Abiskar News Daily.... » अन्तर्वार्ता

पोखराले मलाई सफल बनाउने छः कार्यकारी अधिकृत उदयबहादुर राना
पोखरा उपमहानगरपालिकामा अहिले नयाँ कार्यकारी अधिकृत आएका छन् । यसअघिका कार्यकारी अधिकृत महेश बराल विशेष कारणबश छाटो समयमै सरुवा भएपछि नयाँ कार्यकारी अधिकृतका रुपमा बाणिज्य विभागबाट कार्यकारी अधिकृतको रुपमा उदयबहादुर रानालाई पोखरा पठाईएको हो । उनी पोखरा आएपछि उनीसँग पोखरेलीले धेरै अपेक्षा गरेका छन् सँगै उनको आलोचना गर्नेहरु पनि उत्तिकै छन् । रानाले पोखरा आएपछि आफ्ना २ बर्षे कार्ययोजना पनि पत्रकारसामु सार्वजनिक गरिसकेका छन् । उनले सफा, सुन्दर, सुरक्षित र सु—ब्यवस्थित शहरको परिकल्पना सहित महत्वकांक्षी योजनाहरु अघि सारेका छन् । यस अकंमा हामीले रानाको मुख्य कार्ययोजनामा केन्द्रित कुराकानी समेट्ने प्रयास गरेका छौं । सहकर्मी प्रकाश ढकालको सामग्री  ।

१. भर्खरै पोखरा सरुवा भएर आउनुभएको छ, कति बर्षका लागि आउनुभएको हो ?

निजामती सेवा ऐन २०४९ मा तोकिएको अवधिभरको लागि हो । तर विशेष परिस्थितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरुवा गर्न पनि सक्नेछ ।

२. पोखरा उपमहानगरपालिकामा आउने कार्यकारी अधिकृतहरु नगरपालिकामै काम गर्ने कर्मचारीहरुका कारण सरुवा हुनुपर्ने बाध्यता हुन्छ भन्ने आरोप छ, यसलाई कसरी ब्यवस्थापन गर्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विद्यमान ऐन तथा नियामावली तथा आवश्यक्ताको आधारमा सरुवा गर्ने हो, त्यसमा नगरपालिकाको कर्मचारीको केही भुमिका रहन्न ।

३. सबै कार्यकारी अधिकृतरुले आउने बेला यसै भन्छन् तर आउँदा जुन उत्साह हुन्छ जाने बेला कुन दिन गए भन्ने पनि थाहा हुँदैन तपाई पनि त्यस्तै हो की ?

होइन अरु साथीहरुले के—के गरे त्यसको उत्तर मैले दिने कुरा भएन । अर्को कुरा तोकिएको अवधि व्यतित गरी सवै साथीहरुको माझवाट बिदा भएर फर्कने आशा र विश्वास लिएको छु ।

४. पोखरालाई धेरैले अबसर ठान्छन् र कमले मात्रै चुनौतिका रुपमा हेर्ने गर्छन्, तपाईँ अबसरको पक्षमा कि चुनौतिको ?

पोखरालाई मैले चुनौति होइन अवसरको रुपमा लिएको छु । मलाई आशा छ पोखराले मलाई सफल बनाउने छ ।

५. के के छन् अबसर र चुनौति ?

पोखरा पश्मिाञ्चलको हवको रुपमा रहेको छ । १९१ नगरपालिका मध्ये पर्यटकिय रुपमा अव्वल स्थानमा पोखरा रही आएको छ । यहाँ गर्न सकिने धेरै संभावनाहरु छन । यसका अलावा यहाँका नगरवासीहरु, राजनैतिक नेतृत्व तथा समाजका अगुवाहरु समेत नगरको विकासमा एकै ठाउँमा उभिने हुँदा संभावना प्रसस्त छन भने चुनौतिका रुपमा संक्रमणकाल भएका कारण कानुनको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा जनताको बढ्दो आकाक्षांलाई संवोधन गर्ने कार्य चुनौतिपूर्ण देखिन्छ ।

६. तपाईँको कार्यकालसम्म हामीले पोखरालाई कुन रुपमा देख्न सक्छौं ? कुन कुन काम गर्ने योजना छ पोखरा बसुञ्जेल ?

यसमा नगरपरिषदले पास गरेका नीति तथा कार्यक्रम नै हो मैले कार्यान्वयन गर्ने भनेको । त्यसकारण नगरपरिषदले निर्दिष्ठ गरेको नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा अगाडि बढाउने कार्यले प्रश्रेय पाउने छ । यसको अतिरिक्त नगरको राजस्वको दायरा विस्तार गर्न एकिकृत सम्पत्तिकर लगाउने, सरसफाइलाई विशेष जोड दिने लगायतका कार्यलाई अगाडि बढाउने सोच छ ।

७. आउनेबित्तिकै यहाँले पनि पुरानै प्रचलन जस्तो कार्ययोजना सार्वजनिक गर्नुभएको छ, ति कार्ययोजना भित्र के के समेट्नुभएको छ ?

नगरपरिषदले पास गरेको नीति तथा कार्यक्रमलाई नै कार्यान्वयन गर्ने हुँदा पुरानो जस्तो देखिएको हो ।  ऐन, नियम, निर्देशिका लगायत कार्यविधिहरुको पालना मार्पmत उत्तरदायी स्थानीय सरकार निर्माण तर्पm जनमानसमा अनुभुति हुने गरी कार्य सम्पादनलाई जोड दिइ अगाडि बढाउने लगायतका कार्यहरु रहेका छन् ।

८. यि योजनाहरु अलि अमुर्तजस्तो भएनन् र भन्या ? यसरी योजना बनाउँदा त कार्यान्वयन हुने हो कि होईन भन्ने नै टुंगो हुँदैन त ।

होइन मलाई त त्यस्तो लाग्दैन । अघि सारिएका योजना मुर्त नै छ । सुरुमा शंका नगरौँ भन्ने लाग्छ मलाई ।

९. यति धेरै चुनौतिका बाबजुत पनि तपाईँका योजनाहरु पूरा होलान् ?

सवैको सहयोग र साथ रहने हुँदा योजनाहरु पुरा हुने कुरामा म विश्वस्त छु ।

१०. पोखरालाई सुन्दर सहरको रुपमा सबैतिर चर्चित छ, तर यो सुन्दरता जोगाउन उत्तिकै चुनौति पनि छ, यहाँको छाडा चौपाया, फुटपाथ नियन्त्रण, फोहोरमैला ब्यवस्थापन, होर्डिङ बोर्ड ब्यवस्थापन लगाएतका विषय बढी चुनौति बनेका छन् यसलाई सम्बोधन हुने कार्ययोजना छ ?

कार्ययोजना बनाएर कार्य अगाडि बढाइने छ ।

११. मापदण्ड कार्यान्वयन खासगरी पोखराको टड्कारो चुनौति हो, त्यसमा पनि भवन उचाई मापदण्ड अहिले बढी देखिएको छ, मापदण्ड कार्यान्वयन गर्न सकिन्छ ?

मापदण्ड कार्यन्वयन गरी अघि बढ्नुको विकल्प छैन ।

१२. पोखराको बिकास गर्न कसको भुमिका के हुन सक्छ ? कुनै खाका बनाउनुभएको छ ?

पोखराको समग्र विकासको खाका नगरको कार्यकारीले मात्र तय गर्ने कुरा होइन । कानुनले जनप्रतिनिधि विहिनताको अवस्थामा कर्मचारीवाट नगरपालिका सञ्चालन गर्ने जिम्मा दिएतापनि पोखराको खाका कोर्ने कार्य राजनीतिक पार्टी प्रतिनिधिकै हो । उहाँहरुसंगको सल्लाह सुझाव अनुसार नै अघि बढ्ने हो । त्यस्को अतिरिक्त स्थानीय स्वायत्त शासन ऐनले दिएको अधिकार भित्र रही आवधिक योजना तयार गर्ने र सोही अनुसार अघि बढ्ने सोच छ ।

१३. पछिल्लो समय गाभिएका १० वटा वडाहरुको विकासका लागि के छ योजना ?

पोखरामा पछि थप भएको १० वटा वडाहरुमा संस्थागत विकास योजना निर्माण गरी सोही बमोजिम कार्य गरिने छ । यसको लागि नगरको आवधिक नगर विकास योजनामा आम नगरवासीको सहभागिता सुनिश्चित गरी नगरपालिकाको लागि आवश्यक संरचाना पु¥याउने तर्फ विशेष ध्यान दिईने छ ।

१४. तपाईको पोखरा बसाँइ सकरात्मक र सफल रहोस् शुभकामना छ । अन्त्यमा ?

धन्यवाद । मलाई मेरो कुरा राख्ने मौका उपलव्ध गराउनु भएकोमा । अन्त्यमा म भर्खरै यस उपमहानगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न आएको छु । यस अवस्थामा आमनगरवासीको चाहना अनुरुप नगरका गतिविधिहरुलाई दिशानिर्देश गर्नु मेरो जिम्मेवारी हो र यस कार्यमा सम्पूर्ण राजनीतिककर्मी, सञ्चारकर्मी, समाजसेवी तथा सम्पूर्ण नगरवासीको साथ र सहयोग रहने छ  भन्ने आशा र विश्वास लिएको छु ।

उदार लायन
धन बस्नेत

पसलको कुर्चीमा बस्दा एउटा चिठी टेवलमा आईपुग्छ । टेबलमा आएको चिठीलाई खोलेर अध्ययन गर्छन् । चिठीमा आर्थिक सहयोग गर्ने बारेमा उल्लेख छ । चिठी पढेपछि हार्डवेयर एण्ड पेन्ट्सका निर्देशक दिपक श्रेष्ठ मन्द मुस्काउ“छन् । चिठी ल्याउनेप्रति उदार बन्दै आर्थिक सहयोगको गा“ठो फुकाउ“दै प्रतिबद्धता जनाउ“छन् । आर्थिक सहयोगको प्रतिबद्धता पाएपछि पत्रवाला मुहारमा खुशी लिएर फर्किन्छन् ।

‘हामी सेवा गर्छौ’ लायन्स क्लबको मुल मन्त्र हो । त्यही मन्त्रलाई आत्मसात गरिरहेका छन् । सहयोगको लागि आउने दिनहु“ हुन्छन् तर सहयोग माग्न आउनेलाई खालीहात फर्काउदैनन् । ‘वेट’ हेरेर सहयोगको प्रतिबद्धता जनाउ“छन् । लायन्समा छिरेको डेढदशकभन्दा बढी समय वित्यो । सेवाको भावनाले छिरेका श्रेष्ठले ५० लाखभन्दा बढी विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरिसकेको तथ्यांक सुनाउ“छन् । ‘लायन्स भएकै कारण पनि सहयोग माग्न आउ“छन्’ उनी भन्छन्—‘अरु पनि आउ“छन् सबैलाई धेर थोर दिने गरेको छु ।’

लायन्समा रहदैं गर्दा वाणिज्य संघ तर्फ उनको अग्रसरता बढ्यो । वाणिज्य संघको प्रवेशले लायन्सलाई ओझेलमा राखे । एक दशक गुमनाम बनिदिए । तेजेन्द्र बजिमयले पोखरा उद्योग वाणिज्य संघको सदस्यमा जर्वजस्ती दर्ता गराईदिए । दुई कार्यकाल सदस्य र दुईकार्यकाल क्रमश द्धितीय र प्रथम उपाध्यक्ष बन्दै पा“चौ कार्यकालमा पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्हाले । उद्योग वाणिज्य संघले लायन्सलाई उनले चटक्कै छोडे । संघको कार्यभार छोडेपछि फेरी साथीभाइको आग्रहमा लायन्समै पाईला फर्कियो । अनि शुरु भयो सामाजिक सेवा भाव ।

लायन्समा निरन्तर लाएको प्रतिफल अहिले पाएका छन् । लायन्सको ३२५ बी१ को पहिलो गर्भनर हुन भने अहिले मल्टिपल चियर पर्सनको कार्यभार सम्हालिरहेका छन् । लायन्स क्लब अफ पोखरा लेकसिटीको अध्यक्ष जिम्मेवारी सम्हालेको तीन वर्षपछि डिष्ट्रिक जोन चियर पर्सनमा आफुलाई क्वालिफाईड बनाए । त्यसपछि २०१०—०११ मा सेकेण्ड भाईस डिष्ट्रिक गर्भनर ०११—०१२ मा फष्ट भाईस डिष्ट्रिक र ०१२—०१३ मा डिष्ट्रिक गर्भनर बने । अहिले मल्टिपल चियर पर्सन ।

चितवनमा रह“दा जेसिजको सदस्य बनेका थिए । पोखरा आउ“दा जेसिजको सदस्य सार्न नपाएको गुनासो मनभरी अझैं छ । पोखरा जेसिजले छ महिनासम्म अस्थायी सदस्य दिने र सक्रियता देखाएपछि मात्रै स्याथी सदस्य दिने प्रचलनले सदस्यता त्यसै विलायो । ‘पोखराको सराङकोटमा प्रोजेक्ट सञ्चालनमा थियो । प्रोजेक्टमा उपस्थिति हुन सक्ने अवस्था थिएन् । भर्खरै पोखरा आएर काम गरेकोले पनि प्रोजेक्टलाई भन्दा बढी प्राथमिकता कामलाई दिए ।’ त्यसैले जेसिजको मेम्बरसिप पाईन् । जेसिज त्यत्तिकै छाडेपछि लायन्सको बाटोमा उनको पाईला सरेको थियो ।

सामाजिक सेवाको भाव पोखरा आएपछि अझ बढी मौलायो । चितवनमा अध्ययनरत रहदा“ नारायणगढ युथ क्लबको संस्थापक सदस्यदेखि अध्यक्ष बन्दासम्म मनभित्र सहयोगी भावनाको अंकुर पलाएको थियो । त्यसलाई पुरा गर्ने अवसर पोखरामा मिल्यो । चितवनबाट काम सिक्न पोखरा छिरे । पोखरामा उनको संगत लायन योगेन्द्रलाल प्रधानसित भयो । प्रधानस“ग काम सिक्ने मात्रै नभई लायन्स सम्बन्धी जान्ने र बुझने अवसर समेत जु¥यो । तर लायन्समा प्रवेश गराउने जस भने पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठलाई दिन्छन् । ‘लायन्समा आवद्ध गराउन कृष्णमोहन श्रेष्ठले सहयोग गर्नुभयो ।’ लायन्समा प्रवेश गर्दाको पहिलो अनुभव सुनाए । लायन्स क्लब अफ पोखरा लेकसिटीमा सदस्यमा आवद्ध भएपछि सामाजिक क्ष्ँेत्रमा सक्रियता अझ बढ्यो ।

१९९४ मा लायन्समा प्रवेश गरेको मिति सम्झिए । ५५ वर्षको उमेरमा आईपुग्दा श्रेष्ठले लायन्सको सर्वोच्च पद गर्भनरदेखि मल्पिटल चियर पर्सन समेत बनिसके । सेवाको भावनालाई सार्वजनिक गर्दा सबैभन्दा बढी आत्मसन्तुष्टी मिलेको सुनाउन पछि पर्दैनन् । थप्छन—‘अन्धोपन निवारण कार्यक्रमको लागि गरिएको कार्यक्रम जीवनमै महत्वपूर्ण पाटो हो । त्यो कार्यक्रमले कहिल्यै नपाईने सन्तुष्टी दिलायो ।’ मोतिया विन्दु भएका सर्वसाधारणको अप्रेशनबाट आ“खाको ज्योति फर्कियो । संसार देखाउन पाएको सन्तुष्टी लायन्स भन्दा बाहिर नमिलेको बास्तविकता सुनाउ“छन् । लायन्सबाटै २५ करोड बजेटको दादुरा रुवेला खोप अभियान समेत सञ्चालित छ । ३२५ बी १ ले गण्डकी धौलागिरी, काठमाडौंका केही गाविसलाई समेट्छ ।

लायन आफैंमा उदारवाद हुनुपर्छ । उदारवाद, र नैतिकवान नहुने लायन्समा आवद्ध हुनुको औचित्य पनि छैन् । लायन्सको यथार्थ भाव सुनाउन पछि पदैनन् । समय दिन नसक्नेले लायन्सको सदस्य लिएर अर्थपनि राख्दैन् । लायन्समा हुदा“ रमाईलो र अविष्मरणीय घटनाको समेत अनुभव स“गाले । परिवार नियोजनको क्याम्प सञ्चालन गर्दा अस्थायी परिवार नियोजनको सा“धन समेत वितरण गरियो । साधन लिन सर्वसाधारण निकै लजाउ“थे । अगाडि आउन रुचाउ“दैनथे । पुरुषको बन्ध्याकरण गर्ने बेलामा नसा निकालेर काट्ने क्रममा निकै त्रसित बनेपछि चिकित्सकले नसलाई भित्रै हालेर सिलाईदिए । अविवाहित युवक समेत बन्ध्याकरण गर्न आएका थिए ।

व्यापारिक कुर्सीमा नबसकेको समय पनि लामै भईसके छ । व्यापार भन्दा पनि बढी चासो अहिले लायन्सको छ । लायन्सको हरेक ठ“ाउमा हुने गतिविधिलाई नजिकबाट नियाल्दै आएका छन् । युवाहरुलाई अभिप्रेरित गर्न जनचेतनामुलक कार्यक्रमलाई निरन्तरतता दिदैं आएको छ । लायन्सकै कारण व्यवसाय सबै श्रीमतीको का“धमा थुपारेका छन् । ‘पारिवारिक दवाव र असहयोग भन्ने भएन् । त्यसले पनि लायन्सलाई अझ सामाजिक उत्तरदायित्व बनाउन उर्जा मिल्यो ।’ विजनेसमा भएको घाटालाई समेत था“ती राखेर मन फुकाए । ‘करोडौंको विजनेसमा गुमाएको छु । त्यस्तो सोचाई मनभित्र कहिलेका“ही उब्जिन्थ्यो । तर थर्ड सेन्सले लायन्समा नलागेको भए कहिल्यै नगुम्ने स्टाटस पाउने र बनाउने अवसर आउने थिएन ’ मनभित्रको यथार्थतालाई शब्द मार्फत उजागार गरे ।

लायन्स एकखालको सामाजिक सञ्जाल हो । लायन्सको सामाजिक सञ्जाललाई विजनेस प्रमोटको लागि उनले उपयोग गरेनन् । उपयोग गर्न नसक्नु आफनो कमजोरी ठान्छन् । ‘लायन्सप्रतिको नैतिकतालाई गुमाएर÷बेचेर विजनेस प्रमोट गर्न र फाईदा लुटिन ।’ आफनो कमजोरीलाई कुनै संकोच नमानी सुनाए—कतिले त्यसैलाई उपयोग गरेर विजनेसलाई फष्टाए । त्यो उसको व्यक्तिगत विचार हो तर मैले मेरो हकमा भने गर्न सकिएन र चाहिन पनि ।’

बीसजना लाईट माईन्डेड युवाहरु मिले नया“ लायन्स क्लबको दर्ता गर्न सकिन्छ । अर्को लायन्स क्लबले स्पोन्सर गर्नुपर्छ । स्पोन्सर नगरेको अवस्थामा दर्ता स्वीकार्य हुदैन् । युवाहरु लायन्समा आउनुपर्नेमा जोड उनको छ तर लायन्सको नाममा फाईदा लुट्ने प्रवृत्तिले छिर्नु हुदैन् । ‘स्वार्थरहित भावनाले सदस्य लिनुपर्छ ।’ तर अहिले सेवाभन्दा पनि लाभको दृष्टि बढी देखिदैं आएको छ । लायन्सको कोड अफ कन्डक्ट बुझेर मात्रै प्रवेश गर्न सुझाव दिदैं आएका छन् । उनले गर्भनर छोड्दा लायन्सका एकसय आठ क्लब थिए । मल्टिपल चियर पर्सनको नौ महिना बा“की रहदा“ एकसय ३० क्लब बनिसकेको छ । ४२ वर्ष अघि नेपाल भित्रिएको लायन्समा तीनहजार पा“चसय सदस्य आवद्ध छन् । नेपालभर १२ हजार लायन्स सदस्य छन् । विश्वमा साढे १३ लाख सदस्य छन् ।

मल्टिपल चियर पर्सन रह“दै गर्दा नेपालमा ५७ राष्ट्रको सम्मेलन ‘ईशाम्य एरिया फोरम’ हुदैं छ । डिसेम्बर २५ मा हुने सम्मेलनमा दुईहजार पा“चसय प्रतिनिधि आउने छन् । जुन नेपालमा अहिलेसम्म भएको छैन् । यो निकै उपलब्धीपूर्ण भएको ठम्याउ“छन् ।

नर्सिङमा पढ्न नाम निकालें……
धन बस्नेत

गाउ“मा गोराहरु थुप्र्रै आउथे । ती गोरासग बोल्न भर्खरै जुगा“को रेखी बस्न थालेको ठिटो निकै तम्सिन्थ्यो । हाउ आर यु, ह्व्यर डु यु लिभ, ह्व्यर आर यु फ्रम जस्ता प्रश्न गोरालाई सोधिहाल्थ्यो । गोराले पनि रमाईलो मान्दै कहिले चकलेट र कहिले कापी दिन्थे ।

द्वन्द्वकाल भन्दा अघि कास्कीको कालिका गाविसको रोयल ट्रेकमा पदयात्रा गर्ने पर्यटकको घु“ईचोले कलिलो ठिटो टिकराम सापकोटालाई कालान्तरमा पर्यटन व्यवसायीको रुपमा पहिचान बनाईदिएको छ । माविस्तरीय पढाईको समयमा गाउ“मा आउने पर्यटक क्याम्पिङ गर्थे । साथीभाइ मिलेर टुटेफुटे अंग्रेजी बोल्दै गोरास“ग केही माग्थे । तर अहिले उनी गोरालाई नेपालको पदयात्रा क्षेत्र र पर्यटकीयस्थलको बारेमा जानकारी दिदैं ट्रेकिङमा पठाउन व्यस्त छन् ।

सरकार–माओवादीको १२ वर्षे जनयुद्धपछि पदयात्राको ओझेलमा परेको रोयल ट्रेक अहिले सुनसान जस्तै छ । ‘रोयल ट्रेकमा त्यतिबेला दैनिक दुईसयभन्दा बढी पर्यटक जाने गर्थे तर अहिले सुनसान जस्तै बनेको छ ’ सापकाटा सम्झन्छन– ‘होटल तथा लज थिएनन् सबै क्याम्पिङ बस्थे, गाउ“मा निकै चहलपहल हुन्थ्यो ।’

नौ वर्षकै उमेर थियो । १९८० को दशकमा बेलायती राजकुमार चाल्र्सले कालिका गाविस घुमेको । त्यतिबेलाबाटै रोयल ट्रेकले प्रसिद्ध बन्यो । १३÷१४ वर्षको उमेरमा आईपुग्दा पर्यटन तर्फ चासो बढेको उनको । ताल र हिमाल देखिने ड्यामसाईडमा फोनिक्स रिर्जभेसन शुरुवात भयो । पढाईको गतिलाई पनि धिमे अगाडि बढ्यो । ‘एसएलसी पछि गण्डकी अञ्चल नर्सिङ पढन् फर्म भरे । नाम पनि निस्कियो । तर आईकम पढ्न पिएन क्याम्पसमा गए’ उनले भने–त्यतिबेला केटाहरुले पनि नर्सिङ पढन् पाउथे । पछि हट्यो ।’

आईकम सकेपछि विकम भर्ना भए । त्यतिबेलासम्म आईपुग्दा पर्यटनस“गको सम्बन्ध अझ प्रगाढ बन्दै गएको थियो । ड्यामसाईडबाट गौरीघाटमा सरेर फुजियामा ट्रेकिङ दर्ता गरियो । पर्यटनमा आफनो पहिचान बढाउदै लैजाने क्रममा गाउ“घरका भाइभतिजालाई पोखरा झारे । यसले उनको पर्यटनको आकार पनि विस्तारै बढायो ।

क्याम्पसमा विकम पढने बेलामा पर्यटनको आकर्षण झा“गिसकेको थियो । भाइभतिजाहरुलाई पोखरा झरेर पर्यटनमा लागि सकेका थिए । गाउ“घर बनाउनुपर्छ भन्ने भावना थियो । त्यही भएर गा“उमा नवआर्दश देउराली परिषद गठन भयो । सामाजिक सेवाका काम शुरु गरें । शिक्षा स्वास्थ्य र पछिल्लो समय ग्रामीण युवाहरुलाई कम्प्युटर शिक्षा दिन विभिन्न दाताबाट कम्प्युटर सहयोग ल्याईयो । आमा एक्लै गाउ“मा बस्ने भएकोले पनि घरको एक्लो छोरो अन्यत्र भौतारिन सकिन् ।

पर्यटनमा लाग्दा धेरैले विदेश भासिन्छ भन्ने अडकल काटे । विदेशी केटी विवाह गर्छ । अब आउदैन् समेत भन्न थाले । आमाको मनभरी पीडा र चोट पुग्यो । बुवा नहुदा न्यास्रो लाग्थ्यो । यद्यपी घर व्यवहार सम्हाल्नुपर्ने बाध्यताले बेलायत गएर फर्किए । उनले विगतलाई कोट्याए–वि.कम पढ्दै गर्दा पर्यटन(ट्रेकिङ)ले स्वदेश विदेश शयर गरायो । तर कहिल्यै पनि विदेश बस्ने चाहना मनमा पलाएन् । एक्लै भएकै कारण पनि विदेशमा बस्दिन, विदेशी विवाह पनि गर्दिन भन्ने मनमा थियो ।’

पर्यटनमा नआएको भए उनी प्राध्यापन पेशामा हुन्थे होला । विभिन्न रिसर्च गर्दै प्रोजेक्टमा संलग्न हुने थिए । ‘सानैदेखि पढाउने बानी बसेको थियो, क्याम्पसको अध्ययन सकेर प्राध्यापनमै लाग्थे’ उनको भनाईमा सत्यता थियो । बुवा रविमोहन सापकोटा शिक्षक थिए । गाउ“मा एसएलसी पास गर्ने पहिलो व्यक्ति नै बुवा हुन् । त्यतिबेला माला लगाई घोडामा चढाएर गाउ“ घुमाएको सम्झेर आ“फुले पनि पढाउने मनस्थिति बनाएका थिए । वुवाले समेत प्रावि तहमा पढाए । एसएलसी दिएपछि गाउ“मै पुगेर विद्यार्थीलाई पढाउ“दा उनको रहर प्राध्यापनमा पनि थियो । तर पर्यटनले उनलाई दाया“बाया“ गर्न दिएन् । कास्कीको फेदीबाट १२ दिन हिडेर मुक्तिनाथ ट्रेकिङ गरेको क्षण सम्झदै भने—पर्यटनमा आ“ए भाइभजिलाई पनि ल्याए“ ।

बुवाको निधनपछि घरको सम्पूर्ण जिम्मेवारी का“धमा आईप¥यो । कालिका बस्दा प्रावि तहसम्म अध्ययन पुरा गरेर निमावि पढ्न बसाईसराई गर्दै ठूली स्वा“रा पुग्दा अत्यन्तै मिल्ने जुम्ल्याहा साथी विछोडको पीडा मनभरी सधैं रहिरह्यो । आफनै उमेरको दौंतरीस“ग छुट्टिएको अहिलेसम्म भेट भएको छैन् । विद्यालय पढ्न निकै सकस थियो । खाली खुट्टा हिडेर समेत पढियो । निमावि र मावि पढ्न जाने विद्यालयको दुरी आधा घण्टा बढी हुन्थ्यो । ‘अहिलेको जस्तो यातायात पनि थिएन् । जुत्ता लगाउने प्रचलन पनि कमै थियो । ड्रेस पनि थिएन ।’ स्कुले जीवन सम्झिए ।

‘स्कुल पढ्दा निकै चकचके स्वभाव भएकोले पनि अविष्मरणीय घटना घट्यो। चार कक्षामा पढ्दा घरमै पसल थियो । पसलबाट चकलेट, चिउरा चोरेर साथीभाइले दिन्थे । चोरेर खुवा“उदा हात भा“चियो ।’ स्कुले पढाई सक्दा उमेर पनि सानै थियो । जिउडाल पनि सानै थियो । सबैले भाइ भन्थे ।  एसएलसी दिएपछि क्याम्पस भर्ना नहुन्जेल गा“उमा फर्किए । गाउ“मा रहदा गणित, विज्ञान पढाउन थाले । नौ र दश कक्षामा पढ्ने विद्यार्थीलाई पढाउ“दा आफनो खर्च जुट्थ्यो  ।१५ वर्षकै उमेरमा एसएलसी पास गरेर क्यँपस पढ्ने रहरले पोखराकै पृथ्वीनारायण क्याम्पसमा भर्ना भए ।

वि.कम  अध्ययन पुरा गरेपछि पर्यटन व्यवसाय थाल्नुपर्छ भन्ने सोंच अझ प्रगाढ बन्यो । ड्यामसाइडबाट विस्तारै लेकसाइड तर्फ धकेलिन थालेपछि गौरीघाटमा साथीस“ग मिलेर फुजीयामा दर्ता गरें । त्यतिबेला जापानीज पर्यटक बढी भेटिन्थे । साथीले जापानीज भाषा जान्थ्यो । भिआईपी टुरिष्ट आउ“थे  । त्यही भएर जापानको हिमाल फुजीयामाको नाममा संस्था दर्ता गरिएको सम्झन्छन–संस्था दर्ता पा“चौ नम्बरमा गरेको हुनुपर्छ । त्यति धेरै दर्ता भईसकेका थिएनन् ।’ उनले गाउघरबाट पर्यटनमा छिराएका भाइभतिजा अहिले अमेरिका, बेल्जियम, जापान लगायतका मुलुकमा छन् । पढ्दै व्यवसाय चलाउ“दै गए“ ।’

एमविए अध्ययन गर्दा विवाह गर्नुपर्ने प्रस्ताव धेरै ठा“उबाट आयो । दशबाह्र ठा“उमा हेरियो । चित्त बुझेन् । विरौटास्थित अन्नपुर्ण पेट्रोल पम्पका सञ्चालक नविन बरालले मालेपाटनमा केटी देखाए । केटी हेरियो । यद्यपी निर्णय भने दिईन् । बरालले निर्णय दिन भने पछि नेपाल बन्दको समयमा सा“झ टिकाटालो अम्काए“ र विवाह गरे । स्कुल पढ्दा लभ गर्न प्रस्ताव लेटर आउ“थ्यो । त्यसप्रति खासै ध्यान दिईन । किनकि फुच्चे थिए“ । ज्यान पनि खिरिलो थियो ।

पर्यटन अहिले उनको नसामा छ । अडिटर्स पनि हुन् । द्वन्द्वकालबाट पर्यटनमा परेको नकरात्मक असरले पलायनको स्थितिसम्म पु¥यायो कतिपयलाई । तर उनले विभिन्न संसघसंस्थाका लेखा परिक्षण(अडिटर्स)को कामलाई समेत साइड विजनेस बनाए । यसले पनि जीवन चलाउन व्याकअपको भूमिका खेल्यो । दुई सन्तानका पिता सापकोटा पर्यटन क्षेत्रमा अब्बल मानिन्छन् । विना निर्वाचन तीन कार्यकाल तत्कालिन ट्रेकिङ एजेन्ट्स एशोसियन अफ नेपाल(टान)को महासचिव बने । त्यसपछि अध्यक्षको कार्यभार सम्हाले । पोखरा पर्यटन परिषदको नेतृत्व समेत सम्हाल्दै पोखराको पर्यटन प्रवद्र्धन गर्न विभिन्न प्रोजेक्ट भित्रयाए । अहिले नेपाल पर्यटन बोर्डको केन्द्रीय सदस्य रहदै पोखराको प्रवद्र्धनमा गर्नमा जुटिरहेका छन् ।

विदेशको सीप, स्वदेशमा उपयोग
धन बस्नेत

गुरुङको छोरो । घरपरिवार र समाजले लाहुरे बन्नुपर्छ सुझाव र दवाव दिईरहन्थे । सुझाव र दवाव मान्दा भर्ती हुन पनि गए तर फाईनल प्रतिस्पर्धामा सपना भने तुहियो । लाहुरे हुने सपनालाई सधैको लागि त्यागे । अनि हान्निए विदेश ।

भर्ती नभएका युवा विदेश जानुपर्ने अर्को दवाव थियो गुरुङ समुदायमा । सके भर्तीहुने नभए विदेश जानुपर्ने बाध्यतासँगै उनले पनि एकदशक विदेशमा भासिए । वर्षौ अघि भर्ती हुने र विदेश जानुपर्ने प्रावधान  अहिले पनि कायमै छ । कास्कीको पुम्दीभुम्दी गाविसको कालावाङमा जन्मिएका ४४ वर्षिय लोकबहादुर गुरुङ आफनो संघर्षको पाना पल्टाए ।  ‘भर्ती हुन पनि गएँ तर फाईनलमा निकालिएँ’ भर्ती हुन जादाँका अनुभूति प्रष्टाए—‘त्यसपछि भर्तीहुन छाडेर विदेश प्रस्थान गर्ने मनस्थिति बनाए ।’

भर्खरै लक्का जवान भईसकेको थिएँ । २० वर्षको हुँदो हुँ । अध्ययनको शिलशिला चलिरहेको थियो । डिप्लोमाको अध्ययनताका उनी जापान हानिए । सामान्य परिवार भएकै कारण पनि पैसा कमाउनुपर्छ भन्ने मानसिकताले विदेश जानुपर्ने बाध्यता उनी समक्ष थियो । ‘सामान्य परिवार भएकोले पनि भर्ती हुने र विदेश जानुपर्ने बाध्यता थियो ।’ उनी विदेश यात्रालाई यसरी अर्थयाए ।

जापानमा उनी रोजगारको लागि गए । शुरुमा केही न्यास्रो मनभित्र लाग्यो । रेष्टुरेण्टमा काम पाए । इमान्दारिताले उनलाई नयाँ सिक्ने अवसर पनि दिलायो । शुरुमा किचन हेल्पर भए । पछि वेटर बन्न पुगे । वेटरपनि रेष्टुरेण्ट नै हेण्डलिङ गर्नको लागि इन्चार्ज बनाईदिए । ‘एउटै रेष्टुरेण्टमा दशवर्ष काम गरे ।’ इमान्दतारिता भएको प्रष्टिकरण दिदैं भने—‘छोड्छु भन्दा पनि छोड्न दिएनन् । घर फर्किन्छु भन्दा उल्टै तलब बढाईदिन्थे ।’

सन १९९१ जापान प्रस्थान गरे । २००१ मा फर्किए । दशवर्ष विताउँदा केही कुरा सिकेर फर्किए । केवल रोजगार मात्रै नभई सीप सिकेर स्वदेशमै गर्नुपर्छ भन्ने लाग्यो । एकवर्ष आराम गर्दैमा वित्यो । त्यसपछि विवाह गरे । घरजम गरेपछि विदेशी सीपलाई उपयोग गर्नुपर्छ भन्ने मनमा थियो । अनि थाले पोखराको चिप्लेढुंगामा आल्मोण्ड्स क्याफे ।

आल्मोण्ड्स क्याफे पोखराको लागि नयाँ नाम भने होईन् । २०५८ सालमा शुरुवात गरिएको थियो । जतिबेला नेपालमा चरम संकटको अवस्थाको थियो । लगानी लगाएपछि निरन्तरता दिनु नै ठूलो कुरा थियो । धैर्यताको फल अहिले पाएको जस्तो अनुभूति उनले गरिरहेका छन् । जापानको रेष्टुरेण्टमा उनले पकाउनेदेखि भाडा माझ्नेसम्म जाने । ‘जापानमा सिकेको सीपलाई स्वदेशमा उपयोग गरिरहेको छु ।’ उनी सम्झिन्छन्— ‘व्यवसाय थाल्दा शुरुमा साहुले पनि भाडाँ माझ्छ रे भन्दै हेर्न आउँथे ।’ काम ठूलो र सानो हुदैन् । कामको सम्मान गर्नुपर्छ ।

जापानमा सँगै रहेपनि रोजगारी फरक रहेको गौतम उदास उनको व्यवसायिक पार्टनर हुन् । उदासले जापानमा डिपार्टमेन्ट स्टोरमा काम गर्थे । रेष्टुरेण्टमा आउथे सँगै बसेर खाना खाइन्थ्यो । लामो समयको बसाईपछि दुवै फर्कियौं । स्वभाव शान्त थियो । स्वदेश फर्किएपछि केही गर्नुपर्छ भन्ने भावनाले दुवैलाई पिरोलिरहन्थ्यो । त्यसपछि दुवैले रेष्टुरेण्टमा हात हाल्ने निर्णयले स्थापित भयो अल्मोण्ड्स क्याफे ।

संकटकालिन अवस्था थियो २०५८ सालमा । संकटकालिन अवस्था त्यसमा पनि तलामा राखेर व्यवसाय सञ्चालन गर्न कठिन थियो । लोकेसन निकै राम्रो थियो । ‘शुरुमा थोरै लगानीमा व्यवसाय थाल्यौं ।’ उनी भन्छन्—‘छ वर्षपछि शाखा विस्तार ग¥यौं पोखराको लेकसाईडमा ।’ रेष्टुरेण्ट सर्वसाधारणको प्रत्यक्ष सरोकार र सम्बन्ध विस्तारको लागि सहज र अपजस व्यवसाय हो । त्यही भएर उनी सधैं गुणस्तरीय सेवाको लागि आफैं धस्सिने गरेका छन् । रेष्टुरेण्टमा काम गरेकै कारण उनमा आत्मविश्वास थियो । रेष्टुरेण्टको कामदेखि व्यवस्थापनसम्म सबैको पारंगत हुन् । ‘रेष्टुरेण्टमा उनले १२ घण्टा भन्दा बढी विताउँछन् । घरपरिवारको दवाव छैन् । फुर्सदको समय परिवारसँग विताउछु ।’ उनले दैनिकी सुनाए ।

‘तीन तलामाथि व्यवसाय थाल्दा धेरैले मुर्ख समेत भन्न भ्याए ।’ उनले १२ वर्षअघिको वाणीलाई सम्झिए—आत्तिनु हुदैन् । छोटो समयमै कमाउनुपर्छ भन्ने भावना पनि लिर्ईएन् । सेवा सुविधा र खानामा गुणस्तरीयता ध्यान दियौं ।’ उनी सधैं रेष्टुरेण्टमा छिर्ने ग्राहकलाई सन्तुष्टि दिनुपर्छ भन्ने विषयमा मात्रै घोत्लिने गरेका छन् । व्यवसायबाट उनी निकै सन्तुष्ट छन् । यद्यपी संकटकालिन अवस्थामा पाएको दुख पीडा भने मनभरि छ । उनी सम्झन्छन्—‘नौ बज्न नपाउँदै बन्द गर्न दवाव दिन्थे । त्यसले निकै समस्या हुने गरेको छ ।’

१९ दिने जनआन्दोलनले व्यवसाय चौपट बनाउँदा मनमा निकै तनाव सृजना भएको थियो । बन्द र हडतालले प्रत्यक्ष असर । ‘तर पनि विचलित भने भईएन् ।’ कतिपयले धान्न नसकेर विलीन भएको उदाहरण पनि छन् । पछिल्लो समय प्रशासनले चलाएको मापसे अभियानले पनि व्यवसायलाई धक्का लागेको छ । परिवार नै खाएर आउने परिपाटी बस्दै थियो । घरमा गर्नुभन्दा रेष्टुरेण्टमै क्यादरिङ गर्ने परम्परा बस्दै आएको थियो । ‘प्रशासनले मापसे चेकिङ कडाई गरेपछि क्यादरिङको अवस्था ह्वात्तै घट्यो ।’ उनी बताउँछन् ।

संकटकाल, जनआन्दोलन, मापसे चेकिङबाट गुज्रिदा राजनीतिक दलले आफनो स्वार्थसिद्ध मजदुरलाई भड्काउने प्रवृत्तिले पनि व्यवसायलाई निकै हानी पु¥यायो । कठिन परिस्थितिमा पनि संघर्ष गरिरहनुपर्छ भन्ने मनमा रहेकोले उनलाई जटिल समस्याको रुपमा देखिएन् । काम गर्ने स्टाफ सबै परिवारिक बातावरणमा काम गरिरहेको उनको बुझाई छ । भन्छन््—‘एउटै परिवार जसरी काम गरेका छौं । मजदुर आन्दोलनले स्टाफलाई भड्काउने मात्रै काम गरे । शोषण र दमन गरेको भए हामीलाई भन्नुपर्ने थियो तर स्टाफले कहिले गुनासो गरेका छैनन् । ‘कर्मचारीलाई टर्चर दिदाँ व्यवसाय नै बन्द गरेर हिड्यौं जस्तो पनि हुन्थ्यो ।’ मनभित्र गुम्सिएको यथार्थलाई बाहिर ल्याउँदै भने—‘नेताको पछि हिडाउँदा कतिपय स्टाफले रोजगारी नै छाडे ।’

आल्मोण्ड्स क्याफेलाई नेपालका विभिन्न शहरमा विस्तार गर्ने लक्ष्य छ । तर समय दिन नसक्ने भएकोले पनि मनभित्र खुम्चिनुपर्ने बाध्यता छ । साथीभाइ स्वदेशी विदेशी पर्यटकको गुणगानले पनि आल्मोण्ड्सको प्रचार प्रसार भईरहेको छ । कतिपय पर्यटक खानको लागि मात्रै नआई खानको परिकार कसरी बनाउने भन्ने बारेमा पनि जानकारी लिएर फर्किने गरेका छन् । खानको रेसिपी बनाउन सिकाईदेउ भन्दै आउने पर्यटक पनि प्रशस्तै छन् । विशेष गरी जर्मनी, जापानीज, अमेरिकन, अष्टे«लियन चाईनिज पर्यटकहरुले रेसिपीको बारेमा सिक्न आउने गरेका छन् ।