Abiskar News Daily.... » Uncategorized

फेवा किनारमा योगा
धन बस्नेत, पोखरा ।

छेवैमा फेवाताल छ । मुल सडकमा मानिस आफनो ध्यानलाई एकत्रित गरिरहेका छन् । बाराही घाटबाट तालबाराही मन्दिर जाने भक्तजन भने अर्को बाटोबाट हिडेका थिए । टिकट काउन्टर अगाडिको खुला सडकलाई योगासनस्थल बनाईएको थियो । सानो बाटो भने सर्वसाधारण भक्तजनको लागि छोडिएको थियो । त्यही बाटो भएर सर्वसाधारण भने डुंगामा चढेर मन्दिर दर्शन गरेर फर्किएका थिए ।

सडकसँगै तालमा पनि योगासन गरियो । दुईवटा डुंगा जोडेर बनाइएको छतयुक्त व्यवस्थित डुंगामा पनि योगा गरिएको थियो । योगाले सबैको ध्यान खिचिरहेको थियो । वरिपरी सर्वसाधारण अचम्म मान्दै हेरिरहेका थिए । खुल्ला चौरमा शान्त बातावरणमा हुदैं÷गरिने योगा कार्यक्रम आईतबार फेवाताल किनारको सडकमा आयोजना गरिएको थियो । सबैले बस्ने आफनै खाले म्याटको प्रयोग गरेका थिए । म्याट भन्दा मुनि पाल ओछ्याइएको थियो ।

पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा आईतबार योगा कार्यक्रम गरियो । दोश्रो अन्तराष्ट्रिय योगा दिवसको पूर्वसन्ध्यामा आर्ट अफ लिभिङ पोखरा केन्द्रले आइतबार फेवाताल किनार बाराहीघाटमा योगा कार्यक्रमको आयोजना ग¥यो । स्वदेशी र विदेशीको बाक्लो उपस्थिति थियो । आयोजकका अनुसार योगामा एकसय भन्दा बढीको उपस्थिति थियो । योगाबाट मानिसलाई कसरी शारिरीक तन्दुरुस्त बनाउने भन्ने वारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा आर्ट अफ लिभिङ पोखरा शाखाका योगा प्रशिक्षक सौमाया गुरुङ भट्टराइले सहभागीहरुलाई प्रशिक्षण दिइएकी थिइन ।

दोश्रो अन्तराष्ट्रिय योगा दिवस आगामी असार ७ गतेको दिन पोखराको बसुन्धरा पार्कमा बृहत योगा शिविर सहित विविध कार्यक्रम गर्ने आन्तरिक तयारी गरिएको छ । ‘पूर्व सन्ध्यामा आइतबार फेवा किनारमा योगा कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले जानकारी दिइन । योगामा सहभागी अष्टे«लियन नागरिक सन्नी फरफाइटले फेवाताल किनारमा योगा गर्दा प्राकृतिक सौन्दर्यतासंग वसेर योगा गरेको अनुभुति फरक किसिमको रहेको स्पष्ट पारिन् । उनका अनुसार ताल किनारमा शितल हावाको बहावसँगै गरिएको योगले मन शान्त बनाएको थियो ।

अग्नी पीडितका लागि लायन्सद्वारा जस्तापाता वितरण
आविष्कार संवाददाता

पोखरा । अग्नी पीडितका लागि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपालले जस्तापाता वितरण गरेको छ । मनकामना–७ लामडाँडा, स्याङ्जाका २० घर अग्नी पीडितलाई शनिबार एक कार्यक्रमका बीच जस्ता पाता वितरण गरिएको हो ।

१ लाख ५० हजार रुपैयाँ बराबरको २० बण्डल जस्ता पाता वितरण गरिएको कार्यक्रम संयोजक तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपालका पि.आर.ओ. मोहनबावु खड्काले जानकारी दिए ।

डिष्ट्रिक ३२५ बि १, नेपालका लायन्स क्लबहरु, पोखरा उद्योग वाणिज्य संघ र रत्न इम्पोरियमले राहत वितरणका लागि सहयोग गरेको संयोजक खड्काले जानकारी दिए । ‘सबैको साथ र सहयोगबाट राहत वितरण कार्यक्रम सफल भएको छ,’ उनले भने, ‘पीडितहरुकै घरमा पुगेर राहत वितरण गर्न पाउँदा हामी निकै हर्षित छौं ।’

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सिल चेयर पर्सन प्रेमबहादुर श्रेष्ठले बिपदको समयमा नेपालका लायन्स क्लबहरुले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । ‘अग्नी पीडितहरुका लागि तत्काल राहत प्रदान गरेर डिष्ट्रिक ३२५ बि १ ले प्रशंसनीय काम गरेको छ,’ श्रेष्ठले भने ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि डिष्ट्रिक ३२५ बि १ का इलेक्टेड प्रथम गभर्नर धनराज आचार्यले बिपदमा परेकाहरुलाई राहत वितरण गर्न आफूहरु सधैं सक्रिय हुने बताए । कार्यक्रम संयोजक मोहन बाबु खड्काको सभापतित्वम आयोजित कार्यक्रममा चण्डि अर्याल, अमृत कुमार श्रेष्ठ, डिल्लीराम चापागाईं, कविता गैरे, तीर्थलाल श्रेष्ठ लगायतले बोलेका थिए ।

‘रंगशालभित्र शौचालय निर्माण गरिने’
पोखरा-पोखरा रंगशालामा सार्वजनिक शौचालय नै छैन् । खेलाडीको लागि अत्यावश्यक शौचालय नहुदाँ झ्याङ खोज्दै कुनेटोमा शौच गर्नुपर्ने बाध्यता छ ।

हुन त फुटबलको लागि छुट्टै शौचालय छ । व्याडमिन्टनको लागि छुट्टै नै छ । क्यान्टिनमा पनि व्यवस्था छ । कार्यालय परिसरमा शौचालय छ । भएका शौचालयहरु तालाबन्दीमा रहने गर्छन् । केवल कार्यालयको शौचालय मात्रै खुला हुन्छ । ती सम्बन्धीत खेल बाहेकका खेलाडीको लागि शौचालय प्रयोग गर्न पाउने बातावरण नै छैन् । दिशा वा पिसाबको लागि सेती नदी किनारको डिलतर्फको झाडीमा लुक्नुपर्छ ।

खेलाडीहरुको बाध्यता बढ्दै गएपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले महिला र पुरुषको लागि छुट्टा छुट्टै शौचालय निर्माण गर्ने तयारीमा जुटेको छ । पोखरा रगंशालाभित्रै कार्यालय रहेकाले समितिले आफनै बजेटमा शौचालय निर्माण गर्न लागेको अध्यक्ष खगराज पौडेलले बताए । शौचालय नहुदाँ खेलाडीले दिशा र पिसाव फेर्न झाडीमा जानुपर्ने अवस्था रहेको थियो । समितिले करिव ६ लाखको लागतमा महिला र पुरुषका लागि छुटटाछुटटै नयाँ चार वटा शौचालय निर्माण गर्ने निर्णय गरेको हो । रगंशालाभित्र रहेको क्याटिन नजिकै शौचालय निर्माण गर्ने भएको हो ।

एथलेटिक्स ट्रयाक, शौचालय निर्माण र ट्रयाक निर्माणका लागी राष्ट्रिय खेलकुद परिषद् मार्फत क्षेत्रिय खेलकुद परिषद्बाट बजेट आइसकेको छ । आएको बजेट परिचालन गर्न आईतबार क्षेत्रीय खेलकुद विकास समितिको बैठक बस्यो । बैठकले शौचालयसँगै पोखरा रंगशालाको पोखरा रगंशालाको एथलेटिक्स ट्रयाक मर्मत गर्ने निर्णय समेत गरेको छ ।

करिव २६ लाख रुपैयाँको लागतमा मर्मत गर्ने भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । समितिको आइतबार बसेको बैठकले ट्रयाकमा सुर्की(इटटाको धुलो) हाल्ने निर्णय गरिएको हो । पोखरा रगंशालाको फुटबल मैदान वरिपरी रहेको ट्रयाक चारसय ५6 मिटर रहेको छ ।

समितिले पोखरा रगंशालाको पश्चिम पटटी(सेती नदी किनार)मा फुटट्रयाक निर्माण गर्ने उल्लेख गरेको छ । रगंशालाको अन्य क्षेत्रमा भूपू खेलाडी मञ्चले यसअघि फुटट्रयाक निर्माण गरेको भएपनि सेती नदी किनार तर्फ खाली रहेकाले खेलाडीलाई हिडन सहजहोस भन्ने हेतुले ट्रयाक निर्माण गर्ने निर्णय भएको अध्यक्ष पौडेलले बताए । फुटट्राक पश्चिम साइडको करिव ३ सय मिटरमा निर्माण गर्ने तयारी सुरु भएको छ ।

सागमा पदक विजेता खेलाडीलाई सम्मान
आविष्कार संवाददाता

पोखरा

सागमा पदक विजेता खेलाडीलाई पोखरामा सम्मान गरिएको छ । कास्कीबाट विभिन्न खेलमा सहभागित भई पदक विजेता खेलाडीलाई जिल्ला खेलकुद विकास समिति कास्कीले शुक्रबार सम्मान गरेको हो । सम्मानको संयोजन क्षेत्रीय खेलकुद विकास समिति र तत्वावधान पोखरा उपमहानगरपालिकाले गरेको थियो ।

१२ औं सागको फुटबलमा नेपालले स्वर्ण पदक जितेको थियो । स्वर्ण पदक जित्ने नेपाली टोलीमा पोखराका मनबहादुर तामाङ र हेमन्त गुरुङ सदस्यका रुपमा थिए । त्यसैगरी उसुमा रजत पदक दिलाएकी झरना गुरुङ र महिला भलिबलमा कास्य पदक जितेका सदस्यत्रय मन्जु गुरुङ, अरुणा शाही र मनिषा चौधरीलाई पुर्व राष्ट्रिय बक्सिङ खेलाडी चित्रबहादुर गुरुङले नगदसहित सम्मानपत्रबाट सम्मानित गरेका थिए । मन्जु कास्की वर्ष महिला खेलाडीबाट समेत सम्मानित भईसकेकी छिन् भने शाही गत वर्ष गणतन्त्र दिवसको अवसरमा उत्कृष्ठ खेलाडीबाट सम्मानित भएकी थिईन् ।

उसुका प्रशिक्षक अरुण दत्त र भलिबल प्रशिक्षक कौशिला खत्रीलाई पनि सम्मान गरिएको थियो । खेलाडी तथा प्रशिक्षकलाई नगद १० हजार प्रदान गरिएको थियो । । कार्यक्रममा दुई वर्षपछि नेपालमा हुने १३ साग पोखरामा गर्ने सरकारलाई दवाव समेत दिने निर्णय गरिएको छ । कार्यक्रममा सभाषद सीता गिरी ओली, पोखरा उमपहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, पोखरा पर्यटन परिषदका पुर्व अध्यक्ष गणेशबहादुर भट्टराई, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ तथा कार्याल प्रमुख प्रकाश बराल लगायतले सम्बोधन गरेका थिए ।

पोखरा विमानस्थल निर्माणमा अर्थमन्त्रीको दृढता
पोखरा/पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण विरबलको खिचडी जस्तो बनाईएको छ । गफ बढी र काम कम गर्ने प्रवृत्ति राजनीतिक बृत्तमा देखिएपछि ४० वर्षसम्म क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको योजनाले मुर्त रुप पाउन सकेको छैन् । जग्गाको मुअब्जा विवाद समेत सल्टिसकेको अवस्थामा पनि सरकारी ध्यान नपुग्दा र स्थानीयस्तरबाट दवाव पु¥याउन नसक्दा अन्तराष्ट्रिय विमानस्थल बीरवलको खिचडी जस्तै बन्दै आएको छ । ३१ सय ६ रोपनीसँगै पछि थप गरिएको जग्गाको मुअब्जाको प्रकरण समेत टुगिंएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल र चीन सरकारको समेत प्राथमिकतामा परेको पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई अघि बढाउने दृढता व्यक्त गरेका छन् ।

संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबारको बैठकमा अर्थमन्त्री पौडेलले पोखरा विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजना तिव्र गतिमा अघि बढाइने बताए । ‘कुनै पनि राष्ट्रिय गौरवका आयोजना निर्माणलाई अब वीरबलको खिचडी हुन दिइनेछैन’ पौडेलले भने ।विसं २०३१ मा जापानको अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले सम्भाव्यता अध्ययन गरी तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरेको उक्त आयोजनालाई अघि बढाउने सन्दर्भमा २०६६ सालमा बल्ल चिनियाँ सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको थियो । विमानस्थलका लागि थप अधिग्रहण गरेको ५२१ रोपनी जग्गाको मुआब्जा दिने कार्य हाल ७० प्रतिशत सम्पन्न भइसकेको छ ।

विमानस्थल निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेको करिब २१ अर्ब ६० करोडको २५ प्रतिशत निब्र्याजी ऋण सहायताका रुपमा प्राप्त हुनेछ । बाँकी ऋण सहायता चिनियाँ एक्जिम बैंकले दुई प्रतिशत वार्षिक ब्याजदरमा सात वर्षको थपसहित २० वर्षका लागि उपलब्ध गराउनेछ ।

आयोजना सञ्चालनसम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर हुने कार्य अन्तिम चरणमा पुगेको तथा चीन सरकारबाट यस सम्बन्धमा जानकारी आउना साथ एक साताभित्रै सहमति पत्रमा हस्ताक्षर हुने सम्भावना रहेको जानकारी दिइएको छ ।

वित्तीय सम्झौता तयारीको चरणमा

चिनियाँ पक्षबाट ऋण प्राप्त गर्नका लागि वित्तीय सम्झौता तयारीको चरणमा रहेकाले उक्त सम्झौताका लागि प्राप्त हुने मस्यौदालाई मन्त्रिपरिषद्ले अनुमोदन गर्नासाथ ऋण प्राप्त गर्न सम्झौता हुने अर्थमन्त्री पौडेलले जानकारी दिए ।चालीस वर्षअघि निर्माणका लागि प्रयास प्रारम्भ भएको उक्त आयोजना निर्माणका लागि सरकारका तर्फबाट आगामी माघ १६ गते शिलान्यास गर्ने तयारी भइरहेको बुझिएको छ । यद्यपी पर्यटन मन्त्री आनन्द पोखरेलले फागुन १३ मा शिलान्यास गर्ने उदघोष गरिसकेका छन । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले नेपाल र चीनबीच दौत्यसम्बन्ध कायम भएको ६० औं वर्षगाँठ मनाइरहेको अवसरमा चीन सरकारका तर्फबाट महत्वपूर्ण सहयोगको एउटा कडीका रुपमा विमानस्थल निर्माण कार्यका लागि सहयोग प्राप्त हुने प्रतिबद्धता प्राप्त हुने विषयमा कुनै समस्या नरहेकाले कूट्नीतिक पहलको आवश्यकता नरहेको जानकारी दिए ।

पर्यटन मन्त्रालयका सचिव दिनेश थपलियाले आयोजना निर्माण कार्य प्रारम्भ भएपछि पाँच वर्षमा पूरा हुने अनुमान गरिएको उक्त विमानस्थल निर्माणको दुई देशबीच ऋण सम्झौता हुनासाथ आगामी माघ १६ गते नै शिलान्याय गराउने सोचमा रहेको बताए ।अर्थमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले आयोजनालाई अघि बढाउने सिलसिलामा ऋण सम्झौता गर्ने कार्य छिटो होस् भनी चिनियाँ पक्षलाई निरन्तर घच्घच्याउने कार्य भइरहेको जानकारी दिँदै यस विषयमा मन्त्रालयबाट कुनै पनि विलम्ब गर्ने कार्य नभएको स्पष्ट पारे ।पछिल्लो पटक उपप्रधानमन्त्री कमल थापाको चीन भ्रमणको समयमा भएको भेटघाटमा चिनियाँ उपराष्ट्रपति र वाणिज्य सचिवले हामीलाई राम्रो जानकारी छ भनेर नामै लिएर पोखरा विमानस्थल निर्माणका बारेमा चर्चा गरेको उनले समितिलाई जानकारी दिए ।

१७ औं सडक महोत्सव सकियो
पोखरा /रेवान पोखराले आयोजना गरेको पाँच दिने पोखरा सडक महोत्सव शुक्रबार समापन भएको छ । ‘राजनीतिक तथा प्राकृतीक कारणले यसपटकको महोत्सव आयोजनामा विगतको भन्दा निकै चुनौतीपूर्ण थियो, तर हामीले अपेक्षा गरेको भन्दापनि राम्रो संग महोत्सव सम्पन्न भयो’– रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले भने ।

महोत्सव संयोजक दोर्जे लामाले पाँच दिने महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रायोजक, अवलोकनकर्ता, कार्यक्रममा सहभागि कलाकार तथा विभिन्न समिति उपसमितिमा रहि कार्य सम्पादनमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । अहिलेलाई अनौपचारिक तरिकाले सम्पन्न गरिएपनि पछि औपचारिक कार्यक्रमबिच महोत्सवको समापन गरिने संयोजक लामाले बताए ।

सडक महोत्सवको अन्तिम दिन शुक्रबारपनि विभिन्न साँस्कृतीक कार्यक्रमहरु सञ्चालन भए । तामाङको सेलो, तामाङ लामाद्धारा दिगो शान्तिको कामना सहित शान्ति ध्वनी, मगर जातिको कौडा नृत्य, गुरुङ जातिको छ्याडु नृत्य, र पन्चे बाजा अन्तिम दिन सडकमा गुन्जिएका थिए । बसुन्धरा पार्कमा राष्ट्रिय गायक प्रकाश सपुत, कृष्ण गुरुङ, कुमार पुन सहित स्थानीय कलाकारमा प्रजापति पराजुली , जिवन दाहाल, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ, शिवहरी ढुंगना, विजय केसी, केशव घिमिरे, सविता गुरुङ, रतिमाया खड्का, नेत्रपाणि बाँस्तोला लगायतका कलाकाहरुको प्रस्तुती रहेको रेवान पोखराका उपाध्यक्ष भिमसेन भुजेलले जानकारी दिए । भद्रगोल युनिटका कुमार कंटेल (जिर्की) र अर्जुन घिमिरे (पाँडे) लगाएतले हाँस्य कार्यक्रम प्रस्तुत गरे ।

खेलकुदतर्फ रस्साकसिमा गौरिघाट क्लव प्रथम हुँदै नगद रु १० हजार प्राप्त ग¥यो । दोश्रो भएको रत्नश्री समुहले नगद ७ हजार तथा तृतीय भएको लेक बृजले ४ हजार प्राप्त गरेको खेलकुद कार्यक्रम संयोजक हरि भुजेलले जनाए । विजयी समुहलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा लगाएतले पुरस्कार वितरण गरेका थिए । बिहिबार राति अंग्रेजी नयाँ वर्ष २०१६ को स्वागत गर्न बसुन्धरा पार्कमा हजारौं युवाहरु जम्मा भएका थिए ।

श्रीरामलाई टेनिस उपाधी
पोखरा /श्रीराम मगरले पोखरामा सम्पन्न १३ औं पोखरा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगितााको उपाधी जितेका छन । बुधबार सम्पन्न फाइनल खेलमा कमल भण्डारीलाई १–६, ७–५ र १०–७ को कठिन सेटमा पराजित गर्दै उनले नगद ५० हजार सहितको उपाधीमा आफ्नों नाम लेखाए ।

उप–विजेता बनेका भण्डारीले नगद २० हजार प्राप्त गरे । प्रतियोगितामा ३५ वर्षमा थिकै डबल्सतर्फको उपाधी आत्माराम कार्की र देवेन गिरीको जोडीले जिते । फाइनल खेलमा राजुश्रेष्ठ गोर्खा र चिरायुस जंगबहादुर थापाको जोडीलाई ७–५, ७–५ ले पराजित गर्दै आत्माराम जोडीले सो उपाधी उठाएको हो । जितसंगै विजेताले नगद रु १५ हजार तथा उपविजेताले नगद रु ७ हजार प्राप्त गरे । त्यस्तै ४५ वर्ष माथिको एकलतर्फ प्रदिप शाहले राजु श्रेष्ठलाई ४–६, ६–१ र १०–४ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । उनले नगद १५ हजार प्राप्त गरे भने उप विजेता श्रेष्ठले ८ हजार प्राप्त गरे ।

४५ वर्षमाथिको डबल्सतर्फ अनिल तुलाचन र धरमबहादुर लामिछानेको जोडीले बाजी मारे । उनीहरुले चन्द्र शाही र बिकास राणाको जोडीलाई ७–५, ६–३ ले पराजित गरे । प्रतियोगितामा विजेताले नगद १० हजार तथा उपविजेताले ५ हजार प्राप्त गरे । ५० वर्ष माथिको एकल फाइनलमा प्रदिप शाहले पृथ्वी थकालीलाई ६–०, ६–१ ले पराजित गरे । ५० वर्ष माथिको डबल्स तर्फ पृथ्वीमान गुरुङ्ग र पेमा टाँसिले राजेन्द्रसिंह भण्डारी र बिमल गुरुङ्ग जोडीलाई पराजित गर्दै प्रथम स्थान हाँसिल गरेका थिए ।

५५ वर्ष माथिको एकल तर्फ विदुर विष्टले पेमा टाँसिलाई ७–५, ७–५ ले पराजित गर्दै उपाधी जिते । त्यस्तै ५५ वर्ष माथिको डबल्समा कुमार मोहन बहादुर शाहि र बिदुर विष्टले प्रथम स्थान हाँसिल गरे भने बसन्त प्रधान र शान्तामान श्रेष्ठको जोडिले दोश्रो स्थानमै चित्त बुझाए । ६० वर्ष माथिको एकल उपाधी चेतन नोर्केलको पोल्टामा गयो। ९–७ मा पराजित डा.इन्द्रजित राई दोश्रा भए ।

प्रतियोगिताका विजेता खेलाडी तथा प्रतियोगिता आयोजनामा सहयोग पु¥याउने विभिन्न सहयोगीहरु लाई कार्यक्रमका प्रमुख अतिथि कुमार मोहनबहादुर शाही, नेपाली सेना पश्चिम पृतनाका निमित्त पृतनापति जसवन्त शमशेर जवरा, बरिष्ठ प्रशिक्षक शरद लामा लगाएतले ट्रफि तथा मायाको चिनो पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा दार्जलिङ्गबाट आएका खेलाडी पेमा टासी, प्रा.डा. इन्द्रजित राई, स्पिड वे फाउण्डेशनका राजु श्रेष्ठ लगाएतकोपोखराको टेनिस बारे चर्चा गरे ।

आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा संघका कोषाध्यक्ष बसन्त प्रधानले स्वागत, टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले धन्यबाद तथा सदस्य एवंसञ्चार संयोजक नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।

क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल शिलान्यास दुईमहिनाभित्र ‘पोखराको वैभवलाई लुम्बिनी र मुक्तिनाथसँग जोड्नुपर्छ’
धन बस्नेत,पोखरा /

पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारै पिच्छे मन्त्रीले शिलान्यासको मिति घोषणा गर्छन् । पोखरालाई पर्यटनको गन्तव्यस्थल बनाउनुपर्ने धारणा राख्दै अन्तराष्ट्रिय विमानस्थल निर्माण अपरिहार्य रहेको उल्लेख पनि नगरिएको होईन् । तर शिलान्यास भने अझै भएको छैन । सोमबार १७ औं पोखरा सडक महोत्सव उदघाटन गर्न आईपुगेका पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले पनि अन्तराष्ट्रिय विमानस्थलको शिलान्यासको मिति घोषणा गरिदिए । पोखराका पर्यटन व्यवसायीले खुशी व्यक्त गर्दै ताली पिटे । यसअघि अर्थमन्त्री रामशरण महतले पनि शिलान्यासको मिति घोषणा गरेका थिए ।

‘अबको दुई महिना भित्र फागुन १३ गते क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल शिलान्यास हुन्छ,’—मन्त्री पोखरेलले सडक महोत्सव उदघाटन गर्दै भने— ‘तीन वर्षभित्रमा निर्माण पुरा गरेर छोड्छौं ।’ उनले पोखरालाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउन पनि विमानस्थल अपरिहार्य रहेको उल्लेख गरे ।

पोखराको पर्यटन तराईको लुम्बिनी र हिमालको मुक्तिनाथसँग जोडिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विमानस्थल निर्माणले भारतीय वैष्णवलाई मुक्तिनाथ र चीनियाँ बौद्धिष्टलाई लुम्बिनी लैजान सहज हुने विश्वास व्यक्त गरे । ‘पोखराको वैभवलाई लुम्बिनी र मुक्तिनाथसँग जोडिनुपर्छ ।’ उनको भनाई थियो ।

आर्थिक विकासको मेरुदण्ड नै पर्यटन भएको उल्लेख गरे । उनले पर्यटनसँगै दोस्रो जलस्रोत, तेस्रोमा बन जंगल र चौथोमा उद्योग धन्दाको निर्माण गर्नुपर्नेमा जोड दिए । नेपालको पर्यटनको विकास विशेष गरी साहसिक÷टे«किङ, साँस्कृतिक÷धार्मिक, पर्यावरण पर्यटन विना सम्भव नहुने भन्दै त्यस क्षेत्रको लागि सरकारले विशेष चासो र पहलकदमी गरेको स्पष्ट पारे । ‘पर्यटनलाई शहरदेखि गाँउसम्म अब जोड्नुपर्छ ।’ उनको भनाई थियो ।

मन्त्री पोखरेलले पर्यटन प्रवद्र्धनको लागि राष्ट्रिय साँस्कृतिक संग्रहालय निर्माण गर्ने प्रतिबद्धता दोहो¥याए । एकसय २७ आदिबासी जनजाति, भाषाभाषी तथा धार्मिक रहेको नेपालको विविधतामा एकता भएको साँस्कृतिक अध्ययनको लागि पर्यटक आउने हुदाँ त्यसको लागि राष्ट्रिय संग्रहालय निर्माण गरिने बताए । ‘बोटानिकल गार्डेन समेत निर्माण गरेर कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्य सरकारले लिएको छ ।’ उनले भने—‘दरबारलाई संरक्षण गरेर राजदरबारको इतिहास देखाई अध्ययन केन्द्रको रुपमा विकास गर्न जरुरी छ ।’

संसदीय विकास समितिका सभापति एवं सभाषद रविन्द्र अधिकारीले अरु क्षेत्रको भन्दा पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण छिटो हुने प्रतिबद्धता गरे । क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले उत्तर र दक्षिणका पर्यटकलाई जोड्ने पुर्वाधारको अभाव रहेको उल्लेख गरे । विमानस्थल निर्माणको आयोजनालाई छिटो सम्झौता गरेर टुग्याउन आग्रह गर्दै प्रशासक अधिकारीले प्रकृति र मानव निर्मित पुर्वाधार पर्यटन प्रवद्र्धनको आधार रहेको बताए । उनले पोखराको चक्रपथ र मुक्तिनाथको गुरुयोजना सार्थकताको लागि विशेष ध्यान दिन समेत आग्रह गरे ।

निष्पक्ष छानविनको आग्रह
पोखरा

कास्की लेखनाथका कांग्रेस नेता रामजी पौडेल ‘वादल’ को हत्या गरी फरार भनिएका तीन अझै पक्राउ परेका छैनन् । गत विहिवार रातिको हत्यामा संलग्न भनिएका रवि केसी, प्रकाश गुरुङ र बिश्वास गौतम अझैपनि फरार छन् ।घटना लगतै शुक्रवार पक्राउ परेका राजु रानाभाटको बयानका आधारमा केसी, गुरुङ र गौतमको संलग्नतामा पौडेलको हत्या भएको थियो । घटना छानविनको लागि कांग्रेस लेखनाथका नगर सभापति राजेन्द्रमणी लामिछाने अहिले प्रहरी हिरासतमा छन् । फरार तीनै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । हत्याको चार दिन बितिसक्दा पहिचान भएका हत्यारालाई पनि प्रहरीले पक्राउ गर्न नसकेको कांग्रेसका एक नेताले बताए ।

कांग्रेसकै दुई गुठ देउवा र कोईराला पक्षबिचको बिबादले हिंसात्मक रुप लिएको स्वयं कांग्रेसकै नेता कार्यकर्ताहरु बताउछन् । देउवा पक्षका पौडेलको हत्या घटनाबारे कोईराला अर्थात् संस्थापन पक्षका भनेर चिनिएका सभासद् जीवन परियार भने गुण्डागर्दीलाई राजनितिक आबरण दिइएको आरोप लगाउछन् ।

सरकारका मुख्य सचिबलाई सम्मान गर्न मंगलवार पोखरामा आयोजित कार्यक्रममा राजनितिक प्रतिस्पर्धाकै आधारमा कांग्रेस नेताको हत्या भएकाले घटना छानविनको लागि एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले आग्रह गरे । ‘लोकतान्त्रिक पद्धतिमा जसलाई पनि स्वतन्त्र रुपमा राजनितिक प्रतिस्पर्धामा उत्रने अधिकार छ,’ उनले भने ‘ तर कास्कीमा राजनितिक प्रतिस्पर्धाकै कारण एक जना नेताको हत्या भएको छ ।’ निश्पक्ष छानविनको लागि स्थानिय प्रशासनलाई निर्देशन दिन उनले आग्र समेत गरे ।

त्यसपछि आफ्नो पालोमा बोल्न उठेका सभासद् जीवन परियारले घुमाउरो पारामा अहिले हिरासतमा रहेका लामिछानेको बचाउ गरे र सञ्चारमाध्यम र पत्रकारलाई उल्टै चुनौती दिए । संस्थापन पक्षका मानिएका उनले अर्को पक्षका नेताको हत्याबारेको संबेदनशिलतालाई ख्यालै नगरि भने ‘ निर्दोष पक्राउ पर्नुभएन र दोषी छुट्नु भएन । ’उनले थपे ‘ अहिले जे जस्तो समाचार बाहिर आईरहेका छन् ,कसैको राजनितिक भविश्य सिध्याउने खेल भैरहेको छ , त्यस्ता पत्रकारलाई चुनौति दिन चाहन्छु । ’ उनले नगर सभापति लामिछाने पक्राउ परेकोबारे सञ्चार माध्ययममा आएका समाचार प्रतिको आक्रोस पोखेका हुन् ।पत्रकारले भ्रामक समाचार फैलाएको उनले आरोप लगाए ।

नगर सभापतिमा आगामी कार्यकालको लागि देउवा पक्षका भनिएका नारायण तिवारीले दावेदारी प्रस्तुत हुनु र उनलाईनै तालचोकमा आक्रमण गर्नु अनि सोहि ब्यक्तिहरुको संलग्नतामा पौडेलको हत्या हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । सोहि घटनाको आधारमा हत्यापछि कांग्रेस कार्यकर्ताले लामिछानेलाई पक्राउ नगरेसम्म शब उठाउन नदिने अडान लिएकाले प्रहरीले बल प्रयोग गरी शब उठाउनुपरेको थियो । देउवा पक्षका पार्टी भित्रकै नेता कार्यकर्ताको दवावपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।हिरासतमा रहेका लामिछानेले दोषी देखिए आफु जस्तोसुकै कारबाही भोग्न तयार रहेको भेट्न गएका नेता कार्यकर्तामाझ बताउदै आएका छन् ।

तत्काल बसपार्क निर्माण गर्न नागरिक समाजको ध्यानाकर्षण
पोखरा

नागरिक समाज पोखराले पोखरामा तत्काल ब्यवस्थित बसपार्क निर्माणको माग गर्दै पोखरा उपत्यका नगर विकास समितिको ध्यानाकर्षण गराएको छ । समाजले आईतबार समितिका अध्यक्ष प्रकाशमोहन खनाललाई भेट गरी बसपार्क निर्माणको लागि ध्यानाकर्षण गरेको हो । पोखरामा ब्यवस्थित बसपार्क निर्माणका लागि २०३२ सालमा २०५ रोपनी जमीन अधिग्रहण भएको थियो । तर बसपार्क निर्माणका लागि सम्बन्धित निकायले चासो नदिएका कारण अहिलेसम्म निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । अहिलेसम्म उपत्यका नगर विकास समितिमा २० जना अध्यक्षहरु नियुक्त भैसकेका छन् । सबै अध्यक्षहरुले बसपार्क निर्माणको एजेण्डा अगाडी सारेपनि ठोस काम भने हुन सकेको छैन ।

समाजले बसपार्क निर्माणसँगै जलसम्पदा, सार्वजनिक महत्वका चौर र पर्ती जग्गाहरु संरक्षण, पर्यटन बसपार्कको ब्यवस्थापन, पोखरा ७ मा रहेको महिला सुरक्षा गृह गैर सरकारी संस्थाको प्रभाव नपर्ने गरी महिला तथा बालबालिका कार्यालयलाई हस्तान्तरण गर्ने सहित १३ बुँदे माग गरेको छ । यस्तै अबैध रुपमा दर्ता भएका भूमाफियाका संघ संस्थाहरु कब्जामा ल्याएर विक्रि भएका जग्गा फिर्ता ल्याउन समाजको माग छ । समाजका अध्यक्ष राम बहादुर पौडेलले पोखरा उपत्यकालाई अन्तराष्ट्रिय गन्तव्य बनाउनको लागि यहाँका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्नुपर्ने बताए । पोखरा उपत्यकालाई अन्तराष्ट्रिय गन्तव्यस्थलका रुपमा विकास गर्न प्राकृतिक सम्पदाहरु संरक्षण गर्नुपर्छ, उनले भने–यसको जिम्मेवारी सरोकारवालाले लिनुपर्छ ।

ध्यानाकर्षण पत्र बुझ्दै पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश खनालले पोखराको विकासको लागि सबै संघसस्थाको भुमिका महत्वपुर्ण हुने भएकाले सहयोग गर्न सबैलाई अनुरोध गरे । पोखराको विकास सबैको चासोको बिषय हो, उनले भने–म यो बिषयमा प्रतिबद्ध छु, सँधै लागिरहनेछु । नागरीक समाज पोखराले यसअघि पनि पोखरा उपमहानगरपालीकालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।