Abiskar News Daily.... » अन्तराष्ट्रिय समाचार

डोनाल्ड ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपतिमा विजयी
परिणामः ट्रम्प—२७६, क्लिन्टन— २१८

आविष्कार संवाददाता

पोखरा

रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपति बनेका छ । चुनावी प्रतिस्पर्धा निकै प्रतिस्र्धात्मक अपेक्षा गरिएपनि अन्तत अमेरिकनको मत ट्रम्पको पक्षमा गएको छ । लामो समयको चुनावी आरोप प्रत्यारोपसँगै होमिएका हिलारी क्लिन्टनलाई पछार्दै राष्ट्रपति पदमा चुनिदाँ अधिकांश अनुमान र मत सर्वेक्षण समेत गलत सावित हुन पुग्यो ।

सर्वेक्षण परिणाम र अनुमानलाई गलत साबित गर्दै सार्वजनिक पदमा कहिल्यै नबसेका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएपछि सबैका ध्यान एकाएक खिचिएको छ । राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै मत गणना भैसक्नुअघि नै ट्रम्पले २७७ इलेक्टोरल मत ल्याएका छन् ।

विभिन्न मिडियाले ट्रम्पले राष्ट्रपति चुनाव जितेको घोषणा गरिसकेका भए पनि यसको आधिकारिक घोषणा भने हुन बाँकी नै छ। अमेरिकी अखबार वासिङ्टन पोस्टका अनुसार ट्रम्पको पछिल्लो मतपरिणाम २७६ इलेक्टोरल छ । बाराक ओबामाले चार वर्षअघि जितेका केही ठूला तथा मझौला ठूला राज्यहरु फ्लोरिडा, ओहाहियो, पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा जितेपछि ट्रम्पको जित सुनिश्चित भएको हो । अमेरिकाका ठूलाठूला सहरमा मतदाताले क्लिन्टनलाई मत दिए पनि ग्रामिण इलाकामा मतदाताले ठूलो संख्यामा ट्रम्पलाई भोट दिएको पछिल्ला सर्वेक्षणले जनाएका छन्। त्यस्तै, कलेज पढेका, महिला तथा अल्पसंख्यकले मुख्यत हिलारीलाई भोट दिए पनि गोरा अमेरिकी पुरुष, त्यसमध्ये पनि कलेज नपढेकाहरुले ठूलो संख्यामा ट्रम्पलाई भोट हालेपछि उनको जित सुनिश्चित भएको मानिएको छ।

अमेरिकी चुनावमा मिडिया एकातिर मतदाता अर्कैतिर

रिपब्लिकन उम्मेदवार डोनाल्ड जे ट्रम्पको विजयसँगै महिनौं लामो तिक्ततापूर्ण अमेरिकी राष्ट्रपतीय चुनाव अन्त्य भएको छ जसले अमेरिकी मात्र होइन, विश्वभरका सञ्चारमाध्यम र राजनीतिक पण्डितलाई आश्चर्यमा पारेको छ । सञ्चारमाध्यम एकातिर, चुनावी परिणाम अर्का्तिर भएको यो स्थितिबाट अमेरिकी सञ्चारमाध्यमले चुनावको माहौल र सम्भाव्यता पक्रन नसकेको पुष्टि भएको छ । तर चीनको बाँदरले ट्रम्पले जित्ने भविष्यवाणी गरेको थियो ।

अधिकांश चर्चित अमेरिकी सञ्चारमाध्यमले डेमोक्र्या्टिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई साथ दिएका थिए र उनले नै जित्ने अनुमान गरेका थिए। उनीहरुले हिलारीलाई भोट हाल्नुपर्ने र ट्रम्पलाई हराउनुपर्ने सम्पादकीय नै छापेका थिए। अमेरिकाको इतिहासमै यो चुनावमा एकदमै कम पत्रिकाले ट्रम्पको पक्ष लिएका थिए। ती पनि नाम चलेका पत्रिका थिएनन्। ट्रम्पले नै जित्छ भनी सुरुदेखि भन्दै आएको प्रमुख अमेरिकी अखबार लसएन्जल्स टाइम्स मात्र हो।

यसअघि रिपब्लिकन पार्टी निकटको सम्पादकीय नीति भएका अमेरिकी पत्रिकाले पनि यो चुनावमा ट्रम्पको साटो हिलारीको पक्ष लिएका थिए। करिब ५ सय दैनिक, साप्ताहिक र म्यागजिनले हिलारीको पक्ष लिएका थिए भने जम्मा २५ वटा पत्रिका मात्र ट्रम्पको पक्षमा थिए। अर्का उम्मेदवार ग्यारी जोनसनका पक्षमा भने नौ वटा पत्रिका उभिएका थिए। अमेरिकाका प्रतिष्ठित पत्रिकामा मात्र होइन, गार्डियन लगायत बाहिरका प्रतिष्ठित पत्रिकाले पनि हिलारीलाई भोट दिनुपर्ने सम्पादकीय लेखेका थिए।—एजेन्सीको सहयोगमा

कानपुरमा चलिए पोखराका प्याकेज सार्बजनिक
कानपुर,

पोखराका पर्यटन व्यवसायीले भारतको कानपुरमा पुगेर भारतीय पर्यटक प्रवद्र्धन गर्न पोखरा आउने पर्यटकलाई हनिमुन प्याकेज, शैक्षिक भ्रमण प्यकेज, मनसुन प्याकेज र धार्मिक यात्रा प्याकेज घोषणा गरेका छन् ।

उत्तर भारतको औधोगिक नगरी कानपुर औपचारिक कार्यक्रमको आयोजना गरी चलिए पोखरा अन्तर्गतका पर्यटकीय प्याकेजहरु सार्बजनिक गरिएको छ । पश्चिमान्चल होटल संघ पोखरा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शनिबारबाट चलिए पोखरा अभियान सुरु भएको थियो । कानपुरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष भरतराज पराजुलीले उल्लेखित प्याकेजहरु दुई रात तीन दिनको रहेका र तिनलाई लम्ब्याउन पनि सकिने जानकारी दिए । चैत २८ देखि आगमी बैशाख २ गतेसम्म फेवा किनारमा आयोजना हुने तेर्हौं फेवा नव बर्ष महोत्सवका पाहुनालाई होटलमा २० प्रतिशत छुट प्रदान गरिएको पनि कार्यक्रममा पराजुलीले घोषणा गरे । पत्रकार सम्मेलन र बिजनेस टु बिजनेस मिटिङको रुपमा आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखराका उदय भट्टराईले नेपाल र पोखराबारे जानकारी गराएका थिए ।

उनले भारतिय पर्यटकलाई नेपाल घुम्न आग्रह गर्दै भुकम्पले असर पारेको पर्यटनलाई माथी उकास्न सहयोगको अपेक्षा गरे । सो अवसरमा भारतिय पर्यटन ब्यबसायी र पोखरेली पर्यटन ब्यबसायीले ब्यापारिक तथा पर्यटकीय जानकारी आदानप्रदान गरेका थिए । चलिए पोखराको छ दिने कार्यक्रम अन्तर्गत सोमबार लखनउमा प्रबर्धनात्मक कार्यक्रम हुनेछ । चार बर्ष अघि सुरु गरिएको चलिए पोखरा अभियानलाई यो बर्ष पनि निरन्तरता दिइएको हो ।

पोपले मुस्लिम र हिन्दु धर्मावलम्बीको खुट्टा चुमे
रोम, चैत । क्रिश्चियन धर्म गुरु पोप फ्रान्सिसले सबै धर्मावलम्बीहरु एकै इश्वरको सन्तान भएको जिकिर गर्दै अलग धर्ममा आस्था राख्ने शरणार्थीहरुको खुट्टा धोएका छन् । उनले सार्वजनिक कार्यक्रममै मुस्लिम, हिन्दु, क्याथोलिक धर्म मान्दै आएका शरणार्थीहरुको खुट्टा धुनुका साथै उनीहरुको खुट्टा चुमेका थिए ।

बेल्जियमको ब्रसेल्समा भएको आतंकवादी हमलाका कारण फेरि एक पटक मुस्लिम विरोधी भावना विकसित हुँदै गएको तथा शरणार्थी्विरोधी गतिविधि बढ्न थालेकै समयमा पोपले भाइचाराको नयाँ उदाहरण पेश गरेका हुन् ।

‘इस्टर विक मास’ का अवसरमा आयोजित कार्यक्रममा उनले रोम बाहिर कासेलनोभो डि पोटरेस्थित शरणार्थी शिविरमा उनले विभिन्न धर्ममा आस्था राख्ने शरणार्थीहरुको खुट्टा पखाल्दै चुमेका हुन् ।

उनले हत्या हिंसालाई कुनै पनि धर्ममा जायज मान्न नसकिने बताउँदै हतियार उद्योगको बजार प्रवर्द्र्धन गर्ने रणनीतिका रुपमा मानिसलाई हिंसातर्फ भड्काउन थालिएको आरोप पनि लगाए । (एजेन्सी)

३२५ बी १ को क्याबिनेट मिटिङ, लायन्सको क्याबिनेट मिटिङ अव्यवस्थित र भद्रगोल
धन बस्नेत, फुकेट, थाईल्याण्ड /लायन्स क्लब ३२५ बी १ को क्याविनेट मिटिङ थाईल्याण्डको पातोङ मेरलिन होटल फुकेट थाईल्याण्डमा गरियो । फुकेटमा लायन्सका पोखरा र काठमाडौंका गरी दुईसय भन्दा बढी सदस्य उपस्थिति थिए । तर कार्यक्रम भने व्यवस्थित भने हुनै सकेन् ।

निर्धारित समयमा कार्यक्रम शुरु भएन् । बैंककबाट केही सदस्य हवाई मार्फत फुकेट पुगेका थिए । केही १७ घण्टाको बस यात्रा गर्दै गएका थिए । बसको यात्रा गरेर जानेलाई कुदैै समय लम्बिएको थियो । समय लम्बिएपछि औपचारिक कार्यक्रम शुरु हुन केही घण्टा पछि धकेलियो ।

अत्यन्तै गर्मी ठाँउमा लामो समयको पर्खाईले क्याविनेट मिटिङमा उपस्थिति लायन्सकर्मी उदेक बनेका थिए । त्यसमा पनि सहकर्मीहरुको यात्रामा भएको ढिलाईले अर्को समस्या थपेको थियो । ‘तोकिएको समयमा कार्यक्रम भएन् । औपचारिक कार्यक्रम शुरु नहुदैं नाँचगान गरेर खानपिन शुरु भयो ।’ फुकेटमा क्याविनेट मिटिङमा उपस्थिति लायन्स एक सदस्यले आविष्कार दैनिकसित भने—‘बरु नेपालकै कुनै ठाँउमा गरेको भए राम्रो हुने थियो । पैसा सक्ने उपाय मात्रै भयो ।’

गर्मी ठाँउमा लायन्सकर्मी सुट टाईसँगै दौरा सुरुवालमा सजिएपछि केही रौनक देखिएको थियो । तर कार्यक्रम नाचगान गरेर पहिलो सेसन सक्दा क्याविनेट मिटिङ औचित्यहीन जस्तै भएको अर्का सदस्यले बताए । ‘कार्यक्रम अव्यस्थित र भद्रगोल भयो । यद्यपी घुमेर आनन्द भने लिईयो ।’ उनको भनाई थियो ।

कार्यक्रममा सौहार्दपूर्ण बातावरण समेत बनेको थिएन् । केही लायन्सकर्मी भने आयोजकप्रति रुष्ट बनेका थिए । व्यवस्थापन फितलो भएको गुनासो गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ काठमाडौं मिड टाउनले गरेको थियो । ‘व्यवस्थापन चुस्त भएन् । केवल घुम्ने मानसिकताले मात्रै कार्यक्रम बनाईएको अनुभूति भयो ।’ सहभागिले भनिरहेका थिए ।

थाईल्याण्ड भ्रमणकै लागि मिड टाउनले कार्यक्रम गरेपनि आयोजक मध्येकै केही सदस्यहरु पनि डिष्ट्रिक जिम्मेवार बन्न नसकेको सुनाईरहेका थिए । ‘कसैलाई काखा कसैलाई पाखा बनाउने काम गरियो ।’ असन्तुष्टीका स्वर कार्यक्रममा गुन्जियो ।

थाईल्याण्डमा आयोजना गरिएको कार्यक्रममा लायन्सकर्मीको उत्साहजन्य सहभागिताले डिष्ट्रिकको इज्जत बढ्यो । तर लाखौं रुपियाँ विदेशिन पुग्यो । क्याविनेट मिटिङ थाईल्याण्डमा गर्दा सदस्यले न्यूनतम एकदेखि डेढलाख रुपियाँ खर्च गरेका थिए । खर्च गरेर गईसकेको अवस्थामा पनि डिष्ट्रिकले सभ्य र भव्य बनाउनबाट चुकेपनि उपस्थिति लायन्सकर्मीमा उदासिनता देखिएको थियो । केहीको राहदानीमा इमिग्रेसनले भिसामा केरिदिएको गुनासो समेत कार्यक्रममा गरिएको थियो ।

उता थाई—नेपाल फाउण्डेशन फुकेटका अध्यक्ष द्याङ लिम्बुले लायन्सको क्याविनेट मिटिङले विदेशमा रहेका नेपालीसँग अझ प्रगाढ सम्बन्ध बनाउन कार्यक्रमले सहयोग पु¥याएको बताए ।

छोरीको आशमा १३ भाइ छोरा
हाम्रो देशमा छोराको आशमा दम्पतीहरुले धेरै छोरी जन्माउने गरेका उदाहरण प्रसस्तै पाइन्छन् । गर्भमै लिंग पहिचान गर्न सकिने र गर्भपतले कानूनी मान्यता पाइसकेको अवस्थामा छोराको आशमा लगातार छोरी पाउने क्रममा भने केही कमी आएको छ पछिल्लो समयमा । तर अमेरिकाको जस्तो विकशित देशमा भने यस्तो प्रथा अझै कायम रहेछ, यद्यपि छोराको आशमा होइन, छोरीको आशमा ।

अमेरिकाका एक दम्पतिले छोरी पाउने आशमा लगातार १३ वटा छोरा जन्माएका छन् ।

अमेरिकाको मिचिगनका जे सेवान्डिट र क्याटेरी सेवान्डिटले बुधबार आफ्नो १३ औँ सन्तानलाई स्वागत गरे । यसअघिका १२ वटै सन्तान छोरा रहेकोमा अहिले छोरी जन्मिने आशामा उनीहरु थिए, तर सोँचेजस्तो भएन । १३ औँ सन्तान पनि पुलिंगै भइदियो ।

आखिर अमेरिकाजस्तो अत्याधुनिक चिकित्सा पद्धति भएको देशमा पनि किन यसरी लगातार बच्चा जन्माउनु आवश्यक थियो र ? के उनीहरुले गर्भको बच्चाको लैंगिक परीक्षण गराउन नसक्ने थिए र ? भन्ने प्रश्न उठ्छ । तर कुरो के रहेछ भने उनीहरुको परिवारको परम्परामा नै गर्भको बच्चाको लिंग परीक्षण गराउन बन्देज रहेछ । त्यसैले उनीहरुले गर्भको बच्चाको लिंग परीक्षण गराउन यो पाला पनि  पाएनन् र छोरीको आशामा लगालग छोरा जन्माइरहेका छन् ।

१३ भाई छोराका बाबु जेका अनुसार यो पाला श्रीमतीले छोरी जन्माउँछिन् भन्ने आशा उनलाई थियो । अामा क्याटेरीलाई आफुले १३ छोरा जन्माएकोमा कुनै अनौठो लागेको छैन । किनकी उनी पनि १३ सन्तान भएको परिवारकी १३ औँ छोरी हुन् । स्वान्डिट परिवारका १३ छोरामध्ये जेठा छोरा टेलको उमेर २२ वर्ष छ भने अहिले जन्मेका कान्छा भन्दा माथिल्लो छोरा जम्मा २१ महिनाका छन् ।

कान्छो छोराकेा नाम के राख्ने भनेर अहिले बच्चाका बाउआमा तथा दाजुहरु समेत घोत्लिरहेका छन् तर अझै नाम जुरिसकेको भने छैन ।

अब १४ औँ बच्चा पनि जन्माउने हो ? भन्ने प्रश्नमा जे भन्छन्, ‘हुँदै हुन्न भन्ने कुरा भन्नै सकिन्न ।’

छोराछोरीको बोसो बढ्दैछ— होसियार
आफना छोराछोरीको जिउ हट्टाकट्टा र मोटो होस् भन्ने धेरै आमाबुवाको चाहना हुन्छ । तर छोराछोरीलाई मोटो बनाउने ध्याउन्नमा अभिभावकहरु आफ्ना सन्तान मोटोपनाबाट पीडित हुँदै गएको कुरा थाहा पाउँदैनन् ।

हालैको एक अनुसन्धानले अभिभावकहरुले आफ्ना सन्तानको मोटोपनालाई नजरअन्दाज गर्नाले बालबालिकाको स्वास्थ्यमाथि खतरा बढिरहेको देखाएको छ । बेलायतमा गरिएको एक अध्ययनले छोराछोरीको बढ्दो बोसोप्रति ध्यान नदिने आमाबुवाको प्रवित्तिको खुलासा भएको हो । झण्डै ३ हजार परिवारमा गरिएको अध्ययनमा केवल ४ प्रतिशत अभिभावकले मात्र आफ्नो बच्चाको वजन आवश्यकता भन्दा बढि भएको हेक्का राखेको पाइयो ।

हाइजिन एण्ड ट्रपिकल मेडिसिन र ग्रेट अर्मण्ड स्ट्रीट अस्पतालको लण्डन स्कूलको एक टोलीले परिवारहरुमा गएर अभिभावकहरु उनीहरुका बच्चाको वजन बढि छ रु कम छ वा सामान्य छ रु भनी प्रश्न गरेका थिए । त्यस क्रममा एक तिहाइ परिवारले आफ्ना बच्चाबच्चीको वजनका विषयमा ध्यान नै नदिने गरेको पाइएको बीबीसीले उल्लेख गरेको छ ।

शोधकर्ता रसेल वाइनरका अनुसार आधुनिक आमाबुवाहरु बच्चाको मोटोपनाको विषयमा ध्यान नै दिँदैनन् । खासमा आम मानिससको वजन उच्च रुपमा बढ्दै गएको र मोटोपन सामान्य कुराजस्तै बनेको हुँदा अभिभावकले आफ्ना बच्चाबच्ची बढि मोटाएको विषयमा ध्यान नै पूराउन सक्दैनन् ।

यो समस्या समाधानका लागि बच्चाको जन्मदेखि नै आमाबुवाहरुलाई यस विषयमा प्रशिक्षित गर्नुपर्ने उनको कथन छ । विद्यालयमा सानो उमेरदेखि नै सक्रिय जिवनशैली र खेलकुद तथा स्वस्थ आहामा ध्यान दिनुपर्ने विज्ञको भनाइ छ । बच्चाका लागि आफ्ना आमाबुवा रोल मोडल हुने अर्थात् बुवाआमाले गरेकै कुरा बच्चाबच्चीले सिक्ने भएकाले यस विषयमा अभिभावकहरुलाई सही जानकारी आवश्यक रहेको रोयल सोसाइटी फर पब्लिक हेल्थका मुख्य कार्यकारी अधिकृत सली क्रेमरको भनाइ छ ।

बालबालिकामा बढिरहेको अधिक मोटोपनाको समस्या क मगर्नका लागि जंक फुडको विज्ञापनमा कडाइ गर्नुपर्ने र जंक फुडमा हुने क्यालोरीका विषयमा उत्पादकले प्रष्ट जानकारी प्रदान गर्नुपर्ने उनको भनाइ छ । – एजेन्सी

जहाज उडानमा नयाँ सुरक्षा नियमबारे बहस सुरु
जर्मन विङ्ग्सको विमान सहचालकले जानी जानी दुर्घटना गराएको खुलासा भएपछि वायुसेवा प्रदायक कम्पनिहरुले विमान चालक बस्ने ककपिटमा हरेक समय दुई जना बस्नै पर्ने नयाँ नियम बनाउने तयारी गरेका छन् ।

१५० जनाको ज्यान जाने गरी भएको एयर बस ए ३२० विमान दुर्घटना पछि नयाँ सुरक्षा नियमबारे छलफल सुरु भएको हो । जर्मनी र अन्य कैयौं देशका वायुसेवा प्रदायक कम्पनिहरुले नयाँ सुरक्षा नियमबारे बहस चलाएको बीबीसीले जनाएको छ ।

सहचालकले जानी जानी विमान ठोक्काए

फ्रन्सेली अधिकारीहरुका अनुसार जर्मन विङ्ग्स विमानका सहचालक एन्ड्रीयाज लुबिजले चालक बाहिर निस्किएको मौकामा भित्रबाट ढोका बन्द गरी विमानलाई एलप्स पहाडमा ठोक्काएका थिए । त्यतिबेला विमानमा पूरै सन्नाटा छाएको र चालक ककपिट भित्र पस्न निकै संघर्ष गरेको पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् । विमान जमिनमा ठोक्किनु अघि यात्रुहरुले चिच्याउँदै सहायता मागेका थिए ।

दुर्घटनास्थलमा फेला परेको फ्लाइट डाटा रेकर्डरको अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो ।

जर्मनविङ्ग्सको यो दुःखद दुर्घटना एक प्रकारको नरसंहार र आतंकवादी गतिविधि जस्तो देखिएको अधिकारीहरुले बताएका छन् । तर, जर्मनीका ति सहचालकको घरमा पुगेर अनुसन्धान गर्दा विमान दुर्घटना गराउनुको कारण भने खुलेको छैन । सहचालक लुबिजको कुनै आतंकवादी समुहसँगको संलग्नता पनि पुष्टि हुन सकेको छैन ।

लुपथांसाका प्रमुख कार्यकारी कार्टसन सफरले सुरक्षा अवस्था जतिसुकै राम्रो भए पनि गलत नियत भएका चालकलाई भने रोक्न नसकिने प्रतिक्रिया दिएका छन् ।

– See more at: http://www.onlinekhabar.com/2015/03/258066/#sthash.KTRaxx0S.dpuf