ने पथ्थरी विभिन्न कारणले हुने गर्छ । यस्ता पथ्थरी युरिक एसिड क्रिस्टल, फोसफोरिक एसिड र क्याल्सियम ओग्ज्यालेट क्रिस्टल गरी तीन किसमका हुन्छन् ।

नेपालमा सबैभन्दा बढी देखा पर्ने पत्थरी भनेको क्याल्सियम ओग्ज्यालेट पथ्थरी हो । यस्तो पत्थरी रायो, पालुङ्गो, लट्टेको साग लगायतका गाढा हरियो सागपातमा खाने मानिसमा बढी देखिने गर्छ । यो क्याल्सियम र ओग्ज्यालिकको समिश्रणबाट बन्ने गर्छ । अहिले नेपालमा ओग्ज्यालेट पथ्थरीका विरामी धेरै भेटिएका छन् ।ओग्ज्यालेट पथ्थरीबाट बच्न माथि उल्लेख गरिए जस्ता गाढा हरियो सागपात कम खानु पर्छ । खानै परेमा सफा तरिकाले धोएर मात्र निश्चित मात्रामा खानुपर्छ ।

त्यस्तै, प्रोटिनयुक्त खाना धेरै खाने मानिसमा यसको समस्या हुने गर्छ । गेडागुडी, रातो मासु, गुलियो खानेकुराले युरिक एसिडको पथ्थरी निम्त्याउँछ । यसबाट बच्न युरिक एसिड गराउने फलफुल कम खानु पर्छ । गेडागुडी, रातो मासु पनि कम खानुपर्छ ।त्यसैगरी, मैदाबाट बनेकोे खाना धेरै खाएमा तथा दुधबाट बनेको चियाको सेवन धेरै गरेमा फोसफोरस नामक पथ्थरी हुने गर्छ । यसबाट बच्न मैदा तथा दुधबाट बनेको खाना कम खानुपर्छ ।यस्ता पथ्थरीले किड्नी र पित्तथैलीलाई असर पार्छ । किड्नीको पथ्थरी युरिक एसिड फोसफोरस तथा क्याल्सियम ओग्ज्यालेट तीनवटै कारणले हुन्छ । जबकी पित्तथैलीको पथ्थरी घ्यु, चिल्लो पदार्थ लगायतबाट जमेको बोसोले गराउँछ ।

पत्थरी बढ्न नदिने उपाय

पथ्थरी एक पटक भइसकेपछि त्यसलाई बढ्न नदिन यही खाने भन्ने त हुँदैन तर मुला कागतीको सेवनले यस्ता पथ्थरीलाई केही हदसम्म भएपनि क्रिस्टलाइजेसन हुनबाट जोगाउनुका साथै अग्ज्यालेट एसिडलाई विकसित हुनबाट रोक्ने काम गर्छ । त्यसैले पनि डाक्टरहरुले स्टोन भएमा मुला, कागतीको बढी खान सुझाव दिने गर्छन् ।

तर त्यो भन्दैमा धेरै कागतीको सेवन गर्नु पनि स्वास्थ्यको लागि राम्रो मानिदैन । मानिसको शरीर व्यक्ति पिच्छे फरक हुन्छ । कसैकसैमा त्यही कागतीले आग्ज्यालिक एसिडको मात्रालाई बढाइदिन्छ र पत्थरीको कारक बनाइदिन्छ ।

यस्ता पत्थरी कुन प्रकारको हो भन्ने कुरा पिसाबको चेकजाँचमार्फत थाहा पाउन सकिन्छ ।

पत्थरीबाट जोगिने उपाय

१. अहिलेको जीवनशैलीमा परिवर्तन गर्नेः चिल्लो, पिरो तथा गुलियो खानेकुारको कम सेवन गर्ने । हरेक खानेकुरा खाँदा मात्रा मिलाएर खाने, दिनमा केही समय व्यायाममा ध्यान दिने आदि

२. पानी प्रशस्त पिउनेः पत्थरीबाट जोगिन दिनमा कम्तीमा पनि चार लिटर पानी पिउनुपर्छ । विशेष गरी महिलाको हकमा कम्तिमा २.५ लिटर तथा पुरुषले दैनिक ३ लिटर पानी पिउनुु फाइदाजनक मानिन्छ । यदि गर्मी ठाँउमा बसिन्छ भने अझै बढी पानी पिउनु पर्छ । अझ धेरै पसिना आउनेले दिनमा कम्तीमा पनि पाँच लिटर पानी पिउनु उपयुक्त हुन्छ ।

३. धेरैबेरसम्म पिसाब नरोक्ने

४. खानपिनमा विशेष ध्यान र्पुयाउने

५. बेलाबेलामा स्वास्थ्य परिक्षण गर्ने

६. वर्षमा एकपल्ट अल्ट्रासाउण्ड गरेर पत्थरी भएरनभएको चेकजाच गर्ने

पथ्थरी छ भने सुरुमै सतर्कता अपनाउन सकिन्छ । सानो ढुङ्गा छ भने प्रशस्त मात्रामा पानी पिएको खण्डमा पनि त्यसलाई निकाल्न सकिन्छ । ठूलो छ भने अपरेशनै गर्नु पर्ने, औषधी नै खानुपर्ने अवस्था आउँछ ।

पथ्थरीबारे ध्यान दिनै पर्ने कुरा

प्रायः मानिसहरु पत्थरी हुनासाथ चिकित्सकका जान्छन् । उनीहरुले भने अनुसार अपरेशनको माध्यमबाट उक्त पत्थरी निकालेर पनि फाल्छन् ।

त्यसपछि उसले पत्थरी थियो, निस्केर गयो भन्ने सोच्छ । तर आफ्नो जीवनशैली परिवर्तन गर्दैन । पहिले जे खाइरहेको थियो, अहिले पनि त्यही खान्छ, पानी कम पिउँछ । जसले गर्दा अपरेशन गरेको किड्नीमा नै पुनः पत्थरी हुन पुग्छ । परिणामस्वप उसले एउटै किड्नी दुईपटक अपरेशन गर्नुपर्छ । घरीघरी एउटै अंगका बारम्बार अपरेशन गर्दा किड्नी काम नलाग्ने हुनसक्छ । जसलाई नेफाटोमी भनिन्छ ।

नेपालमा अहिले धेरै मानिसले आफ्नो किड्नी फाल्नु पर्ने अवस्था आएको छ । त्यतिमात्र नभएर एउटा किड्नीमात्र बाँकी रहेको अवस्थामा समेत उसले आफ्नो जीवनचर्या बद्लाव नगर्दा उसमा किड्नी नै नहुने अवस्था पनि सिर्जना हुने गरेको छ ।

डाइटिसियन बानियाँ ओम अस्पतालमा कार्यरत छन् । एजेन्सीको सहयोगमा

मोही खादाँ १३ विरामी, फेवासिटीमा उपचाररत
धन बस्नेत, पोखरा

आफनै घरमा पारेको मोही खादाँ बयोबृद्ध सिकिस्त विरामी परेका छन् । पारेको मोही छिमेकीलाई बाँड्दा छिमेकी पनि सिकिस्त विरामी हुदैं अस्पताल भर्ना भएका छन् ।

घटना गत शनिबारको हो । लेखनाथ १६ लामगादीस्थित खिमलाल लामिछानेले विहान मोही पारे । पारेको मोही खादाँ ७३ वर्षिय लामिछाने सिकिस्त भए । सोही दिन छिमेकीले पनि मोही पिएका थिए । मोही पिएका जति सबै विरामी भएका छन् । १३ जना सिकिस्त हुदैं अस्पताल भर्ना भएका हुन् ।

छिमेकी विष्णुमाया अधिकारी, १३ वर्षिय बालक सार्थक त्रिपाठी, मौसम अधिकारी, सागर थापा, धिरेन्द्र थापा, शुशिला थापा, रमा थापा, किरण थापा, भोजराज त्रिपाठी, सरस्वती बस्नेत, सरस्वती त्रिपाठी विरामी परेका हुन् । उनीहरुको पोखरास्थित फेवा सिटी हस्पिटल नागढुंगामा उपचार भईरहेको छ । लामिछानेको अवस्था केही गम्भीर रहेकोले अति सघन कक्ष(आईसियु)मा राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सक विरामीहरु पखला लाग्ने र ज्वरो आउने समस्या देखिएको छ । ‘खाना नपचेको’ हुन सक्ने अनुमान गरिएको छ । यद्यपी रिपोर्ट भने आई सकेको छैन् । अहिले विरामीका परिवारले कुरेरै बसेका छन् । ‘साँझपख परेपछि ज्वरो बढ्ने गरेको छ । औषधी दिएपछि घट्दै जान्छ ।’ उपचारमा संलग्न नर्स सावित्री रानाले बताईन् ।

बरिष्ठ फिजिसियन डा. बुद्धिबहादुर थापा, बालरोग विशेषज्ञ डा होमप्रसाद न्यौपाने लगायत विरामीको अवस्था नियालिरहेका छन् । यसैगरी डा. चिरायुनारायण भारी, डा. विश्वराज बराल, डा. सुरेश थापा लगायतको टोलीले छुट्टाछुट्टै विरामीको स्वास्थ्य परीक्षण गरेका छन् । पाँच महिला र आठ पुरुष एकैसाथ विरामी भएका हुन् । चिकित्सकका अनुसार मोहीमा ‘फुड पोईजन’ हुने बस्तु मिसिएको हुन सक्ने आंशका गरेका छन् । उपचारमा संलग्न चिकित्क डा. होमप्रसाद न्यौपानेका अनुसार मोही पार्दा फोहोर पानी मिसिदाँ ‘पोईजन’ देखिएको हुन सक्छ । उनका अनुसार प्रत्येक विरामीको अहिले दिसा परीक्षण गरिएको छ । परीक्षणको रिपोर्ट आउन बाँकी छ । उनले अन्य झाडा पखला जस्तै देखिएको जानकारी दिए ।

गाँउघरमा मोही पारेरपछि छिमेकलाई समेत बाड्ने चलन छ । त्यसै अनुसार मोही पिउँदा एकैपटक विरामी परेका हुन् । विरामीको पाचन शक्ति कमजोर भएको छ । ज्वरो आउने र पखला लाग्ने समस्या दोहोरिरहेको छ । मोही पार्ने क्रममा फोहोरको संक्रमण देखिएको आंशका छ । अन्य जिल्लामा जंगली च्याउ खादाँ मृत्यु भएको समाचार प्रकाशित भईरहेको छ । सचेत बन्नुपर्ने चिकित्सकहरुले औंल्याएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा कास्कीलाई १९ करोड ३५ लाख बजेट विनियोजन
धन बस्नेत -पोखरा,

स्वास्थ्य मन्त्रालयले विभिन्न जिल्लाको लागि आर्थिक वर्ष २०७३÷०७४ को लागि बजेट विनियोजन गरेको छ । मन्त्रालयको तथ्यांक अनुसार कास्कीको लागि नयाँ आर्थिक वर्षको लागि १९ करोड ३९ लाख ८५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । मन्त्रालयले हिमालपारीको जिल्ला मुस्ताङमा सबैभन्दा कम बजेट विनियोजन गरेको छ । मुस्ताङको लागि केवल दुई करोड ७० लाख ९३ हजार बजेट उपलब्ध गराईने मन्त्रालयले जनाएको छ । तेह्रथुम र मनाङ जिल्लामा समान पाँच करोड रुपैयाँ छुट्टाइएको छ ।

ग्रामीण क्षेत्रमा स्वास्थ्यको सर्वसुलभ पहुँच पु¥याउन सरकार कटिबद्ध छ । वर्षेनी बजेटको आकार समेत बढाँउदै लगेको छ । सामान्य स्वास्थ्य उपचार सेवाबाट सर्वसाधारण बन्चित नहोस भन्ने उद्देश्यसहित बजेटलाई विभिन्न शीर्षकमा बाँडफाँड गर्दै विनियोजन गरिएको छ । कास्कीमा छुट्टाइएको बजेट अनुसार स्वास्थ्य सूचना तथा सञ्चार कार्यक्रमको लागि १० लाख ७० हजार रुपैयाँ छ ।

एकिकृत महिला स्वास्थ्य तथा प्रजनन स्वास्थ्य कार्यक्रमको लागि मन्त्रालयले कास्कीलाई ९ करोड ३४ लाख २५ हजार रुपैयाँ छुट्टाएको छ । त्यसैगरी एकिकृत बाल स्वास्थ्य एवं पोषण कार्यक्रमको शीर्षकमा ४ करोड ९ लाख २६ हजार बजेट उपलब्ध गराईएको छ । औलो तथा कालाजार रोग नियन्त्रण कार्यक्रमको लागि पनि मन्त्रालयले बजेट छुट्टाएको छ ।

बढ्दो शहरीकरणँसगै प्रदुषणले लामखुट्टेको प्रकोप बढ्दै गएकोले कालाजारको समस्या पनि जटिल बन्दै गएको चिकित्सकहरु बताउँछन् । तराई क्षेत्रमा कालाजारको समस्या अझ बढी रहेको छ । कालाजारको लागि मन्त्रालयले कास्कीको लागि ४१ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेको छ । कुष्ठ रोग नियन्त्रण कार्यक्रमको लागि आर्थिक वर्ष २०७३÷०७४ को लागि २ लाख ३७ हजार दिइएको छ ।

अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सूचना प्रणालीको लागि २ करोड ६ लाख ७८ हजार छुट्टाईदिदाँ क्षयरोग नियन्त्रण कार्यक्रमको लागि ३५ लाख ८६ हजार उपलब्ध गराइएको छ । गत वर्ष क्षयरोगको लागि कास्कीलाई २४ लाख रुपैयाँ छुट्टाईएको थियो । छुट्टाइएपनि बजेट केवल ११ लाख भन्दा केही बढी खर्च भएको छ । ल्याबमा हुनुपर्ने गतिविधि नै रोकिएपछि बजेट खर्च हुन सकेको छैन् ।

आपूर्ति व्यवस्थापन कार्यक्रम शीर्षकमा १० लाख ८५ हजार, प्राविधिक स्वास्थ्य सेवा पुर्नजागरण कार्यक्रमको लागि दुई करोड २४ लाख २५ हजार छुट्टाइएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तालिम कार्यक्रमको लागि २३ लाख१३ हजार रुपैयाँ बजेट छ । आयुर्वेद सेवाको लागि पनि आगामी आर्थिक वर्षको लागि चार लाख ५२ हजार रुपैयाँ छुट्टाइएको छ । कास्कीमा जिल्ला जनस्वास्थ्य अन्तर्गत ४४ वटा स्वास्थ्य चौकी छन् । १३ वटा सामुदायिक स्वास्थ्य संस्था र ११ वटा नगर स्वास्थ्य केन्द्रबाट सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख सागरप्रसाद घिमिरे जनाए ।

मात्र ५ रुपैयाँमा आफ्नो किड्नी आफैँ सफा गर्नुहोस्
एजेन्सी । किड्नी मानव शरीरको एकदमै महत्वपूर्ण फिल्टर हो । यसले हाम्रो शरीरलाई अति नै आवश्यक तत्वलाई राखेर अनावश्यक विकारलाई पिसाब हुँदै बाहिर पठाउन फिल्टरको काम गर्छ । सोच्नुस् त, विकार पदार्थ छान्दा—छान्दै यो पनि त फोहोर हुन्छ ।

हामीले पानी राख्ने फिल्टर जस्तै यसलाई पनि सफा गर्ने हो भने अझ राम्रोसँग काम गर्ने निश्चित छ । साथै किड्नी सम्बन्धी जटिल समस्याहरुबाट पनि छुटकारा पाउन सकिन्छ ।

यसरी सफा गर्नुहोस् किड्नी

तरकारी बजारमा जानुहोस, ५ रुपैयाँमा एक मुट्ठी धनियाँ पाइन्छ । त्यसलाई खरिद गर्नुहोस् । अब राम्रोसँग पखालेर सफा बनाउनुस् । अनि मसिना टुक्रा बनाएर काट्नुहोस् । यसरी तयार भएको टुक्रालाई एक लिटर पानीमा हालेर धिमा आगोमा उम्लिन दिनुहोस् ।

अब यसलाई सेलाउनका लागि छाड्नुस् । सेलाएपछि खाली पेटमा पिउनुस् । तपाईंले तत्काल यसको सकारात्मक प्रभाव देख्न थाल्नुहुनेछ । तपाईंको किड्नीमा जम्मा भएर रहेका विकार पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन थाल्नेछ ।

यसरी तयार पारेको एक गिलास पानी हरेक दिन बिहान पिउने हो भने किड्नी सफा रहनेछ । साथै किड्नीसम्बन्धी समस्याहरुले पनि छुन सक्नेछैन ।छैन त कमाल ? अब किन ढिला, भोलि बिहानै खाली पेटमा आफ्नो किड्नी सफा गरिहाल्नुहोस् ।

आशा क्लिनिक अब नगर स्वास्थ्य केन्द्रमा रुपान्तरण
- स्वास्थ्यको प्रशासनिक जिम्मेवारी पोखरा उमपहानगरपालिकाको काँधमा,

– जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा सञ्चालन स्वास्थ्य केन्द्र सञ्चालन

आविष्कार संवाददाता,पोखरा

पोखराको नयाँगाउँमा स्थापित आशा क्लिनिकको प्रशासिनक जिम्मेवारी पोखरा उपमहानगरपालिकाले लिएको छ । २०५७ सालमा स्थापित आशा क्लिनिकको स्वास्थ्य क्षेत्रको सम्पूर्ण जिम्मेवारी पोखरा उमपहानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीसँगको सहकार्यमा अगाडि बढाउने छ ।

पोखरा उपमहानगरपालिकाले शहरी(नगर) स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने लक्ष्यसँगै प्रशासनिक जिम्मेवारी आफनो काँधमा लिएको हो । स्वास्थ्य क्षेत्रको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिई उपचार तथा औषधी वितरण सबै जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा अगाडि बढाउने पोखरा उपमहानगरपालिकाले जनाएको छ । बालहितकारी परियोजना अन्तर्गत स्थापित आशा क्लिनिकले बालबालिकादेखि गर्भवती महिलोका स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

‘हामीले आशा क्लिनिकको भौतिक संरचना हस्तान्तरण गरेका छैनौं । तर स्वास्थ्य कार्यक्रमको प्रशासनिक जिम्मेवारी पोखरा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हौं ।’ बालहितकारी परियोजनाका प्रमुख माधव आचार्यले भने—‘दुई वर्ष अघिदेखि नै सहकार्य गर्ने छलफल भएको थियो तर अस्ती बिहीबार मात्रै सम्झौता भएको हो ।’

युकेबाट सञ्चालित सिडब्लुएसएन परियोजना अन्तर्गत २०५७ पुष १० गतेबाट आशा क्लिनिकको रुपमा सञ्चालित थियो । अब यो ‘शहरी(नगर)स्वास्थ्य केन्द्रको रुपमा रुपान्तरण भएको छ । ओएनजिडी—एफएनईएल नामक संस्थाले झण्डै एकलाख ५० हजार युरोको लागतमा भौतिक संरचना तयार गरेको हो ।

दुई वर्ष अघि आर्थिक घोटाला भएपछि दाताले आर्थिक सहयोग घटाएपछि आशा क्लिनिक सञ्चालनमा कठिनाई भएको थियो । कठिनाई भएपछि दुईवर्ष अघि नै परियोजनाले पोखरा उपमहानगरपालिकासित सहकार्य गर्ने प्रस्ताव गरेको थियो । तर दुईवर्षपछि मात्रै आएर सहकार्य गर्ने विषयले मुर्तरुप लिएको थियो ।

आशा क्लिनिकमा २५ लाखको अनियमितता भएको थियो । परियोजनाले आरोपित व्यक्तिलाई कारवाही स्वरुप संस्थाबाट निष्कासित गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय कारवाही गर्न नसकेको गुनासो समेत परियाजनाले गरेको छ । ‘हामीले निष्कासन गरेर कारवाही ग¥यौं ।’ उनले भने—‘तर प्रशासनले कारवाही गरेको छैन् । अनियमितता गरेको रकम फिर्ताको माग गरेका छौं ।’ आर्थिक अनियमितता भएपछि सञ्चालन गर्दै आएको भोकेशनल टे«निङ सेन्टरलाई परियोजनाले बन्द गरेको छ ।

आर्थिक सहयोग रोकिन थालेपछि परियोजनाले उपमहानगरपालिकासित सहकार्यको प्रस्ताव गरेको हो । पोखरा उपमहानगरपालिकाले विरामीको स्वास्थ्य जाँच, औषधी वितरण कार्यक्रम गर्ने छ । सहकार्य भने जिल्ला जनस्वास्थ्यसँग गर्ने परियोजनाले जनाएको छ । सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको आशा क्लिनिकले पोखरा १५ र ५ का सर्वसाधारणलाई सेवा दिने लक्ष्य राखिएको पोखरा उपमहानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले जानकारी दिए । ‘क्लिनिकमा अहिले चार जना अहेबले स्वास्थ्य सेवा दिदैं आएका छन् ।’ परियोजना प्रमुख आचार्यले भने—‘अन्य कार्यक्रम भने परियोजनाले नै सञ्चालन गर्ने छ ।’

परियोजनाले ग्रामीण क्षेत्रमा मातृ शिशु स्वास्थ्य, युवा लक्षित कार्यक्रम, ग्रामीण स्वास्थ्य कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । पोखरा उपमहानगरपालिकाले क्लिनिकको लागि तत्काल दुईजना कर्मचारी खटाउने छ । स्वास्थ्य क्षेत्रको जिम्मेवारी जिल्ला जनस्वास्थ्य कार्यालयले हेर्ने परियोजनाले जनाएको छ । ‘दुईवर्षसम्म हामीले पोखरा उपमहानगरपालिकासँग सहकार्यको रुपमा रहेर काम गर्ने छौं ।’ उनले भने—‘त्यसपछि दाताको सहयोग नपाएको अवस्थामा स्वामित्व हस्तान्तरण गर्ने विषयमा सोच्ने छौं ।’ अहिले ३० जना कर्मचारी छन् । दुईवर्षपछि ४८ जना कर्मचारी थपिने समेत परियोजना प्रमुख आचार्यले सुनाए । स्वास्थ्य केन्द्र सञ्चालनको लागि सात जनाको सञ्चालक समिति गठन गरिएको छ । पोखरा उपमहानगरपालिकाले नियुक्त कर्मचारीको आर्थिक भार बहन गर्ने छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पोखराका बरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रसाद घिमिरेले नगरपालिकासितको सहकार्यमा स्वास्थ्य केन्द्र सञ्चालन गरी सर्वसाधारणमा स्वास्थ्यको पहुँच घरदैलोमा पु¥याउन अग्रसर भएको बताए । स्वास्थ्य केन्द्रको उपप्रधानमन्त्री एं स्थानीय विकास मन्त्री कमल थापाले उदघाटन गरेका थिए ।

लायन्स क्लबद्वारा क्षेत्रीय अस्पतालमा ‘मुटुरोग उपचार केन्द्र’ स्थापना
धन बस्नेत

पोखरा-      ‘हामी सेवा गर्छौ ।’ लायन्स क्लबको मुल मन्त्र हो । सेवामै समर्पित गर्ने लायन्सकर्मीको कमी पनि छैन् । स्वास्थ्य क्षेत्रमा लायन्सले सेवा अझ बढी नै छ । त्यसलाई पुष्टि गरेको छ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ‘हार्टकेयर सेन्टर’ स्थापना गरेर ।

डिष्ट्रिक गर्भनर पदबाट मुक्त हुन ध्रुब थापाको केही दिनमात्रै बाँकी छ । आफनो कार्यकाल सकिनु अगावै उनले मुटुका विरामीलाई सहज उपचारको लागि हार्टकेयर सेन्टरको पहल गरे । लामो समयको प्रयास र अन्तराष्ट्रिय लायन्स क्लबको सहयोगपछि गर्भनर थापाको सपनाले मंगलबार साकार रुप लियो । उनको अभियानलाई पोखरा उद्योग वाणिज्य संघले पनि होस्टेमा हैसें थपिदियो । लायन्स क्लबले पनि आन्तरिक स्रोतबाट आर्थिक सहयोग जुटायो ।

क्षेत्रीय अस्पतालमा मुटुरोगको उपचार सामान्य मात्रै हुन्थ्यो । तर अब केही विस्तृत उपचार हुन्छ । तर अझै पर्याप्त जनशक्ति र शल्यक्रिया गर्न आवश्यक उपकरणको अभाव भने उस्तै छ । ‘अस्पतालमा मुटुरोगको उपचार अत्यावश्यक थियो । त्यसैले अन्तराष्ट्रिय लायन्सको सहयोगमा ‘हार्टकेयर सेन्टर’ स्थापना गर्न सक्यौं ।’ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ का गर्भनर थापाले भने—‘अब विरामीलाई काठमाडौं पुग्नुपर्ने कठिनाई केहीहदसम्म हल भएको छ ।’

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ का गभर्नर धुव्रबहादुर थापाले पोखरामा स्तरीय मुटुरोग उपचार केन्द्र स्थापनाको लागि आगामी दिनमा पनि लायन्स क्लब लागि पर्ने बताए । उनले अहिले प्रथामिक उपचार सेवा सुरुवातमा सहयोग गरेपनि आगामी दिनमा यसलाई बिशिष्टिकरण गर्न सबै क्षेत्रको सहयोगको आबश्यकता औल्याए ।

एक करोड ५० लाखको लागतमा केन्द्र संचालनमा ल्याइएको हो । नेपालको संयोजनमा लायन्स अन्तर्रा्ष्ट्रिय फाउण्डेसनको १ करोड ५ लाख, पोखरा उद्योग वाणिज्य संघको १५ लाख सहयोग, पोखराका लायन्सहरुको ७ लाख र अन्य १५ लाखको लागतमा केन्द्र संचालनम आएको हो ।

उपचारको लागि अस्पतालमा ४ बेड राखिएको छ । मुटुरोगको उपचारको लागि इको मेशिन, चारवटा मनिटर, आईसियु मनिटर लगायतको उपकरण हस्तान्तरण गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठका अनुसार ‘उपकरणले ‘मेडिकल ट्रिटमेन्ट’ गर्न सकिन्छ ।’ उनले कार्डियो सर्जन समेत नभएको भन्दै प्राप्त उपकरणबाट डायोग्नोष्टिक सुविधा दिन सकिने बताए । ‘त्यसैले शल्यक्रिया गर्न सकिने अवस्था नै छैन् ।’ उनले भने—‘लायन्सले दिने उपकरणबाट मुटुको शल्यक्रिया बाहेकको उपचार प्रदान गर्न सहज हुने छ ।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुई जना मुटुरोग विशेषज्ञ छन् । एक सरकारी दरबन्दी र अर्को अस्पताल विकास समिति अन्तर्गत व्यवस्थापन गरिएको छ । दुई जना चिकित्सकले पश्चिमाञ्चल क्षेत्रबाट आउने मुटुरोगका विरामीको उपचार गर्दै आएका छन् । यद्यपी जटिल प्रकृतिका विरामीलाई काठमाडौं रिफर गर्नुपर्ने बाध्यता छ । तर लायन्सले दिने उपकरणबाट विरामीको उपचार पोखरामै गरिने भने शल्यक्रिया गर्नुपर्ने विरामीलाई मात्रै काठमाडौं पठाईने अस्पतालले जनाएको छ ।

मुटुरोगीले उपचारको लागि काठमाडौं जानुपर्ने बाध्यता अब हट्ने विश्वास पश्च्मिाञ्चलबासीको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै मुटुरोग सम्बन्धी उपचार सेवा शुरु हुने भएपछि विरामीलाई काठमाडौं जानुपर्ने आर्थिक भार कम हुने छ ।

उपप्रधान एबं महिला वालवालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले राजधानी वाहिर पनि स्तरीय स्वास्थ्य सेवाको उपलब्धता हुनुपर्नेमा जोड दिए । समयमा उपचार नपाए ज्यान नै जाने र निम्न स्तरका विरामीले तत्काल उपचारको पहुँच नपाउने भएकाले प्रत्येक प्रदेशमा मुटुरोगको उच्चस्तरिय सेवा विस्तार गर्नुपर्ने उनले बताए । सरकारी अस्पताल राजनीतिक दलको कार्यकर्ता भर्ती गर्ने स्थालको रुपमा प्रयोग भएको भन्दै बक्ताहरुले आक्रोस पोखेपछि उनले त्यसको बिपक्षमा आफुपनि रहेको तर राजनीतिक दलनै त्यसमा सचेत हुन आवश्यक रहेको बताए ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले अस्पताल विकास समितिको नाममा हुने राजनीतिकरणको अन्त्य गर्न आग्रह गरेका थिए । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोइरालाले प्राप्त उपकरणको भरपुर उपयोग गर्न र नियमित रेखदेख तथा मर्मतमा ध्यान दिन आग्रह गरे । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दु कुमार थापाले पोखरामा सुविधा सम्पन्न मुटुरोग उपचार केन्द्र स्थापनाको लागि निजी क्षेत्रले सहयोग गर्ने प्रतिबद्धता जनाए । हस्तान्तरण गरिएको उपकरणको सञ्चालन तथा रेखदेखको लागि डा. बुद्धिबहादुर थापा, डा. कालु शर्मा, डा.माधब तिवारी लगायत चिकित्सक सहभागि समिति गठन गरिएको छ ।